-जनकमान डंगोल/janakdangol@gmail.com
सयौं बर्षको अंग्रेजको गुलामीबाट मुक्त भएर स्वतन्त्र भारत बने पछी भारतबाट नेपालमा अहिले सम्म जति पनि राजदुतहरु नियुक्ति भएर आए ति सबैले नेपालको हितमा भन्दा पश्चिमाहरुको हितमा काम गरेका छन ।
भारतलाई स्वतन्त्रता दिलाउन धेरै भारतीय नागरिकहरूले बलिदानी दिए । स्वतन्त्रताको आन्दोलनामा लागे पछी धेरै ब्यक्तिहरु नेता बनेर उदाय । त्यस्तै मध्येका भारतको कांग्रेस पार्टीका नेताहरु मध्ये नेहरु र गान्धीले पनि देसको हितमा नभएर पश्चिमाको ईसारामा काम गर्छन भन्ने कुरा तिनीहरु द्वारा उक्त समयमा गरिएको कामबाट बाटनै पुस्टि भएको छ ।
पण्डित जवाहरलाल नेहरु तथा महात्मा गान्धी भनिने मोहनदास करम चन्द गान्धी सच्चा देसभक्त भारतीय नेता थिए भने तिनले अंग्रेजको ईसारामा किन देस टुक्र्याए ? यस्ता प्रश्न भारतीय नागरिकहरुले कहिले पनि गर्दैनन । दुखको कुरा छिमेकी भारतको जनताहरुले आज सम्म पनि तिनै रास्ट्रघाती नेताहरुहरुलाई ईज्जतको साथ बापू (गान्धी) र चाचा चौधरी (नेहरु) भनेर शिर झुकाउछन ।
हरेक कुराको नक्कल गर्नमा बीर गोर्खालीको देस भनेर संसार सामु चिनिएका हाम्रो देस नेपालका नेताहरु देखि जनताहरु सम्म माहिर छन । छिमेकी भारतलाई हिन्दुस्थानबाट भारत बनाउनेहरुको संगतमा परेको भएर होला नेपालका नेता तथा तिनका चाटुकारेरुपी कार्यकर्ताहरु देखि तिनले भर्ना गरेका तर नाम मात्रको रास्ट्र सेवक भन्ने कर्मचारीहरुले देशलाई आज सिक्किम बनाउने मोडमा पुर्याई सकेका छन । यस्तो देख्दादेख्दै पनि हामिहरु भने छिमेकी भारतीय नागरिकहरुले नेहरु र गान्धीलाई पुजे जस्तै विभिन्न पार्टीका नेताहरुलाई पुज्दैछौ । यसरि पुज्नुनै थियो भने २००७ सालमा राणा, २०४६ सालमा पंचायत र २०६४ सालमा राजतन्त्रको बिरुद्धमा आन्दोलन गरेर सासन ब्यबस्था किन फाल्यौ र नयां स्थापित सासन व्यवस्थाले देस र जनतालाई के दियो ?
हामि जनताहरु पार्टीका नेताहरुको बहकाउमा लागेर कति सम्म अन्धो भई सकेका छौ भने आफ्नै जमिनलाई जनताको तिरोले पालिएका नापी बिभागका प्राबिधिक सर्वेक्षक तथा अमिनिहरुले नेपाल भारत संयुक्त नापीको नाउँमा भारतको भूभागमा पार्दा पनि १ शब्द बोल्न समेत सक्दैनौ ।
छाती फुलाएर दक्षिणी सिमापारिका भारतीय ट्रकहरु आएर हाम्रा चुरे पहाडका खनिज पदार्थहरु दोहन गरेर लैजान्छन, सिमाको दसगजामा बाँध बाँधेर नेपाली भूमिलाई डुबानमा पारि दिन्छन तर पनि १ सब्द आवाज निकान सक्दैनौ किन थाहा छ ?
आज नेपालमा नेपालीहरु हैन बिदेसिको ईसारामा नाच्ने जसलाई नेपाली भाकामा 'कठपुतली' भनिन्छ हो त्यस्ता चरित्रका नेताहरुले हाक्ने विभिन्न राजनीतिक पार्टीका नेता तथा विभिन्न पार्टीका कार्यकर्ताहरु र तिनले कज्याएको मतदाताहरु बस्छन ।
प्राकृतिक प्रकोप भूकम्प देखि बाढी पैरोले थिलथिलो भएको मुलुकमा बिदेसिको ईसारामा महिनौ महिना सम्म सिमा थुन्न आदेस दिने तराईबासी नेता र तिनका आदेशमा हिंसात्मक गतिबिधि गरेर सिमा थुन्ने हाम्रा तराईबासी नेपालीहरु बस्ने देस हो नेपाल ।
वर्तमान प्रधानमन्त्री वली खरो बोल्ने कता टिप्पणी गर्ने व्यक्तिमा पर्छन । प्रधानमन्त्रि वलीले धेरै बर्ष पछी देस हितको बिषयमा केहि राम्रा कामहरु गरे । चिन भ्रमणमा गरिएको सन्धि सम्झौताले त्यस्तै देखाउंछ । नेपालको हितमा गरिएको कामलाई पाच्य नभएर छिमेकी भारतका राजदुतले प्रधानमन्त्री हटाउने देखि ताल परेको खण्डमा सिंगो नेपालनै आफ्नो देसमा गाभ्ने योजनाको साथ देसको हितमा भन्दा छिमेकी भारतको हितमा काम गर्ने तराईबासी नेताहरुलाई आफ्नो दुताबासमा डाकेर 'अब हुने आन्दोलन के कसरि गर्ने' भन्ने बिषयमा छलफल गर्दा समेत वर्तमान सरकार मुक दर्शक भएर बस्नु के त्यो ठिक हो ?
छिमेकी मित्ररास्ट्र चिनमा भारतीय राजदुतले यस्तै प्रकारका चिन बिरोधी गतिबिधि गरेको भए २४ घन्टामा भित्रमा देस छाडेर जाने आदेस पाउथ्यो । रास्ट्रहितको बिरुद्धमा काम गर्ने नागरिकहरुलाई मृत्युदण्डको संजाय सुनाईन्थ्यो तर देसको अस्मितामा छिमेकी भारतले खुल्ला धावा बोल्दा पनि पार्टीका नेता देखि तिनका कार्यकर्ता एवम हामि जनताहरु समेत मुक दर्शक भएर बस्न आज बाध्य छौ किनभने बिदेसिको ईसारामा राजतन्त्र फालेर जनतालाई थाहा पत्तै नदिई रातारात भित्र्याईएको कथित गणतन्त्रले दिने परिणाम र नतिजा यस्तै हुन्छ । बिदेइको ईसाराम नाच्ने विभिन्न नामधारी पार्टीका कठपुतली नेताहरुको आब्हानमा गरिएको समय समयको आन्दोलनमा ज्यु ज्यान फालेर लाग्ने पनि तपाई हामि नेपाली जनताहरु नै हैनौ र ? लौ अब भन्नुस नेपाली जनताहरु २०४६ सालमा स्थापना गरिएको प्रजातन्त्र देखि २०६४ सालमा लादिएको गणतन्त्रले देस र जनतालाई के दियो ?
..
क्राईम चेक साप्ताहिकमा प्रकाशित
प्रकाशित मिति: २०७२ चैत्र १८ गते बिहिबार
0 Comments:
Post a Comment