Sunday, January 03, 2016

लोकतान्त्रिक नेपालमा थारु तथा मधेसीहरु मात्र कसरि पिडित भए ?


नेपालमा सति प्रथा देखि दास प्रथाको अन्त्य राणा शासनकालमै भएको हो । सब्दले फरक देख्ला तर दास भन्नु र कमैया भन्नु एकै हो ।

हाल भन्ने गरिएको मधेसका सामन्ती पुंजीपति जमिन्दारहरुले केहि बर्ष अगाडी सम्म कमैया राख्ने गरेका थिए । नेपालको मध्य तथा सुदुर पश्चिम तराईका विभिन्न जिल्लाहरुमा कमैया तथा कम्लरी बस्नेहरु प्राय सबै थारु जातिका छन । नियमले बन्देज नलगाएको भए अहिले पनि राख्थे होलान । यस्ता जमिन्दारहरु कांग्रेस, कम्युनिस्ट देखि विभिन्न नामको मधेसी पार्टीहरु  लगाएत अन्य विभिन्न नामधारी पार्टीहरुमा समेत आबद्ध छन ।

२०४६ साल पछी नेपालमा विभिन्न जातजातिहरुको बिकासको लागी थुप्रै गैर सरकारी संगठनहरु खोलिए । त्यसरी खोलिएको मध्ये थारुहरुको हकहितको लागी भनेर थुप्रै थारु नेताहरुको नेतृत्वमा राजनीतिक पार्टीहरु देखि बिदेसी लगानीमा संचालित गैर सरकारी संस्थाहरु खोलिएको छन । ति संस्थाहरु खोल्नेमा राजकुमार लेखि देखि धनीराम चौधरी जस्ता थारु नेताहरु अग्र पंक्तिमा पर्दछन ।
आफ्नै जन्मदाताले परापुर्वकालदेखिको कुरीति धान्न देखि बार्षिक केहि रकम पाईने आशामा जमिन्दारको घरमा कम्लरीको काम गर्न पुर्याईएको कम्लरीबाट व्यबस्थापिका संसद सदस्य जस्तो गरिमामय पदमा पुग्ने शान्ता चौधरी हुन या २००७ साल देखि आजको मिति सम्ममा थुप्रै थारुहरु मन्त्रि देखि ठुला ठुला पदहरुमा समेत पुग्न सफल भई सकेका छन । परसुनारायण चौधरी, विजय कुमार गच्छेदार देखि सुरेन्द्र प्रसाद चौधरीहरु सदाबहार मन्त्रीमा गनिन्छन भने अरुहरु पनि थुप्रै छन ।
 
२९ सितम्बर २०१५ को दिनमा बिहारः आदिवासियों को टिकट क्यों नहीं? भन्ने शिर्षक राखेर भारत बिहार राज्य पटनाबाट मनीष शांडिल्यले बीबीसी हिन्दी डटकम अनलाईन संस्करणमा आलेख लेखेका रैछन । हिन्दि भाषामा लेखिएको उक्त आलेख मध्यको केही अंशलाई नेपालीमा रुपान्तरण गरि यहां प्रस्तुत गरेको छु ।
"नेपाल भारत सीमानाको बिहार राज्य अन्तर्गत पर्न पश्चिम चम्पारण जिल्ला अन्तर्गतको ४ ईलाकामा २ लाख भन्दा पनि बढी थारुहरु बसोबास गर्छन । ति २ लाख थारु मध्ये आज सम्म लोकसभा त परै जावोस बिधान सभामा समेत १ जना पनि थारु बिधायक भएको छैन । थारुहरुलाई कुनै पनि पार्टीले टिकट दिन चहादैनन" ।

हाम्रो देस नेपालमा राजनीतिक पार्टीका उप-प्रधान मन्त्रि, मन्त्रीहरु देखि नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक भक्ति राम माझि हुन या अन्य थुप्रै थारु समुदायका ब्यक्तिहरु निजामती, संस्थान, शेना देखि प्रहरीमा समेत मज्जैले अटाएका छन तर छिमेकी भारतको नेपाल भारतको सीमामा बस्ने भारतीय थारुहरुले हाल सम्म पनि नेपालमा जस्तो मौका पाएका छैनन भने सन २००८ मा थारुहरुलाई अल्पसंख्यक जातिमा राख्ने निर्णय भए पश्चात अब भने भारतको उत्तरी राज्य बिहार, उत्तर प्रदेस जस्ता थारु बहुल राज्यहरुमा थारु युवाहरुले मौका पाउलान । विश्वको सबै भन्दा ठुलो प्रजातान्त्रिक देसमा नपाएको सेवा र सुबिधा नेपाल जस्तो सानो मुलुकमा पहिलेनै पाई सकेको छ कि छैन ?

हाल नेपालमा केहि दिन देखि तराई ईलाकामा असान्ती मच्चिएको छ । त्यो असान्ती मच्चाउने अरु कोहि नभएर छिमेकी भारतको बिहार राज्य स्थित चम्पारण जिल्लामा पर्ने नेपालको मुख्य बाणिज्यद्द्वार पस्ने रक्सौल ईलाकाका भारतीय मधेसीहरु हुन । नेपालमा असान्ती फैलाउने तत्वहरुलाई आफ्नो ईलाकामा भोजन पानीको प्रबन्ध गराई सिमा थुन्न लगाएको हप्तौ हप्ता भै सकेकोछ ।

नेपालको मधेसी देखि थारु हुँदै अल्पसंख्यक मुसलमानहरुले न्याय पाएनन, अधिकारबाट बंचित छन र सरकारी निकायमा जान पाएनन जस्ता माग राख्न लगाएर लामो समय सम्म सिमा थुन्ने देखि सीमामा उपद्रो मच्चाउने र मच्चाउन लगाउनेहरु अरु कोहि नभएर नेपाली थारु नेताहरु देखि भारतबाट नेपालमा आई बसोबास गर्ने अंगिकृत नागरिकताधारीहरु भएको पटक पटक पुस्टि भई सकेको छ । बिस्वास लाग्दैन भने दोश्रो पटकको संबिधान सभामा पराजय व्यहोरे पछी सद्भावना पार्टीका अध्यक्ष देखि पटक पटक मन्त्रि पदमा पुग्न सफल भएका अंगिकृत नागरिकताबाहक राजेन्द्र महतोले ब्यक्त गरेका भावनाहरुलाई पढे पुग्छ ।
साभार: अन्नपूर्ण पोस्ट बाट

नेपालमा बस्ने सबै नेपाली हुन । नेपालीहरु भूगोल अनुसार हिमाल, पहाड, भित्रि मधेस देखि मधेस भनिने तराईमा बसोबास गर्ने गर्छन । निजि पेसा देखि आफ्नो क्षमता प्रदर्शन गरेर सरकारी नोकरी खान कोहि कसैलाई रोकतोक छैन । लोकतन्त्रको स्थापना पश्चात मधेसीहरुलाई आरक्षणको ब्यबस्था समेत गरि दिएको छ ।

नेपाल जस्तो गरिब देसमा मधेसी, आदिबासी तथा जातजातिको बिचमा खाडल पैदा गराई विभिन्न गैर सरकारी संस्थाहरु मार्फत असान्ती उत्पन्न गराउनमा पश्चिमा सक्तिहरु सफल भई सकेको छन । उक्त कार्यलाई खुल्लमखुल्ला समर्थन देखि सहयोग गर्नमा छिमेकी भारत देखिएको छ भनेर हाल देखिएको गतिबिधिबाट प्रस्टरुपमा पुस्टि हुन्छ ।

स्वतन्त्र भारत भनेर गर्वले शिर ठाडो पार्ने छिमेकी भारतमा दलित देखि जनजातीहरु अहिले सम्म पनि ठुला जातिहरुबाट स्वतन्त्र छैनन भन्ने कुरा समय समयमा भारतीय पत्र पत्रिकाहरुले प्रकाशित गरेको समाचारबाट पुस्टि हुन्छ तर आफ्नै देसमा बस्ने नागरिकहरुको दुख पिर तथा चिन्तालाई नजरअन्दाज गर्दै छिमेकी देसमा असान्ती मच्चाउने अधिकार छिमेकी भारतलाई कसले दियो ?
छिमेकी भारतको सबै सिमा जोडिएको देसहरुसंग सुमधुर सम्बन्ध छैन । यदि भएको भए हिजोका आफ्नै सगोत्री पाकिस्तान संग पटकपटक युद्ध गर्दैन थिए होलान । छिमेकी चिन संग पनि युद्ध गरेर हार खेपेकै हुन ।

आफ्नो आंगमा भैसी नदेख्ने तर छिमेकीको आंगमा जुम्रा देख्ने हाम्रा छिमेकी भारतले अब पनि आफ्नो बिदेस नीतिमा परिवर्तन गराएनन र बिदेशी शक्तिको ईसारामा छिमेकी माथि अधिकार र हैकम जमाउने चेस्टा गर्छन भने कथंकदाचित छिमेकी तथा अन्य बाह्य शक्तिबाट आक्रमण भएको खण्डमा भोलि सहयोग गर्न पश्चिमा शक्ति आउछन कि नजिकका छिमेकी आउछन ? एक पटक ठण्डा दिमागले भारत सरकारले सोच्नुपर्छ किनभने पश्चिमाहरु कत्तिको अबसरबादी हुन्छन त्यो पाकिस्तान, अफगानिस्थान देखि ईराक हुँदै लिबिया, सिरिया अनि ईजराईल जस्ता देशहरुलाई हेरे पुग्छ त्यसैले हाम्रा तराईमा बसोबास गर्ने सबै जाति देखि थारु समुदायहरुले समेत छिमेकी रास्ट्रको नेता देखि राजनायिक हुँदै आफ्नै मधेसी नेपाली नेताहरुको गुलिया र चिप्ला कुरामा लागेर आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने काम नगर्दाकै बेस ।

१४० भन्दा बढी जातजाति बसोबास गर्ने देसमा सबै जाति देखि थरिका मान्छेहरु पिडित छन । हिमाली तथा पहाडमा भन्दा बढी मधेसमा कुरीति, बिकृति, विसंगति देखि छुवाछुतमा मधेसका नागरिकहरु पिडित छन । त्यसरी पिडित हुनेमा अन्यबाट नभएर छिमेकी भारत देखि बिदेसिको ईसारामा चल्ने हाम्रा प्राय सबै पार्टीका ठुला नेता तथा तिनका कार्यकर्ताहरु हो भनेर बुझ्नु सख्त जरुरि छ ।


'प्रदेस दैनिक हेटौडाको मिति २०७२ कार्तिक १७ गते मंगलबारको अंकमा प्रकाशित'