Sunday, April 03, 2016

बिदेसिको इसारामा नाच्नेहरु खांटृी नेपाली हैनन

कान्तिपथ डटकममा प्रकाशित


अगी रांडी जानिन,
 पछी रांडी मानिन,
 बाघ लाग्यो घिच्च्याउन,
 रांडी लाग्यो चिच्च्याउन”
..
यो प्रसिद्ध नेपाली उखान बिदेसिले हैन नेपालीलेनै कथेका हुन खांटृी सब्द लेख्दा अर्थलाई अनर्थ लाएर सोच्नु होला त्यसैले अगाडिनै क्षेमाप्राथी छु

पति मरेको स्त्रीलाई नेपालीमा रांडी भनेर भन्ने चलन छ महिलाको अपमान गर्ने हेतुले यो उखान टुक्का समाबेस गरिएको हैन तर बिषय बस्तु तथा घटनाक्रम अनुसार आएको भएर यो अप्रिय उखान यो लेखमा जोडन बाध्य भएको हुँ

यतिखेर माथिको उखान हाम्रो देसका ठुला नेताहरु देखि लेखक, पत्रकार एवम बुद्धिजिबीहरु माथि सत प्रतिसत लागु भएको देखिन्छ

राजनीतिक पार्टीको कुरा गर्ने हो भने २००७ साल पछी आजको मिति सम्ममा नेपाली जनताले पटक पटक नेपाली कांग्रेसलाइ बहुमतको सरकार बनाउने मौका दिएकै थियो जुन दिन बहुमतको सरकारमा नेपाली कांग्रेस पुग्छ त्यस पछी उसले जनतालाई गरेको बाचा देखि नेपाली कांग्रेस जन्मिदाको बखत राखिएको आफ्नै विधानको मुलमन्त्र 'रास्ट्रीयता, प्रजातन्त्र र समाजबाद' सब बिर्सन्छ घात, प्रतिघात र खुट्टा तानातानको खेलमा नेपाली कांग्रेसको नेताहरुलाई आज सम्म कोहि कसैले जित्न सकेको छैन

नेपाली कांग्रेस पार्टीको संस्थापक नेता स्व.बि.पी कोईरालाको 'मेलमिलाप' भन्ने सब्दलाई राम्रैसंग निलामी गरेर सत्ताको लागी अहिलेका नेताहरुले देशलाई नै दाउमा राख्न बेर लाउदैन नेपाली कांग्रेस नेपालको सबै भन्दा पुरानो र ठुलो पार्टी हो भने ठुला पार्टीले जे जे सिकाए आज अन्य पार्टीहरुले त्यसको हुबहु नक्कल गर्न थालेका छन

नेपालको ईतिहासमा जति पनि ठुला रास्ट्रघाती सन्धि र सम्झौता भएको छ त्यो सबै नेपाली कांग्रेसको पालामा भएको हो कोशी, गण्डक र टनकपुर देखि कर्णाली सम्मको ठुला नदीनाला भारतलाई बुझाएको तथ्यलाई पनि नेपाली जनताले राम्रैसंग देख्ने र भोग्ने मौका समेत पाएको छ
अझ त्यतिले पनि नपुगेर पंचायती सासनमा स्थापना गरिएको उधोग कल कारखानालाई निजीकरण भन्दै कहिले पनि नउठ्ने गरि थला पारि दिने पनि नेपालीई कांग्रेस पार्टीनै हो जसको कारणले गर्दा उक्त कल कारखाना मध्ये अधिकांस ठुला उधोग बन्द भएर आज हज्जारौ नेपाली कामदार बेरोजगार हुन बाध्य भएका छन त्यसरी बेरोजगार भएका मजदुरहरु उमेरको कारणले गर्दा बाहिर देसमा श्रम गर्न जान सक्दैनन भने तिनै मजदुरहरुका अधिकांस सन्ततिहरु आज खाडी मलेसियामा पसिना बगाउन बाध्य छन त्यस पछी एमाले तथा हाल माओबादी पार्टीहरुले पनि कांग्रेसकै नीति र बाटोलाई पच्छ्यायेका छन

‘रास्ट्रीयता, प्रजातन्त्र र समाजबाद’ यो कांग्रेसको मुलमन्त्र हो तर अहिले नेपाली कांग्रेसको नेताहरुलाई यसको अर्थ सोध्ने हो भने कसैले पनि यसको चित्तबुझ्दो जवाफ दिन सक्दैन ! जुन दिन नेपाली धर्ति बाट महामानव स्व.बि.पी. सुबर्ण, कृष्ण प्रसाद, गणेशमान, महेन्द्र नारायण निधिहरुले बिदा लिए त्यै दिन देखि नेपाली कांग्रेसको उक्त मुलमन्त्रले पनि बिदा लियो यदि उक्त ३ मुलमन्त्र लाइ आत्मसात गरेको भए निजीकरण भन्दै उधोग धन्दा बिक्रि गर्दैन थिए, घात प्रतिघात र खुट्टातानातान को खेलमा सरिक हुदैन थिए देसका कुख्यात भ्रस्टाचारी लाइ आम माफी दिएर ठुला ठुला पदमा विराजमान गराएर आफ्नो पार्टीमा हुल्दैनथे प्रहरी प्रशासनमा भाडभैलो समेत पक्कै पनि मच्चाउदैन थिए होला

नेपालको आफ्नै रास्ट्रिय पोशाक दौरा, सुरुवाल, ढाकाको टोपी र कोट हुँदाहुँदै पनि २०४६ साल पछी नेपालका सबै पार्टीका अधिकांस नेता तथा तिनका नजिकका कार्यकर्ताहरुले छिमेकी भारतीय गान्धिमार्का खादीको कमिज सुरुवालमा खादीकै कोट भिर्न थालेको देखिन्छ केहि कम्निस्ट नेताहरुचै चिनियां नेता माओत्सेतुंगको नक्कल गर्दै उनको पहिरन लाएर आफुलाई महान क्रान्तिकारी देखाउन थालेका छन स्यालले बाघको छाला ओढ्दैमा बाघ हुन्न भनेर यस्ता पाखण्डी नक्कले नेताहरुलाई सम्झाईबुझाई दिने कस्ले ?

हिजो पंचायती ब्यबस्थामा भारतीय लगायत कुनै पनि बिदेसिले नेपाली ठुला उधोगधन्दा कलकारखानामा पाइला टेक्न त परको कुरा हेर्न समेत सकेका थिएनन तर आज निजीकरणको नाउँमा चलेका प्राय जति उधोग कल कारखानाहरु सबै ठेक्का प्रणालीमा चलेका छन मालिक लाइ मन परुन्जेल काममा राख्छन जुन दिन मालिकको नजरबाट गिर्यो त्यो दिन बाट बेरोजगार बनाई दिन्छन अत्याधिक मात्रामा भारतीय कामदार हुलेका छन मालिक भारतीय भए पछी उसले उसको देशको नागरिकलाई प्राथमिकता दिनु नयाँ र नौलो कुरो भएन

भारत तथा पश्चिमा सरकारको इसारामा २०६४ सालमा रातारात धर्मनिरेपक्ष तथा गणतन्त्रको घोषणा गरे त्यो दिन बाट नेपाली जनताले सतप्रतिसत बुझेकि नेपालको प्राय सबै पार्टीका ठुला दलका नेताहरु बिदेशीको इसारामा चल्ने रिमोटरुपी पुत्ला रैछन

यति हुदा पनि नेपालि जनताले सहेकै थिए अब त हिजोको जस्तो गल्ति पक्कै पनि नगर्लान भनेर जनताले दोश्रो पटकको संबिधान सभाको चुनावमा नेपाली कांग्रेसलाई देसको पहिलो, कम्युनिस्ट पार्टी एमालेलाई दोश्रो, कम्युनिस्ट घटककै एमाओबादीलाई तेश्रो र राजतन्त्र तथा हिन्दु धर्मको हिमायती रा.प्र.पा नेपाललाई चौथो पार्टी बनाई दिएका थिए

भारत तथा युरोपियन युनियनहरुले नेपालको अस्मितामा यतिखेर अन्धाधुन्ध  प्रहार गरि रहेको छ बिरोध गरौ भने हिजो तिनैले ब्यबस्था बदलिन सहयोग गरेका बिरोध नगरौ भने जनताको लहरले बगाउला भन्ने पिरलो झिनै स्वरमा भए पनि सर्खारमा बसेको देखाउनलाई भए पनि भारत तथा युरोपियन युनियनको बिरुद्धमा बोल्न बाध्य भएको छ त्यसैले यो पंक्तिकारले सुरुकै हरफमा उल्लेख गरेको उखान अहिलेको परिप्रेक्ष्यमा ठ्याक्कै मेल खान गएकोले उल्लेख गरिएको हो
प्रकाशित मिति: २०७२ चैत्र २१ गते आईतवार

No comments: