Home » » 'सरकारी कर्मचारी भएर पार्टीका कार्यकर्ता बन्नु अपराध हो'

'सरकारी कर्मचारी भएर पार्टीका कार्यकर्ता बन्नु अपराध हो'

Written By खांट्टी कुरा on Monday, July 27, 2015 | July 27, 2015


नेपालमा २०४६ साल भन्दा अगाडी सम्म सरकारी कर्मचारिहरुलाई राजनीतिक पार्टीको कार्यकर्ता बनेर गतिबिधि संचालन गर्न तत्कालिन पंचायती सरकारले प्रतिबन्ध लगाएको थियो ।

सरकारी कर्मचारीको विभिन्न पदमा नियुक्ति हुनु भन्दा अगाडिनै लोक सेवा आयोगको माग अनुसार प्रहरीले बुझेर पठाउने 'चालचलन तथा गतिबिधि' नामको प्रमाण पत्रमा 'कुनै पनि राजनीतिक गतिविधिमा भाग नलिएको, हिंसात्मक गतिविधिमा नलागेको, कुनै पनि फौजदारी अभियोगमा संजाय नपाएको र हाल सम्मको चालचलन तथा गतिबिधि राम्रो रहेको' भनेर उल्लेख हुनु पर्थ्यो ।

यस्तो चलन नेपालमा मात्र नभएर प्राय सबै देसमा चली आएको छ । सरकारी कर्मचारी भनेको रास्ट्रको सेवक हुने भएको हुँदा रास्ट्र सेवक जहिले पनि 'स्वच्छ, ईमान्दार, अनुसासित र स्वतन्त्र' छबी भएको ब्यक्ति हुनु पर्दछ भन्ने मान्यता भएर नै सरकारी सेवामा नियुक्ति लिनु भन्दा पहिलानै 'चालचलन तथा गतिबिधि' बुझ्ने गरिएको हो ।

रास्ट्र सेवक कर्मचारी भए पछि देस र नागरिकको सेवामा तन मन र ध्यान दिएर लाग्दैन भने त्यस्तो रास्ट्रको कहिले पनि उन्नति र भलो हुन्न ।

परिवर्तन नभए सम्म देसको विकास हुन्न । यहि मूल मन्त्र देखाउंदै नेपालका कांग्रेस देखि कम्युनिस्ट पार्टीहरुले देसका सबै तह र तप्काकालाई आफ्नो हक र अधिकारको लागी लड्नु पर्छ भनेर सिकाए, दीक्षित गरे । त्यसैको फलस्वरूप २०४६ साल पछी नेपालमा राजनीतिक पार्टी पिच्छेको संगठन गठन गर्ने होडबाजी चल्यो जुन आजको मिति सम्म पनि यथावतै रहेको छ ।

हाम्रा राजनीतिक पार्टीहरुले आफुहरु प्रतिबन्धित अबस्थामा रहेको बेलामा सासन सत्ता आफ्नो नियन्त्रणमा लिनलाई सबै भन्दा ठुलो अस्त्रको रुपमा निजामति कर्मचारी, वकिल, डाक्टर, शिक्षक, मजदुर देखि बिधार्थीहरु सम्मलाई देखे र सोहि अनुसार प्रयोग पनि गरे । २०४५ सालको पंचायत हटाउ आन्दोलनमा निजामति कर्मचारी, शिक्षक, वकिल, डाक्टर, मजदुर देखि बिधार्थीहरु सडकमा ओर्लेर आन्दोलन नगरेको भए नेपालमा आजको मिति सम्ममा पनि एकतन्त्रीय सासन 'पंचायती ब्यबस्था' नै कायम रहन्थ्यो होला ।

२०४६ साल भन्दा अगाडी हाम्रा राजनीतिक पार्टीका नेताहरुले जे जे सिकाय आज आएर त्यो सिकाईले बिकरालरुपमा नकारात्मक गतिबिधि गर्न ठुलो नैतिक बल मिलाई दिएको छ । बन्द र हड्ताल सामान्य जस्तै भै सक्यो । बन्द र हडतालको परिणामले गर्दा देस आज गरिब तथा पिछडिएका रास्ट्रमा गणना भै सक्यो भनेर समय समयमा आंकडा निकालेर देखाउने पनि हाम्रै सरकारी कर्मचारीहरु हुन ।

बिधार्थी भनेका कुमालेले प्रयोग गर्ने काँचो माटो जस्तै हुन । जसरि कुम्हालेले काँचो माटोलाई कुटेर, मुछेर विभिन्न सुन्दर कलात्मक सामाग्रीहरुको उत्पादन गर्छन त्यस्तै हाम्रा स्कुल कलेजमा पढाउने गुरु वर्गहरु पनि कुम्हाले जस्तै हुन ।

बिधार्थी रुपी काँचो माटोलाई के कसरि अनुसासितरुपमा राखेर उत्कृस्ट शिक्षा दिनु पर्दछ भन्ने जिम्मेवारी हाम्रो गुरुवर्गको हो र त्यसको ज्याला स्वरूप सरकारले तलव भत्ता पनि प्रदान गरेको छ ।
दुख:को साथ भन्नु पर्दा २०४६ साल भन्दा अगाडी देखिनै हाम्रा गुरु तथा गुरुआमाहरु कांग्रेस देखि विभिन्न नामधारी कम्युनिस्ट पार्टीमा लाग्दै आफ्नो नैतिकता पार्टीमा बन्दकी राखेर आफ्ना शिष्यहरुलाई राजनीतिक पार्टीको गतिविधिमा लाग्न प्रेणना दिने गरेको देखियो ।

'जस्तो गुरु त्यस्तै चेला' भन्ने नेपाली लोकोक्ति त्यसै बनेको हैन । हाम्रो गुरु तथा गुरुआमाहरुले परापुर्बकालकै जस्तो गरि कडा अनुसासनमा राखेर नैतिक शिक्षाको साथ उत्कृस्ट शिक्षा प्रदान गरेको भए देसले आज यस्तो दुर्दिन देख्नु र भोग्नु पर्दैनथ्यो ।

हामीलाई शिक्षा दीक्षा प्रदान गर्ने गुरु तथा गुरुआमाहरुनै राजनैतिक पार्टीका हल्कारा बन्दै  राजनैतिक पार्टीका नेताहरुको कठपुतली बन्छन भने त्यस्ता गुरु तथा गुरुआमाहरुले प्रदान गरेको शिक्षाले अनुसासित, नैतिकवान रास्ट्र सेवकहरुको उत्पादन हुन्छ भनेर भन्न सकिन्छ र ?

हिजो सामाजिक संजालको बिकास नहुँदा कुन मान्छे के कस्ता चरित्रका हुन भनेर चिन्न अलि कठिनै हुन्थ्यो । जुन दिन फेसबुक तथा ट्वीटर जस्ता सामाजिक संजालहरु चल्तीमा आयो त्यो दिन देखि कुन व्यक्ति के कस्ता चारित्रका हुन चिन्न र बुझ्न कठिन नहुने रैछ ।
जनताले तिरेको कर देखि अन्य बाह्य श्रोतबाट नेपालको सबै तह र तप्काका कर्मचारीहरुले तलब भत्ता देखि अन्य सुबिधा पाउने गरेका छन जसलाई ठेट भाषामा 'सरकारी निमक खाका' भनेर भन्ने चलन छ ।

सरकारी निमक खाने रास्ट्र सेवकहरु भनेको आफ्नो पदमा बहाल रहुन्जेल सम्म देस र जनता प्रति निष्ठावान र उत्तरदायी हुनु पर्दछ भनेर भनिएको छ र सपथ पनि यस्तै तरिकाले लिने गर्छन ।
लेखाईमा त्यस्तो भएता पनि हिजो आज सबै तह र तप्काका रास्ट्र सेवकहरुले निर्धक्क संग छाती फुलाएर आफुलाई नियुक्ति दिन सघाउ पुर्याउने पार्टी र सो पार्टीका नेताहरुको भजन गाउने गरेको देखिन्छ । तिनीहरुले सामाजिक संजालमा प्रेषित गर्ने स्टाटस, तस्विर देखि पत्रिका प्रकाशन हुने लेख हुँदै रेडियो तथा टेलिभिजनमा हेर्ने र देखिने त्यस्ताहरुलाई रास्ट्र सेवक कर्मचारी भन्न मिल्छ ? विभिन्न राजनीतिक पार्टीमा लाग्नेहरु कसरि रास्ट्रको सेवक भए ?

यी तिनै रास्ट्र सेवकहरु हुन जसलाई रास्ट्र र जनताको सेवा भन्दा आफ्नो भबिस्य प्यारो छ । आफ्नो फाईदाको लागी पार्टी र नेताहरु समाएर जस्तो सुकै नीचता प्रदर्शन गर्न पछी पर्दैनन । सुरुको नियुक्ति लिने बेलाको सपथ र आफ्नो काम र कर्तब्यलाई भुलेर पार्टी तथा नेताको चाकरीमा ब्यस्त हुन्छन ।

कतिपय उच्च पदस्तका कर्मचारीहरु पनि छन जुन कर्मचारीहरु सरकारी निमक खाएर बिदेसिको ईसारामा खोलिएको विभिन्न नामधारी गैर सरकारी संगठनहरु संचालन गरेर बसेका छन, सरकारी अस्पतालमा सेवा दिनु पर्ने डाक्टर दखि सरकारी स्कुल कलेजमा पढाउने गुरुबर्गहरुलाई निजि क्लिनिक तथा कलेजहरुमा पढाउन भ्याई नभ्याई समेत छ ।

जब सम्म रास्ट्र सेवकहरुले आफ्नो पदीय जिम्मेवारी बुझ्दैनन र हाम्रा गुरु तथा गुरुआमाहरुले आफ्नो नैतिकता र ईमान्दारितालाई बिभिन्न राजनीतिक पार्टीमा समर्पण गर्छन तब सम्म देस र जनताको बिकास हुन्छ भनेर सोच्नु कोरा सपना मात्र हुन ।

हाम्रा राजनीतिक पार्टीका नेताहरुले हिजो आफु सत्तामा जानलाई जे जस्तो गलत हथकण्डा अपनाय त्यसलाई बेलैमा सच्याउनु ठुलो जरुरि छ । कर्मचारीहरु लाई कडा नसिहद दिएर अनुसासनमा राख्ने जिम्मा भनेको सरकारको हो तर त्यसो गर्नलाई सरकारी कर्मचारीहरुलाई राजनैतिक पार्टीको झोले कार्यकर्ता बनाउन कडाईका साथ रोक्नु पर्छ । सरकारी निमक खाएर जो जसलाई राजनीति गर्न सोख छ उसले जागिर बाट सन्यास लिएर जानुनै उत्तम हुन्छ भन्ने यो पंक्तिकारको ठम्याई हो ।

के हाम्रा विभिन्न राजनीतिक पार्टीका नेताहरुले यस्तो कडा कदम लागु गराउन सक्लान ? सक्छन भने पौने तिन करोड नेपालीहरुले ताली बजाएर स्वागत गर्नेछन, यदि सक्दैनन भने देसलाई सिंगापुर देखि स्विजरल्याण्ड बनाउछु भनेर सपना देखाउनु कोरा बकबास मात्र हो ।

Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger