Home » » किन र कसरि मृत्यु हुन्छ बिदेसी भुमिमा कामदारहरु ?

किन र कसरि मृत्यु हुन्छ बिदेसी भुमिमा कामदारहरु ?

Written By खांट्टी कुरा on Thursday, January 07, 2016 | January 07, 2016

सन २००४ डिसेम्बर ९ तारिखमा महिलो पटक यो पंक्तिकार सात समुन्द्र पारीको देस पुर्बी एसियाको औधोगिक नगरी मलेसियामा श्रम बेच्न भनेर गएको थियो । धेरैले मलेसियाको मौशमलाई नेपाल संग दाँज्दै मलेसिया र नेपालको हावापानी एकै हो भनेर अर्थ्याउछन । झट्ट हेर्दा मलेसिया र नेपालको हावापानी उस्तै देखिएता पनि मलेसिया र नेपालको मौषम भने आकास र जमिनको फरक छ ।
तस्विर साभार: गुगल सर्च


मलेसिया चारैतिर समुन्द्रले घेरिएको देस हो भने नेपाल उच्च हिमाली, पहाडी, भित्रि मधेस देखि तराई जस्ता क्षेत्रले ढाकिएको देस हो । मलेसियामा २ मौषम छ भने नेपालमा ४ भने मौषम एकै प्रकारको कसरि भयो ।
हाम्रो देसको रास्ट्रिय देखि स्थानीय संचार माध्यममहरुमा मलेसियामा नेपालीको मृत्यु भयो भनेर दिनहु जसो समाचारमा लेखिएको हुन्छ । 

मलेसियामा किन र कसरि नेपालीको दिनहुँजसो मृत्यु हुन्छ भन्ने सम्बन्धमा यो पंक्तिकारले मलेसिया बसाईको १० बर्षको अनुभव यसै लेख मार्फत पस्किने गरेको छु । यो लेख पाठकहरु माझ पस्किनुको मुख्य कारण लेख पढी सकेपछी प्रस्टनै हुनेछ ।

पंक्तिकार मलेसीया बसाईको समयमा पटक पटक बिरामी भएको छ । जति पटक बिसन्चो भएता पनि पंक्तिकारलाई डाक्टर देखि कम्पनीको मान्छेहरुले Minum banyak aiar भन्थे जसको अंग्रेजीमा अर्थ हुन्छ Take lot off water  अर्थात धेरै पानि पिउनुहो ।

मलेसियाको अधिकतम तामक्रम ३३ डिग्री देखि न्युतम तापक्रम २९ डिग्री हो र यो तापक्रम बर्षे भरि एकै नासको भएकोले नेपालबाट जाने कामदारहरुले मलेसियाको मौशममा आफुलाई ढाल्न समय लाग्न सक्छ ।

हाम्रा नेपाली दाज्यु भाई तथा दिदीबैनीहरुले मौशमलाई ख्याल गर्दैनन । डाक्टरहरुले दैनिक कम्तिमा पनि ५ लिटर पानि पिउनु पर्छ भनेर दिएको नसिहद (सुझाव) लाई वास्ता गर्दैनन । सरिरमा पानीको कमि भए पछी सरिर कम्जोर भएर रोगले आक्रमण गर्नु स्वभाविकै हो ।

मलेसियामा काम गर्न जाने बिदेसी कामदारहरुलाई अत्याधुनिक विलासी आवास दिने चलन छैन । भेडा बाख्रालाई थुन्ने खोर जस्तै एकै सानो कोठामा ५ देखि १० जना सम्म कोच्चिएर बस्नु पर्ने बाध्यता छ । सिलिंग तथा स्ट्यान्ड पंखाको भरमा दिन/रात काट्नु पर्ने बाध्यता छ । कोठा अगाडिको भागमा भान्छा र त्यसैमा जोडिएको सौचालय र स्नान कोठा । अब अनुमान गर्नुस नेपाली कामदारहरु के कसरि बिदेसी भूमिमा रहंदा र बस्दा रैछन ।

तस्विर साभार: गुगल सर्च
नेपाली कामदारहरु मलेसियामा मृत्यु हुनुको कारण मादक पदार्थ सेवन पनि हो । थकाई मेटाउने नाउँमा लोकल ब्रान्डको रक्सि तथा बियरहरु अत्याधिक मात्रामा सेवन गर्ने गर्दछन । बेलुका सुतेको मान्छे बिहान मृत्यु हुने गर्छन भनेर छापिएको समाचारको मुख्य कारण पनि यहि नै हो किनभने एक त मलेसियामा मादक पदार्थ सेवन गर्नु भनेको जानाजानी मृत्यु निम्त्याउनु हो भने त्यहि माथि प्रसस्त मात्रामा पानि नपिउनु आर्को कारण हो ।

मलेसियामा मानिस मृत्युको आर्को कारण हो सवारी दुर्घटना । साइकलमा सवार भए पछी कुन लेनमा के कसरि सवारी हाक्नु पर्छ भन्ने ज्ञान नहुनु पनि हो । पैदल यात्री मृत्यु हुनुको कारण चै दायाँ बायाँ नहेरी नेपालमा झैँ अकस्मात बाटो काट्दा तिब्र गतिमा आएको सवारीको ठक्कर लागेर सख्त घाईते र त्यस पछिको मृत्यु हुनु हो ।

एउटा सानो घटना प्रस्तुत गर्दछु ।
बिहान ८ बजे देखि बेलुका ६ बजेको ओभर टाईम सकिएर रातिको साबिकको डिउटी जाने क्रममा कम्पनीको सुपरभाईजरले चलाएको कार ट्राफिकको रातो बत्तीमा रिकियो । एक जना मलायु आइमाई मोटर साइकलमा सवार भएर बायाँ पट्टि आएको बाटोबाट बाटो काट्दै थिइ । दायाँ साइडबाट आएको कारले ठक्कर दिएर घाईते बनाई दियो । मानवताको नाताले पंक्तिकारले ढोका खोलेर घाईते आईमाईलाई उठाउन जान लाग्दा चाइनिज सुपरभाईजरले हात समातेर बाहिर ननिस्कि भनेर आदेस दियो । पंक्तिकार आश्चर्यमा पर्दै भयो तिमीहरुको देसमा मानवता छैन ? भनेर सोध्दा जवाफमा त्यो चाईनिज सुपरभाईजरले यो तेरो र मेरो काम हैन पुलिसको हो भनेर जवाफ दियो । ति घाइते मलायु आईमाईलाई केहि समय पछी पुलिस आएर अस्पताल पुर्यायो । अब समयको अनुमान र घाईतेको अवस्थालाई मुल्यांकन गर्नुस ।

बिदेसमा काम गर्न जानु हामि नेपालीहरुको बाध्यता हो रहर हैन । बिदेसमा आफ्नो खर्चले भ्रमण गर्न जाने धेरै नेपालीहरुको हैसियत र औकात छैन । अन्य देसमा के कस्तो छ त्यो पंक्तिकारलाई थाहा नभए पछी बर्णन गर्न सक्ने कुरा भएन तर लामो समय सम्म मलेसियामा रोजगार गर्दाको अनुभव यो लेख मार्फत प्रस्तुत गरेको छु ।

मलेसिया जानु भन्दा पहिला सय पटक सोचेर बिचार गरेर मात्र जानुहोस किनभने हिजो आज मलेसियाको सबै साना ठुला सहरहरुको गल्लीगल्लीमा नेपालि दलालहरु सक्रिय छन । ति दलालहरुको काम भनेको नेपाली कामदार चिनिया तथा भारतीय आप्रबासीहरुले खोलेको कम्पनि तथा उधोघरुमा सस्तोमा कामदार उपलब्ध गराउनु हो । दलाल मार्फत गएका अधिकांस नेपालीहरु ठगिनुको मुख्य कारण मलेसियाको दलाल मार्फत पुगिनुनै हो भन्ने पंक्तिकारको ठम्याई हो ।
मलेसिया जानु भन्दा पहिला नेपाली मेनपावर सरकारी संस्थामा दर्ता छ कि छैन भनेर निर्क्यौल गर्नुस । मलेसियाबाट आएको एग्रिमेन्ट सहि छ कि गलत भनेर बुझ्न लगाउनुस किनभने हिजोआज फर्जी कम्पनीको नाउँमा नेपाली कामदार पठाउने चलन बसेको छ । नबुझिकन जानु भयो भने तपाई अलपत्र देखि सस्तोमा पसिना बेच्नु पर्ने बाध्यता आउन सक्छ ।

मलेसिया र नेपालको मौषम एकै रैछ भनेर सोच्नु भयो भने त्यो महाभूल हुनेछ त्यसैले धारामा थापिएको पानीलाई उमालेर मात्र पिउने गर्नुस किनभने धाराको पानि नेपालको जस्तै सिधै प्रयोग गर्न सकिदैन । उमालेको पानीलाई ठण्डा गरेर दिनमा कम्तिमा पनि ५ लिटर पिउनु भयो भने तपाई स्वस्थ बन्न मद्धत गर्नेछ भने मलेसियाको बसाई अबधिभर मादक पदार्थको कुलतबाट टाढै रहनु बेस हुनेछ । काम बिशेषले बाहिर निस्कँदा सकेसम्म आकासे पुल र त्यो ब्नाभाएको खण्डमा जेब्रा क्रसिंग मात्र प्रयोग गर्नु भयो भने सवारी दुर्घटनाबाट बच्न सक्नु हुनेछ ।
..
'प्रदेस दैनिक हेटौडाको २०७२ पौष २२ गते बुधवारको अंकमा प्रकाशित'
Share this article :

2 comments:

  1. मेरो यो लेख हजुरहरुलाई कस्तो लाग्यो ? प्रतिक्रियाको पर्खाईमा छु !

    ReplyDelete

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger