Sunday, August 16, 2015

नेपाल बन्द गर्ने डाम्नाहरु मुर्दाबाद

-जनक मान डंगोल/janakdangol@gmail.com
भुरा हुँदा संगै पढ्ने साथीले छतीस साला नै नेपाली कांग्रेसको लिथो पेपरा टाईपेको सदस्यता लेकोथ्यो ।
खै के मा चित्त बुझेन मुलालाई माउबादीहरुले क्रान्ति गरे त्यस पछी उ पनि क्रान्तिकारी भो ।
क्रान्ति पछी शान्ति भो तर क्रान्तिकारीको सोल्मारीले नछुटेको जनजाती मार्काको त्यो मुलो साथि आज बैद्यबालाई देउता मान्छ ।
गाम्ठमा बसे पछी भेट नहुने कुरै भएन ! आज प्यान्टको गोजा पछाडी टन्न कागज ठुसेर चोका बसेर हात हल्लाई हल्लाई बात मार्दै रच्छ !
कार्टुन साभार: योगेस कुमार खपांगीको फेसबुक बाट
के बोल्दैछ्स ये गुच्चे मुला भनेको झल्यांस्स सम्झेर भन्यो त पनि यो पढ भनेर हाता एक थान लाल पर्चा थमाई दियो । पर्चामा महान बाक्य डामेको रैछ  ब्यौदै गरेको संबिधान त्वाउनु पर्ने भकोले सान्दार संग पर्सि आईतवार र सोमबारको नेपाल बन्द सफल पारौ रे ।
राना सासन स्टाईला ४ थान नेताहरुले भारदारी सभाले जस्तरी निर्णय गरेर आफ्ना पार्टीका सभासद नामका मुन्छेहरुलाई पार्टी ह्विपभन्दै जबर्जस्ती तालि ठोक्न लार ल्याउन लाको अर्थात ब्याउन लाको संबिधान त मलाई पनि मन परेको छैन तर त्यसो भन्दैमा नेपाल बन्द गर्नु मेरो नजरा सहि हैन,
किन?
किनभने,
*नेपाल बन्द गर्दा प्राय सबै पार्टीहरुले हिँसाको बाटो अपनाउछ्न ।
*गरिप्को बच्चाले ऋण धन जोडेर किन्या ट्याक्सीमा आफै साउ आफै ड्राईभर बनेर चलाको भन्ने थाहा हुँदाहुँदै पनि मुन्छे सहित चिता बनाई दिन्छन ।
*ब्यान बेल्का पसिना नबगाये सम्म गरिपका संतानहरुको पेटा  माड लाग्दैन भन्ने थाहा हुँदाहुँदै पनि नेपाल बन्द गर्न लाउछन,
भने,
जतिसुकै पुन्नेको काम भए पनि गरिपको पेटमारा नेपाल बन्दलाई सहि भनिदैन,
त्यसैले,
मैले पनि सान्दारको साथ नेपाल बन्द मुर्दाबादभने !