Monday, August 17, 2015

लोकतन्त्रे पन्च

२०१७ साल पौषमा स्व.राजा महेन्द्रले नेपाली कांग्रेसको सरकारलाई बर्खास्त गरेर देसमा पंचायती व्यबस्थाको सुत्रपात गरे । ३० बर्ष सम्म चलेको पंचायती ब्यबस्थालाई कांग्रेस तथा कम्युनिस्टहरु मिलेर महिनौ महिना आन्दोलन गरेर ब्यबस्था बदल्न राजा बिरेन्द्रलाई बाध्य पारे ।
 
१ पछी २ आउछ त्यस्तै गरि ३ अनि ४ पछी ५ नम्बरको संख्या आउछ । ४ जना बसेर निर्णय गर्दा पक्ष बिपक्षमा निर्णय बराबरीको संख्यामा आउने भएकोले जित र हारको फैसला सुनाउन ५ जनाको संख्या राखिने भएकोले ५ जनाको संख्यालाई पंच भनेर भन्ने गरिन्छ ।

बिगत ७/८ बर्ष देखि नेपालमा ४ थान नेताहरु बसेर नेपाललाई कसरि लोकतन्त्रको बाटोमा अगाडी बढाउने भनेर सर सल्लाह गर्दा पनि नयां निकास निस्किन सकेन ।

पुरानो पंचहरुलाई अहिलेको हुलमा मिसाउन हुन्न र मिसायो भने फेरी सत्र साल दोहरिन सक्छ भन्ने भय पालेका कांग्रेस, एमाले, एमाओबादी तथा मदेसी मोर्चाको एक घटक समेतको संख्या जोड्दा ४ मात्र देखिएकोले हाल निर्णय गरेर सदर गरौँ सजिलो हुने भएकोले नाम एमाओबादी क्रान्तिकारी कम्युनिस्ट तर बिचारधारा बि.पी को समाजबाद बोकेका डाक्टर बाबुराम भटराईलाई ४ को समुहमा जोडेर पांच बनाएको छन ।

छिमेकी भारतमा अझै पनि 'पंचायती सासन' ब्यबस्था राम्रै संग फस्टाएका छन । हरेक कुरामा छिमेकीको नक्कल गर्ने तर आफ्नो नामको अगाडी पंच जोड्न लाज मान्नेहरु आज आएर ५ को संख्या बन्नु भनेको पंच बनेर कुन ब्यबस्था र सासन प्रणाली ठिक भनेर फैसला गर्नु हो किनभने नेपालको जनताहरुले यिनीहरुलाई संबिधान बनाउने ठेक्का दिएका छन ।

त्यसैले लोकतन्त्रका यी महान ५ थाने  नेताहरु पंचायतका नयां अवतार हुन कि हैनन ? हिजो पंचायतमा पनि कांग्रेस देखि कम्युनिस्ट नेताहरु बग्रेल्ती थियेनी ।
janakdangol@gmail.com