मदेस गोर्खालीको हैन जबर्जस्ति पाहाड़े राजाहरुले लुटेर लिएको हो भनेर पुर्वान्चल बिकास क्षेत्र सगरमाथा अन्चलको सप्तरी जिल्ला महदेवामा जन्मी हुर्की अमरिकाबाट दीक्षित भएका पस्चिमा दलाल सी.के राउत हुन या आफुलाई बिद्द्वान लेखक देखि राजनीतिक बिश्लेषक भन्न रुचाउने युरोपियन युनियनका भरिया सी.के लाल सम्मले मदेस छुट्टै राज्य हुनु पर्छ भनेर कुतर्क दिंदै हिडन थालेको पनि लामो समय भै सक्यो ।
'एक मदेस, एक
प्रदेस' भनेर नाराको साथ तराई बाट पाहाड़ेहरु खेद्ने अभियानको नाईके भारतीय बिस्तारबादीको हल्कारा उपेन्द्र यादबको
चुरीफुरीको त झन के बयान गराई भो र । अहिले तिनले नेतृत्व गरेको पार्टीलाई मदेसको
देसभक्त जनताले साथ नदिए पछी साम्प्रदायिक नारा दिएर पाहाडी मतवाली जातीको
सहानुभूति बटुल्ने उद्धेश्यले खोलिएको अशोक राईको संघियता पार्टी संग बिलय गराउनु
परेको छ तर पार्टी पुन: फुटको स्थितिमा पुगी सकेकोछ भन्ने हल्ला पनि सुनिन थालि
सकेको छ । नहोला भन्न पनि सकिन्न ।
त्यस्तै दोश्रो
पटकको संबिधान सभाको निर्वाचनमा मदेसका जनताले औकात देखाई दिए पछी यो हार हाम्रो
लागी भन्दा पनि भारतको लागी चिन्ताको बिषय हो भन्ने भारतका ढोके सद्भावना पार्टीका
नेता राजेन्द्र महतो देखि सरिता गिरि हुँदै कांग्रेसी नेता अमरेस समेत यी सबै
भारतको ईसारामा चल्ने रिमोटरुपी पुत्लाहरु हुन ।
नेपालको सिमाना हिजो
काहाँ सम्म थियो र आज काहाँ सम्म छ भन्ने कुरा यी सबै मदेसी नेताहरुलाई राम्रै संग
थाहा नभएको पनि पक्कै हैन भने यिनीहरुले उचालेको नारा र बितण्डा केवल आफ्ना
साम्राज्यबादी पश्चिमा मालिकको आदेशमा बिस्तारबादी दक्षिणी मालिकको सहयोग र
निर्देसनमा मात्र हो भन्ने कुरा पनि राम्रै छ थाहा छ किनभने पश्चिमाहरुले सिधै
नेपालमा अस्थिरता फैलाउन सक्दैनन । अस्थिरता नफैलाये सम्म तिनीहरुको मनोकामना कसरि
पूर्ण हुन सक्छ र ।
हाम्रा नेपालीहरु
'निमकको सोझो' गर्न संसारमा अब्बल छन । निमकको सोझो नगरेको भे हिजो अंग्रेजले
संसारभर साम्राज्यबाद कायम गर्न देखि लिएर अहिले नेपालको प्राय ठुला राजनीतिक दलका
केहि ठुला नेताहरु देखि केहि गद्धार मदेसी नेताहरुले समेत देसको अहित र 'एक मदेस
एक प्रदेश' भन्ने राग अलाप्न पक्कै पनि सक्दैन थियो । एक मदेस एक प्रदेसको माग
अहिले एक्कासी उठेको हैन र यो उहिलेकै योजना अनुसारको एउटा भाग मात्र हो ।
नेपालमा दोश्रो पटक
प्रजातन्त्र २०४६ सालमा स्थापना भएको हो । दोश्रो पटकको प्रजातन्त्र स्थापना भए
पस्चात प्रजातन्त्र स्थापनाको प्रथम आम निर्वाचन २०४८ सालमा हुँदै थियो । आम
निर्वाचनमा प्रचार प्रसारको लागी नेपालमा पहिलो पटक भारत भक्त स्व.गजेन्द्रनारायण
शिंह बाट खोलिएको क्षेत्रिय पार्टी 'नेपाल सद्भावना पार्टी' ले आफ्नो
पार्टीको चुनाव प्रचार प्रसारमा आफ्ना नेता तथा कार्यकर्ताहरु खटाएको थियो । सोहि
अनुसार सर्लाही जिल्लाको केसरगंज गा.बि.स मा पर्ने बयलबास बजारमा सद्भावना
पार्टीले राखेको आमसभामा उक्त पार्टीको महिला नेत्री 'अमृता अग्रहरी' ले हिन्दीमा
भाषण गर्दै नेपाली टोपी लाउने पाहाड़ेहरुलाई महेन्द्र राजमार्गको उत्तरतर्फ खेद्नु
पर्छ भनेर भाषण गर्ना साथ भिड उत्तेजित भएर पार्टीको कार्यक्रम बिथोलिनुको साथै
अमृता देबी अग्रहरीले ज्यान जोगाएर भाग्नु परेको घटना सर्लाहीबासीले पक्कै पनि
बिर्सेका छैनन होला ।
सद्भावना पार्टी
सप्तरी जिल्लामा घर हुने स्व.गजेन्द्र नारायण शिंह भन्ने ब्यक्तिले स्थापना गरेका
हुन भने हिजो पंचायतीकालमा निजको आधा बसोबास भारतको बिहार राज्यको राजधानी पटनामा
हुन्थ्यो र सुन्नमा आए अनुसार पटनामा पनि निजको आफ्नै निजि घर जग्गा छ भन्ने भनाई
थियो र नहोला पनि भन्न सकिन्न । भारतका आफ्ना खास मान्छे जो परे ।
अंग्रेजहरु हिजो
सियो बनेर पस्थे र फाली बनेर निस्किन्थे । आर्काको देसमा पसेर तिनै देसका
नागरिकहरुलाई जुधाएर आफ्नो स्वार्थ सिद्ध गर्नमा माहिर थिए । अंग्रेज फर्केर गए तर
तिनको कपटी विधा आज अमेरिकी देखि भातीयहरु सम्मले सिकेका छन । कुनै समय यी दुवै
देस अंग्रेजका अधिनमा थियो । मालीकको 'फुटाउ र राज गर' नीति सिकेर आज यी देशरुले
संसारको सुख र छैन छिनेका छन ।
छिमेकी भनेको
मर्दाको मलामी र ज्यूँदोको जन्ती हो भन्छन तर यी कस्ता छिमेकी हुन जो सदियौंदेखिको
रोटि देखि बेटी संग साईनो भएको छिमेकीको घरमा आगो सल्काएर आनन्द मानेर हेर्दै
बसेका छन । छिमेकी भारत नेपाललाई आफ्नो बडा भाई भनेर भन्छन । बडा भाई भन्ने तर
छोटाभाईको देसमा कलह मच्चाउने यो कस्तो नीति हो ?
युक्रेन भन्ने देसमा
पनि हाम्रा मदेसी नेताहरु जस्तै गद्धार रुसी समर्थक नेताहरु बस्थे र तिनै
गद्धारहरुले बितेको बर्षमा आफ्नो मालिक रुसका सेना बोलाएर 'क्रिमिया' भन्ने
प्रदेसमा हिंसात्मक गतिबिधी गरेर अन्त्यमा उक्त क्रिमियालाई रुसमा बिलय गराए । यी
भारतका दलाल केहि थान मदेसी नेताहरु देखि माओबादी पार्टीका नेताहरु पनि नेपाललाई
'एक मदेस एक प्रदेस' को नारा देखि जातीय राज्यमा अल्झाएर नेपालको तराई मदेसको
भूभागलाई भारतमा बिलय गराउन चाहन्छन । माओबादी देखि मदेसी नेताहरुको सक्कली ईरादा
नै त्यहि हो र यस्ता कार्यमा अन्य कांग्रेस तथा कम्युनिस्ट पार्टीका नेताहरु दखि
सर्खारी कर्मचारीहरु समेत लागेको देखिएको छ ।
तस्विर: गुगल सर्च |
हाम्रा उत्तरी
छिमेकी चिन हुन या दक्षिणी छिमेकी भारत ति देसहरुमा रास्ट्रघाती काम गर्ने
व्यक्तिलाई सिधै मृत्युदण्ड दिने चलन छ भने हाम्रो देस नेपालमा पनि यस्ता
रास्ट्रघाती दलाल नेताहरु थुप्रै छन । कोहि मदेस्बादी नेताको भेषमा छन भने कोहि
लेखक तथा राजनीतिक विश्लेषकहरुको भेषमा, कोहि पत्रकार तथा साहित्यकारको भेषमा छन
भने कोहि नागरिक समाजका अगुवा देखि मानवअधिकरबादीको भेषमा छन । जबसम्म यस्ता देस
द्रोहीहरु नेताहरुलाई छिमेकमा दिए जस्तै मृत्युदण्डको संजाय नदिए सम्म नेपाल र
नेपालीहरुको उन्नति र भलो कहिले पनि हुन्न ।