Tuesday, August 25, 2015

पार्टीका नेताहरु देस र नागरिकहरु प्रति बफादार छैनन

नेपाली राजनीतिको ईतिहासमा २०४६ साल पछी अजब गज्जबको दृश्य देख्न पाइएको छ । २०४६ साल पछी वर्तमान प्रधान मन्त्रि सुसिल कोईराला तथा आफ्ना केहि बिस्वासपात्रहरुको साथले नेपाली कांग्रेस पार्टीमा जब स्व.गिरिजा प्रसाद कोइराला हाबी भए त्यस पछी स्व.गिरिजाले 'कांग्रेस भनेको प्रजातन्त्र र प्रजातन्त्र भनेकै मै हु' भन्ने दम्भ पाल्थे । परिवारवाद र नाताबादको खाँट्टी परिणामले देखिएको दृश्य प्राय यस्तै हुन्छ । कुनै समयमा छिमेकी हिन्दुस्थानमा 'कांग्रेस भनेको ईन्दिरा अनि ईन्दिरा भनेकै कांग्रेस' भन्ने यस्तै दृश्य देखिएको थियो । 

हेटौडा टुडे दैनिकको मिति २०७२ भाद्र ८ गते मंगलवारको अंकमा प्रकाशित
स्व. गिरिजा जस्ता दम्भी व्यक्तिलाई समेत २०६३ पछि आएर माओबादी पार्टीका अध्यक्ष क.प्रचण्डले आफ्नो वाकपटुताको प्रयोग गरि नराम्रो संग थांगनामा सुताई दिएका थिए जसको नतिजा हो पार्टी भित्रको बहुमत लाइ पाखा लाउदै स्व.गिरिजा धर्म निरपेक्ष र गणतन्त्रको साक्षी बस्न पुग्नु । यसरि धर्म निरपेक्ष तथा गणतन्त्रको साक्षी बसेको कार्य वर्तमान प्रधानमन्त्रि सुसिल कोईरालालाई समेत चित्त बुझेको थिएन । यी सबै काम कार्य क.प्रचण्डले आफ्नो मन र स्वबिबेकले नगरेको भएर बिदेसिको ईसारामा गरेका हुन भन्ने कुरा अहिले आएर घाम जस्तै छर्लंग भई सकेको छ । 

सत्तामा नपुगुन्जेल सम्म नेपालका प्राय सबै पार्टीका नेताहरुले उठाउने भनेको भारत तथा अमेरिकाको कडा बिरोध गर्दै 'रास्ट्रबाद' को नारा घन्काउनु हो । नेपालीहरु रास्ट्रबाद भने पछी आफ्नो ज्यु ज्यान समेत अर्पिन पछी हट्दैनन भन्ने कुरा समय समयमा भएको आन्दोलनहरुले देखाएको छ । 
२०४८ साल पछी नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा बहुमतको सरकार बनायो । देसमा भर्खर प्रजातन्त्रको आगमन भएको थियो । बिपक्षी कम्युनिस्ट पार्टीले बिरोधको बिषय फेला पार्न सकेका थिएनन । सोहि समयमा कांग्रेस नेतृत्वको सरकारले महाकाली सन्धि गर्यो । महाकाली सन्धि गर्ना साथ 'के निउं पाउँ कनिका बुकाऊं' भाको कम्युनिस्ट पार्टी एमालेले त्यो समयमा 'महाकाली सन्धि धोखा हो' भन्दै तताएको सडक आन्दोलन तथा तोडफोडले पनि राम्रै संग चर्चा पाएको थियो । अन्त्यमा महाकाली सन्धि हात्ती आयो 'हात्ती आयो फुस्सा' भनेझै भएको हो भने एमालेको रास्ट्रबाद कस्तो हुन्छ भनेर नेपाली जनताले राम्रै संग देख्न पाएका थिए । 

रास्ट्रबादकै नारा उचालेर १२ बर्ष सम्म कम्युनिस्ट पार्टीकै आर्को घटक तत्कालिन स.ज.मो पछी माओबादीको नामबाट उदाएको पार्टीले जनयुद्धकै नाम दिएर ससस्त्र संघर्ष गरेकै हुन । ससस्त्र संघर्षको बिउ नेपालमा कांग्रेस पार्टीले २००४ सालमा राखेको हो । माओबादीले त आफु सत्तामा जानलाई नेपाली कांग्रेस पार्टीको 'सक्कल बमोजिम नक्कल' मात्र गरेका हुन ।

सात साले संघर्षमा कांग्रेसको मुक्ति सेनाकै नाम सापटी लिएर माओबादीले अगाडी जनमुक्ति सेना भनेर आफ्ना सशस्त्र फौजको नामाकरण गरे । फरक के छ भने कांग्रेसले आफ्नो मुक्ति सेनालाई काम फत्ते भए पछी नेपाल पुलिसमा समाहित गरे । आजको नेपाल प्रहरी नेपाली कांग्रेसकै मुक्ति सेनाको एउटा अंग हो तर माओबादी पार्टीले आफ्ना जन मुक्ति सेनालाई नेपाली सेनामा हुल्न निकै पापड बेल्न पर्यो । जनमुक्ति सेनाको नाम मात्रको केहि हजार मिलिसियाहरु नेपाली सेनामा सुरुकै 'रंगरुटे' तरिकाले पसेका हुन ।

नेपालमा आजको मिति सम्म २०४६ साल पछी कांग्रेस, केहि नाम चलेका कम्युनिस्ट पार्टी तथा हिजोका खाँट्टी पंचबाट आज आएर खाँट्टी गणतन्त्रबादी बनेका रा.प्र.पा देखि २०६४ साल पछी सत्ताको च्याँखे थाप्न जन्माईयेका केहि थान मदेसी पार्टीहरुको जगजगी छ । कांग्रेस तथा नाम चलेका पार्टीका नेताहरुलाई रास्ट्रवादको नशा लाग्यो भने आफ्नो काम फत्ते गर्न सकिदैन भनेर २०६४ सालमा मदेसी मोर्चाको जन्म समेत गराईएको हो । बीर गोर्खालीको देसमा केहि थान नेताहरुले गद्धार गरे भन्दैमा पौने तिन करोड नेपालीहरुलाई आफ्नो देस प्रति असिम श्रद्धा छ भन्ने कुरा दोश्रो पटकको संबिधान सभाको निर्वाचनमा रास्ट्रघाती गर्नेहरुलाई हराएर देखाई दिएको घटनाले समेत पुस्टि हुन्छ ।

२०४६ साल पछी प्राय सबै पार्टीका नेताहरुलाई रास्ट्र भन्दा सत्ता प्यारो छ । आफु सत्तामा पुग्नको लागी जे जस्तो सुकै घटिया हर्कत गर्न पनि पछी हट्दैनन । यदि यी नेताहरु आफ्नो रास्ट्रलाई माया र जनता प्रति उत्तरदायी हुन्थे भने 'देस टुक्रायेर देखाई दिन्छु' भनेर हाँक दिने मदेसी तथा जनजातिको नेताहरु लाई पक्रेर कठोर काराबासको संजाय दिन्थे होलान । छिमेकी देसहरुमा त रास्ट्रबिरोधि कार्य गर्नेहरुलाई सिधै मृत्युदण्ड दिने चलन छ,
तर,
हाम्रा नेताहरुले यस्ता महान काम गर्न सक्दैनन किनभने २०४६ साल पछि प्राय सबै पार्टीका ठुला नेताहरु, मानबअधिकारको ढोंग रचाउने अधिकारकर्मीहरु देखि आफुलाई राज्यको चौथो अंग भनेर चिनाउन रुचाउने केहि थाने पत्रकारहरु समेत अदृश्य सक्तिका कठपुतली बनेका छन । अदृश्य शक्तिहरुले यिनै कठपुतलीहरुको समेत मद्धत लिएर २०४६ साल भन्दा अगाडिको सुन्दर सान्त देस नेपाललाई कतै कुनै बेलाको स्वतन्त्र देस सिक्किम बनाई दिने त हैनन । यी नेताहरुको हालको काम गराईले यस्तै झल्को दिंदै आएको छ ।

२०४६ साल पछी नेपालमा स्थापित देखि नयाँ जन्मेका प्राय सबै पार्टीका नेता देखि तिनका नजिकका कार्यकर्ताहरु अनि तिनका पार्टीका समर्थनमा लेख्ने पत्रकार र मानब अधिकारका खोल ओढेका अधिकारकर्मीहरु भनेको देस र जनताहरुको लागी नभएर बिदेसिको ईसारामा काम गर्दा रैछन भन्ने प्रस्ट भई सकेको छ त्यसैले समयमै खबरदारी गर्न सकिएन भने हामि नेपालीहरुको अस्तित्व मेटिन सक्छ । यस्ता कुराहरु सबैले बुझ्नु जरुरि छ ।