केहि दीन अगाडी ने.क.पा माओबादी
पार्टीको नेता नेत्र बिक्रम चन्द अर्थात क. बिप्लवले 'नेपालमा अब फेरी युद्ध हुन्छ' भनेर ई-जनता डटकम नामको अनलाईन पत्रिकामा अन्तरवार्ता दिनु भएको थियो ।
कमरेड बिप्लबको भनाई सही होला नहोला त्यो समयले बताउला तर बिगत
केहिदीन देखि नेपालमा देखिएको घटनाले सड़क देखि
सदन तताएको देख्दा यस्तो कार्यलाई सुखद
भन्न पटक्कै सकिदैन ।
३० बर्षे पंचायती सासनकालमा पनि नेपालमा INGO नामका गैर सरकारी संग़ठन खुलेको थियो तर ति संगठनहरु अहिले जस्ता छाडा थिएनन । सरकारको आदेस बिना यी संगठनहरुले आफूखुसि कार्यक्रमहरु संचालन गर्न पाउदैन थिए ।
३० बर्षे पंचायती सासनकालमा पनि नेपालमा INGO नामका गैर सरकारी संग़ठन खुलेको थियो तर ति संगठनहरु अहिले जस्ता छाडा थिएनन । सरकारको आदेस बिना यी संगठनहरुले आफूखुसि कार्यक्रमहरु संचालन गर्न पाउदैन थिए ।
पंचायती सासन असल थियो की खराब त्यों खुट्याउने जिम्मा नेपालको नागरिकहरुको थियो । नाम नेपाली तर छिमेकी देस भारतमा जन्माईएको कांग्रेस तथा कम्युनिस्टहरुको लागि पंचायती सासन अनुकूल थियेन किनभने पंचायती सासनले देसमा राजनितिक पार्टीहरु खोल्न प्रतिबन्ध लगाई दिएको थियो त्यही भएर कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुले आज पनि पंचायेतको नाम सुन्न पनि चाहदैनन ।
पंचायती सासन एक दलीय सासन ब्यबस्था भये पछि निरंकुस हुने नै भयो । तिसौ बर्षमा चल्दै गरेको पंचायती सासनलाई जरै देखि फ्याक्न सक्ने हिम्मत कांग्रेस तथा कम्युनिस्ट पार्टीका नेताहरुमा थिएन ।
पंचायती सासनहुन्जेल नेपालमा कांग्रेस तथा कम्युनिस्ट पार्टीका नेताहरुले खुलेर राजनीति गर्न सक्दैन थिए त्यहि भएर छिमेकी भारत देखि पश्चिमा देशहरुको सहयोग लिएर नेपालमा ससक्त आंदोलन गरे । आन्दोलन सफल भयो वा असफल तर २०४६ सालमा नेपालमा दोश्रो पटक प्रजातंत्रको स्थापना भएको कुरालाई भने नकार्न सकिदैन ।
आन्दोलन ता नेपालमा २००७ सालमा पनी भएको थियो । जहानिया राणा साशनको बिरुद्धमा त्यो समय नेपालको जनताहरुले पूर्णरूपमा साथ दिएको थियो ।
राणा सासन हटाउन भनेर जून बेला आंदोलनको खाका कोरीयो त्यो खाकालाई मुर्तरूप दिन कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुले नेपालमै पार्टी स्थापना गरेको भये छिमेकिहरुले आज आएर नेपालमा खुल्ला हैकम जमाउन सक्दैन थिए ।
नेपालमा आजको मितिसम्ममा जे जति आन्दोलन गरियो त्यसमा जनताको साथ ता छदै थियो तर कांग्रेस तथा कम्युनिस्ट पार्टीका नेताहरुले नेपाली जनता प्रति पूर्ण बिस्वास नगरेर बिदेसी मित्र रास्ट्रहरुको सहयोग लिये । आज त्यो सहयोग कांग्रेस तथा कम्युनिस्ट पार्टीका नेताहरूको लागि ‘भोको पेटको तातो पिंडालु’ जस्तो निल्नु न ओकल्नु भएको छ ।
बिदेसिले सहयोग सित्तैमा गर्दैनन त्यही माथि हाम्रा नेताहरु प्राय सिक्किमे काजी लेण्डुप दोर्जी चरित्रका भएको हुनाले बिदेसिहरुलाई हिजो आज नेपाली भूमिमा खेल्न सारै सजिलो भएको छ ।
जातीयता र धर्म भनेको आगोको लप्का हो । यही लप्कालाई के कुन तरिकाले कुन समयमा प्रयोग गर्नु पर्छ भन्ने कुराको राम्रो ज्ञान बिदेसिहरुले राखेका छन ।
‘धर्म र जातीयता’ को लप्कोले समय समयमा छिमेकी भारतलाइ पनि नटिपेको हैन तर यी सबै कुराहरुको राम्रो ज्ञान हुंदाहुँदै पनि छिमेकी भारत नेपालमा अस्थिरता फैलाउन चाहन्छ जस्को प्रत्यक्ष उदाहरण ‘एक मदेस एक प्रदेस’ को नारा हो ।
सियो बनेर पस्ने अनि फाली बनेर निस्कीने पश्चिमाहरुको त बानीनै हो । गरीब तथा जातीय भेदभाव प्रति सहानभूति राख्दै बिकट गाऊं बस्ती कुना कंदराहरुमा गैर सरकारी संगठनको नाउंमा बिकासको अभिनय गर्न माहिर पश्चिमाहरुले युद्दस्तरमा धर्म परिवर्तन गराएका छन ।
२०४६ सालको परिवर्तन पश्चात नेपालमा च्याउ सरी उमारिएको INGO तथा NGO हरुले सांच्चिक्कै बिकास गर्ने मंसुवा राखेका भये दलितबस्तिमा धारा इनार कुवाको निर्माण किन गरी दियेनन ।
२०४६ साल पछि पश्चिमाहरुले नेपालको गरीबी निबारण गर्न भनेर अर्बो बिदेसी पैसा दान सहयोगको रुपमा दिएका पनि हुन तर त्यो पैसा गरीबी निबारण नगरिकन धर्म परिवर्तन गर्नमा खर्चेका छन । अहिले टोल टोल देखि बिकट कुना कन्दराहरु समेतमा खोलिएको ईसाई धर्मालम्बिहरुले प्राथना गर्ने चर्च त्यसको साक्षी बनेर उभिएको छ ।
कामरेड बिप्लबले एकदम जायज कुरा गर्नु भएको छ । संसारभरी बीर नेपाली भनेर नाम कमाएको हामी नेपाली जनताहरु संग सही निर्णय गर्न सक्ने क्षमता भएको भये एक आपसलाई सत्रुको नजरले हेर्दै काटमार पक्कै पनि गर्दैन थियौ ।
चार जात छत्तीस बर्णले सजीएको सुन्दर शान्त देस नेपाललाई धर्म, जातीयता देखि क्षेत्रीयताको नाउंमा टुक्रा टुक्रा पार्ने कोसिस पक्कै पनि गर्दैनथियौ । नेपालमा बस्ने सबै नेपाली हुन्छन । मदेसी र पाहाड़े भन्दै भुमि टुकर्याउन उद्धत हुन्छौ भने बिप्लब कामरेडले भनेझै नेपालमा फेरी पनि युध्द नहोला भन्न सकिन्छ र ?