Home » » 'अस्टबक्रेहरु'

'अस्टबक्रेहरु'

Written By खांट्टी कुरा on Tuesday, January 12, 2016 | January 12, 2016

एक पटक बादशाह अकबरले आफ्ना भाई भारदार तथा मन्त्रिहरुको नियत जाच्ने उद्धेस्यले सबैलाई जम्मा पारेर आफ्नो दरबारको बगैंचामा लिएर गयेछ्न भाई भारदार तथा मन्त्रि भने पछी बिरबल मन्त्रि नहुने त झन कुरै भएन

दरबारको पछाडी रहेको बिसाल बगैंचाको बिचमा एउटा अस्टबक्र अर्थात आठ ठाउँमा बांगीएको रुखलाई देखाउंदै अकबर बादशाहले भनेछन 'आहा कस्तो सिधा र सुन्दर रुख'

त्याहाँ उपस्थित सबैले अकबर बादशाहको जवाफ सुने पछी बिर्बल मन्त्रि बाहेकका सबैले स्वरमा स्वर मिलाउंदै 'वाह वाह जहाँपानाह हजुरले कस्तो राम्रो कुरा गरि बक्सियो, बादशाहको मुखारबिन्दुबाट उद्गार भएको सोरैआना सत्य हो' भन्दै बादशाहको प्रसंसाको साथ अकबर बादशाहको तारिफ गर्दै वाह वाह भनेछन

सबैले वाहवाह भन्दै तारिफ गरेको त देखे तर बिर्बल मन्त्रि भने आकास तिर मुण्टो फर्काएर बसेको देख्दा बादशाह अकबर्लाई उल्का संग रिस उठेछ ! बादशाहले रिसाउँदै बिर्बल मन्त्रिलाई सोधेछन के हो बिर्बल तिमीले मेरो र मेरा सबै भाई भारदारहरुको कुरामा ध्यान दिएको देखिन त ! ल भन त त्यो रुख सिधा छ कि बाङ्गो ?
बिरबल मन्त्रीले नडराईकन बादशाहलाई जवाफ दिएछन 'खै सर्खार हजुरको मन्त्रि बिरबलको गर्धन चिलाको हो कि हजुरको आँखानै फुटेको हो हजुरले देखाउनु भएको रुखलाई त यो सेवकले  'अस्टबक्र' (आठ ठाउँमा बांगेको) नै देखेको छ । बिरबलको जवाफ सुनेर बिरबल बाहेकको अरु भारदारहरुले बादशाहको जवाफ काट्ने भनेर बिरबलको आलोचना गर्न थालेछन तर बिरबल मन्त्रिको जवाफ सुनेर अकबर बादशाह भने खुसीले प्रसन्न हुँदै बिरबल मन्त्रीको तारिफ गर्दै मन्त्रि भनेको यस्तो हुनु पर्छ भनेर भनेछन भने अरु दरबारियाहरु सबै लाजले निको कालो भएछन

अकबर र बिरबल मन्त्रीको कथा मैले यहां प्रस्तुत गर्नु कारण भने यस्तो छ । नेपालमा २०४६ साल पछी एकदलीय राजतन्त्र छैन भने २०६४ पछी त बिदेशारूको ईसारामा नेपालबाट सदाको लागि राजतन्त्रलाई निलम्बित गर्दै कथित गणतन्त्र नामको लोकतन्त्र हुलेका छन ।

लोकतन्त्र भनेको ठिकलाई लाई ठिक र बेठिकलाई बेठिक हो भनेर स्वस्थ आलोचना गर्न पाउनु हो । जतिसुकै ठुला तथा बिसिस्ट पदका ब्यक्तिहरु किन नहुन तिनीहरुले गलत बोलेका छन भने गलत किन बोलेको भनेर अभिव्यक्तिको स्वतन्त्रतालाई उपयोग गर्दै आलोचना गर्न पाईन्छ ।

नेपालमा हिजो राणाकाल देखि पंचायेती सासनमा व्यक्ति पुजा गर्ने चलन थियो भने शासकहरु आलोचना सुन्न मन पराउदैन थिए । सरकारको आलोचना गरेको बापतमा अहिलेका धेरै नेता तथा कर्यकर्ताहरु जेल चलन भएका थिए भने वर्तमान प्रधानमन्त्रि पनि लामै समय जेल परेका व्यक्तिमा पर्दछन ।

२०४६ साल पछी नेपालमा जे जति पार्टीका नेताहरु नेपाली राजनीतिको आकासमा उदाय ति सबैले आफुलाई पनि हिजोको राणा बाबुसाहेबहरु जस्तै ठानेका छन । आफ्नो प्रसस्ती गाउनलाई राणाहरुले जस्तै चाकरी गर्ने चाटुकारहरुको जत्था खडा गरेका छन । पार्टी पिच्छे मौलाएका गुटबन्दी त्यसैको पुख्ता प्रमाण हैन भनेर भन्न सकिन्न ।

वर्तामान प्रधानमन्त्री के.पी शर्मा वली नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष हुन । अध्यक्षमा मनोनित भै सके पछी गोकर्ण रिसोर्टमा भएको भेटघाट कार्यक्रममा पार्टीका उदयमान नेता योगेस भटराई ढाकाटोपीमा सज्जिएर पार्टी अध्यक्षको अगाडी कम्मर मर्काएर ढल्की ढल्की नाचेको तस्बिर पनि एकताका सामाजिक संजालहरुमा पोखिएर छताछुल्ल भएको हो भने यो चाटुकारिताको उत्कृस्ट नमुना हो कि हैन ?

वर्तमान प्रधानमन्त्री हरेक बिषय बस्तुलाई उखान टुक्कामा ढालेर जनता समक्ष प्रस्तुत गर्न माहिर हुनुहुन्छ । प्रधानमन्त्रीको कार्यक्रममा पार्टीको कार्यकर्ताको उल्लेखनीय सहभागिता हुनु नयाँ र नौलोकुरा हैन । प्रधानमन्त्रीले केहि महिना अगाडी १ बर्ष भित्रमा नेपालमा लोड सेडिंगको अन्त्य गराई दिन्छु भनेर भन्ना साथ पार्टीकै कार्यकर्ताहरुले पत्याउन गारो माने पछी अन्त्यको स्थानमा घटाई दिन्छु भन्ने सब्द संसोधन भएर आयो ।

यस्तै भर्खरै प्रधानमन्त्रीले घरघरमा ग्याँसको पाईप जोडीदिन्छु भनेर भन्नासाथ सामाजिक संजाल देखि पत्रपत्रिकाहरुमा प्रधानमन्त्रीको भनाईलाई धेरै हाँसो र ठट्टाको बिषय बनाए भने केहि अन्ध भक्त समर्थकहरुले प्रधानमन्त्रीको भनाईलाई उत्कृस्ट भनेर भन्नु भनेको अकबरे बादशाहको भारदार जस्तै हो भनेर बुझ्नु पर्छ ।

एमाले पार्टीमा आस्था राखेर बिधार्थी राजनीतिबाट उदायकि उदयमान युवा नेत्रीको नाम हो राम कुमारी झाँक्री । झाँक्रीले आफ्नो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीको भनाईलाई बिस्वास नमानेर ठट्यौलीरुपमा सामाजिक संजालमा टिप्पणी गरिन ।
हेर्नुस रामकुमारी झाँक्रीले सामाजिक संजाल फेसबुकमा पोस्ट गरेकी स्टाटसको स्निप:

झाँक्रीको टिप्पणीलाई केहि अन्धभक्तहरुले पचाउन नसकेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको बिरुद्धमा किन यस्तो टिप्पणी गरेको भनेर प्रतिप्रश्न गर्न समेत पछी परेनन । एमाले पार्टीमा सयमा उनान्सय अकबरे राजाका भाई भारदार चरित्रका पात्रहरु रैछन भने एक्ली रामकुमारी झाँक्री भनेका 'सिधालाई सिधा र बांगोलाई बांगो' भन्ने हिम्मतिला एकमात्र बिरबल मन्त्रि जस्तै रैछिन भनेर बुझ्नु पर्दछ । 

एमाले पार्टी मात्र नभएर नेपालका प्राय सबै पार्टीमा अकबरे राजाका भाई भारदारहरु जस्तै छन । तिनीहरु सिधालाई सिधा र बाङ्गोलाई बाङ्गो भन्ने ह्याउ राख्न सक्दैनन र चाहदैनन पनि किनभने राणाकालका चाकरीबाज जस्तै चरित्रका यस्ता चाटुकारहरुले आफ्ना मालिकलाई रिझाएर दान बकस तथा बिर्ता पाउने आसामा मात्र हो मा हो मिलाएको भन्ने यो पंक्तिकारको ठम्याई मात्र हो ।
प्रदेश दैनिक हेटौडाको मिति २०७२ पौष २८ गते मंगलवारको अंकमा प्रकाशित
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger