यो आलेख लेख्ने पंक्तिकारले सर्खारी नोकरीको सिल्सालामा २०४२
सालमा धनुषा जिल्लाको पुर्बी भाग सिमावर्ती नाका दुहबी तथा दक्षिण सिमावर्ती नाका लग्मा
जटहीको ईलाकामा काम कार्य गर्ने अवसर पाएको थियो ।
त्यस्तै २०४६ सालमा सर्लाही जिल्लाको सदरमुकाम
मलंगवा । मल्गंवा नजिकै १० गजा सिमाना पनि पर्दछ । सरकारी नोकरीको सिलसिलामा सरुवा
हुँदै जाने क्रममा २०५८ सालमा पर्सा जिल्ला परेको थियो । पर्सा जिलामा पंक्तिकारले
२०५० सालमा पनि बढुवा तथा सरुवा भएर काम कार्य गर्ने अवसर पाएको थियो ।
Add caption |
पंक्तिकारले सरुवा भै काम काज गरेको सबै ईलाकाहरुको
भू बनोटको राम्रै संग अन्दाज र परिचित हुने मौका पाएको छ ।
२०४२ साल अर्थात पंचायती सरकारको सासनकालमा
सीमामा बसेर काम काज गर्दा नेपालबाट भारत तर्फ खाधान्न लैजान पूर्णतया रोक लगाईएको
थियो । २०४६ साल पछी निर्वाधरुपमा खाधान्न भारत तर्फ तस्करीको माध्यमबाट लैजाने
गरिएको छ ।
पर्सा जिल्ला नेपालको मुख्य बाणिज्य द्द्वार हो ।
मुख्य बाणिज्य द्द्वार भए पछी राजधानी काठमान्डौ भित्रिने सबै प्रकारको सर
सामानहरुको ७० प्रतिसत बिरगंज-रक्सौल नाकाबाट भित्रिने गरेको छ भनेर सरकारी
तथ्यांकले नै बताउने गरेको छ ।
पर्सा जिल्लाको नगवा,ईनर्वागाउँ, भ्कुवा, छपकिया,
सिर्सिया, अलौ सिमानाको दसगजा छोएको ईलाका हुन भने यो नाकाहरुबाट राति तथा दिनमा
सुरक्षाकर्मीहरुको आँखा छलेर नेपाल तथा भारतबाट सर सामानहरु चोरि निकासी पैठारी
हुने गर्दछ ।
सामान छोरि निकासी पैठारीमा दसगजामा बस्ने बुबाई
देसका गरिब नागरिकहरु खटिएका हुन्छन । यसरि खटिने नागरिकहरु अति गरिब तथा बिपन्न
बर्गका हुन्छन । एक दिन मात्र ईनिहरुले रोजगारी पायनन भने सिमा वारिपारी बस्ने
दुवै देसका यस्ता गरिब नागरिकहरुको घरको चुल्हो बल्दैन । यो पंक्तिकारले स्वयम
देखेको घटना हो ।
३ महिना भन्दा बढी समय भयो भारतको ईसारामा केहि
तराईबासी नेताहरुले सिमा थुनेर सर सामानहरु आयात निर्यातमा अबरोध पुर्याएको छन ।
भारतीय भूमिमा बसेर सित्तैमा खाना पानि तथा भत्ता
पाउन्जेल सम्म दुवै देसका नागरिकहरुले मधेसी मोर्चाको आन्दोलनलाई राम्रै
संग साथ दिएका थिए ।
जुन दिन बाट खाना तथा खर्चपानीमा कडाई हुन थाल्यो
र मधेसी मोर्चाको नजिकको मानिसहरुलाई मात्र रसद पानीको बितरण हुन थाल्यो त्यो दिन
बाट सिमा वारिपारी बस्ने गरिब नागरिकहरुको घरको चुल्हो बल्न पनि छोडेको छ ।
सिमा वारि पारि बस्ने प्राय सबै गरिब नागरिकहरुको मुख्य
पेसा नै पोके तस्करी भएको र आफ्नो पेसामा मधेसी मोर्चाले लात हाने पछी दुवै देसका
सीमामा बस्ने नागरिकहरुले दिनहु जसो धर्नामा बसेका मोर्चाका कार्यकर्ताहरुलाई गाली
बेईज्जति गर्ने देखि साधारण झडप समेत गर्न थाले भनेर समय समयमा नेपालको सबै पत्र पत्रिकाहरुले
खबर बनाएर प्रकाशित गरेको पनि देखिएकै हो ।
सहनु पनि सिमा हुन्छ । दुवै देसका सरकारहरुले
गरिब नागरिकहरुको लागी रोजी रोटीको ब्य्ब्वस्था गरि दिएको भय खतरा मोलेर पोके
तस्करी गर्न बाध्य हुँदैनथे । महिनौ महिना दिन सम्म सिमा नाका बन्द भए पछी आज दुवै
देसका सीमामा बस्नेहरुले मोर्चा माथि जाई लाग्नु त्यो कुनै ठुलो कुरा हैन र भएन
पनि ।
आज पेट्रोल बम र ढुंगा मुढा प्रहार गरे तर त्यसको
जिम्मेवारी न वारि न पारिका ले लिएका छन । रोटि तथा बेटीको साईनो र सम्बन्ध भए पछी
को भारतीय को नेपाली छुट्याउन र चिन्न पनि गारो हुन्छ । पहिचान गर्न सकिएको भए
केहि महिना अगाडी भएको बिरगंज बजारको झडपमा भारतीय नागरिक अकारण मारिदैन थियो ।
भारत सर्खार अहिले पनि भन्दैछ सिमा नाका अबरोध
हामीले गरेका छैनौ । मधेसी मोर्चाका नेताहरु को कसको ईसारामा काहान बाट संचालित
हुँदैछ त्यो नेपाली मात्र नभएर सारा बिस्व्ले थाहा पाई सकेको कुरा हो ।
नेपाल भारत बिरगंज नाकाको बिषयलाई लिएर बिस्व सामु
भारत दिन प्रतिदिन नांगिदै गएको अबस्थामा भारतले मधेसी मोर्चाको नेताहरुलाई दवाब
दिएर सिमा नाका खुलाउने प्रयास गर्दैछ तर वार कि पार भनेर बसेका केहि थान
मधेसीहरुले चाहेर पनि दसगजा छोडन सक्दैनकिनभने हाम्रा कथित मधेसी नेताहरुले धर्नामा बस्ने ति स्वाभिमानी नेपालीहरुलाई 'जय मधेस' को खाँट्टी रास्ट्रबादको नारा घोकाई दिएका छन, पिलाई दिएका छन !
काम छउन्जेल भाँडो काम सकेसी ठाडो गर्ने बानि छ
हाम्रो छिमेकी भारतको । हिजो कांग्रेस देखि कम्युनिस्ट पार्टीका नेताहरुलाई उल्लु
बनाए भने अब उल्लु बन्ने पालो मधेसी मोर्चाहरुको छ । संच्चिक्कै नेपाली नागरिक हुन
भने सिमा थुनेर हैन राजधानीमा बसेर शान्तिपूर्ण आन्दोलन गरेर आफ्नो जायज माग पुरा
गराउन सर्खारलाई दवाब दिन सक्नु पर्छ तर नेपालमा तराईबासीहरु मात्र हैन सबै तह र
तप्काका नागरिकहरु सोषित र पिडित छन भने हामि मधेसीहरु मात्र पिडित भयौ भनेर सिमा
थुन्नु त्यो जायज काम हैन ।
यो आलेख हजुरहरुलाई कस्तो लाग्यो ? प्रतिक्रियाको पर्खाईमा छु !
ReplyDelete