तस्विर साभार: गुगल सर्च |
कुनै उमेर पुगेको व्यक्तिलाई नागरिकता आबस्यक परेको खण्डमा त्यस्ता
व्यक्तिले सम्बन्धित गा.बि.स तथा नगर पालिकामा गएर सर्ब प्रथम सिफारिस लिनु पर्छ र
त्यो सिफारिसलाई सम्बन्धित गा.बि.स तथा नगरले आफ्नो ईलाकाहरुमा बसोबास गर्ने
ब्यक्ति हो होईन भनेर बुझ्ने चलन छ र त्यसरी बुझ्दा नागरिक माग गर्ने ब्यक्ति कति
पुस्ताको हो भनेर समेत बुझ्ने गरिन्छ । नागरिकता माग गर्ने ब्यक्ति बंसज हो भन्ने
निर्क्यौल भएमा सम्बन्धित गा.बि.स तथा नगर पालिकाले नागरिकता माग गर्ने ब्यक्ति
हाम्रो वडा ईलाकाहरुमा बसोबास गर्दै आयेका ब्यक्ति हुन र बंसजको आधारमा नागरिकता
दिंदा फरक पर्दैन भनेर सिफारिस गरि दिने चलन छ ।
जन्मसिद्ध नागरिकता भन्नाले अंगिकृत नागरिकता प्राप्त गरेका सन्तान
बाट जन्म भएका सन्तानहरु भनेर बुझिन्छ भने नेपालको नागरिकता ऐनले समेत बंसज,
जन्मसिद्ध देखि अंगिकृत भनेर तिन थरिको नागरिकताको बर्गिकरण त्यसै गरेको हैन ।
नागरिकताको सवालमा अहिले जे जस्ता तर्क कुतर्क गरिएका छन ति सबै
बिदेसीका सन्तानलाई नागरिकता दिने प्रपन्च मात्र हो त्यो भन्दा अरु केहि पनि हैन ।
२०३६ साल भन्दा अगाडी २०३३ सालमा तत्कालिन प्रतिबन्धित नेपाली कांग्रेसले गरेको ससस्त्र
संघर्ष देखि २०३५ साल देखिको छिटपुट आन्दोलन २०३६ सालमा उग्र भए पछी त्यो बेलाको
सुर्य बहादुर थापा सरकारले पंचायत जिताउन भनेर हज्जारौ हजार दक्षिण भारतका
बासिन्दालाई नागरिकता दिएको प्रतिफल हो अहिलेको नागरिकता सम्बन्धिको किचलो । त्यो
बेलामा थापा सरकारले भारतीयहरुलाई नागरिकता नदिएको भए अहिले २०२७ सालमा भारतबाट
नेपालमा आएर बस्ने महतोहरु जस्ताले चम्किने अवसर पाउदैन थियो ।
पंचायती सासनले प्रतिबन्धित लगाएको समयमा कांग्रेस तथा कम्युनिस्टक
नेताहरु सिमा पारि सेल्टर लिएर बस्दा आफ्ना मतियारीलाई आफु सत्तामा आए पछी नागरिकता
बाड्नु त्यो अक्षम्य भुल थियो । कांग्रेसको महन्थ ठाकुर देखि तत्कालिन माले बाट
एमाले हुँदै हाल एमाओबादी अर्थात 'जता मल्खु उतै ढल्कु चरित्रको रामचन्द्र झाहरु
सम्म कांग्रेस एमालेको उत्पादन हुन भने ति पछिका नागरिकता प्राप्त गरी नेपालको
राजनीतिमा चम्किने भारतीयहरु भनेको तपसिलमा पर्ने ब्यक्तिहरु हुन ।
संसारको कुख्यात अपराधी 'चाल्स सोभराज' व्यक्ति हत्याको सिलसिलामा हाल नेपालको
केन्द्रिय कारागारमा कैद संजाय भोग्दैछन भने ति अपराधीले नेपाली महिला संग विहा
समेत गरेका छन । यदि भोलि कथंकदाचित चाल्स सोभराजको नेपाली महिला पत्नीबाट सन्तान
जन्मेको खण्डमा ति जन्मेको सन्तान नेपाली नागरिक हुन्छन कि बिदेसी ? महिलाको
जन्मघर ठुलो हुन्छ कि कर्म घर ? यदि जन्मघर ठुलो हुने हो भने संसारभरका महिलाहरु
बिवाह पस्चात किन पतिको घरमा गएर बस्छन ?
नेपालमा २०४६ साल पछी हक अधिकार आदि भन्दै बर्षे च्याउ सरि सयौंको
संख्यामा संघ संस्थाहरु खुलेका छन । बिदेसीको अनुकम्पाबाट खुलेका र खुलाईयेका
यस्ता संस्थाहरुले देसको हितमा के कस्ता कामहरु गरेका छन त्यो बताउनु नपर्ला ।
यस्ता संघ संस्थाहरु लाई ढाल बनाएर नागरिकता देखि धर्म र संस्कृति, पहिचान देखि
संघियेता सम्मको आवाज उठाउन असिनासरी पैसा खर्च गर्नमा पश्चिमाहरू अग्र पंक्तिमा
छन भने अहिले जो जतिले जे जस्ता कुरा गरे ति सबै मालीकको निमकको सोझो मात्र गरेका
हुन भन्ने पंक्तिकारको बुझाई हो ।
सदियौ देखि पुस्ता दर पुस्ता मदेसमा बसोबास गरेको नेपाली नागरिकहरुलाई
मदेसी हैन भनेर कसैले पनि भन्न सक्दैन तर नेपालको महिला बिवाह गरेर यतै आएर बसोबास
गर्दैमा त्यस्ता ब्यक्तिहरु कसरि नेपाली नागरिक हुन सक्छन र त्यस्ता ब्यक्तिहरुलाई
नेपाली नागरिकता दिनु पर्छ भन्ने कुनै जरुरि छ ?
सात समुन्द्र पारीको पुर्बी एसियामा पर्ने मलेसिया भन्ने देसमा आज
भन्दा ७/८ बर्ष अगाडी सम लामो समय सम्म बसोबास गर्ने आप्रबासी नागरिकहरुलाई
त्यताको भाषाको 'आई.सी' हाम्रो भाषामा भन्नु पर्दा नागरिकता त्यो पनि अंगिकृत दिने
चलन थियो । जसरि नेपालमा दक्षिण भारतीयहरुले आएर रजाई गरेका छन त्यस्तै गरि
मलेसियामा पनि विभिन्न तौर तरिकाले मलेसिया प्रबेस गर्ने ईन्डोनेसियाका
नागरिकहरुले लामो समय बसेर अंगिकृत नागरिकता प्राप्त गर्ने गर्दथे ।
हाम्रो देस नेपालको मदेसमा बसोबास गर्ने नागरिक तथा सिमा पारिका
भारतीयहरुको भाषा, लवाई खुवाई देखि संस्कृति र परम्परा सम्म एकै नासको छ ।
बिहाबारी पनि चल्ने भएकोले छिमेकी 'रोटि देखि बेटी सम्मको साईनो' भनेर भन्ने गर्छन
। यस्तै प्रकृति मले तथा ईन्डोनेसियनहरुको पनि छ । बढ्दो आप्रबासी समस्याले गर्दा
बिगत केहि बर्ष देखि मलेसियामा आप्रबसिहरुलाई अंगिकृत नागरिकता दिन बन्द गरिएको छ ।
मलेसियामा आप्रबसिहरुले अंगिकृत नागरिकता प्राप्त गरेता पनि
निर्वाचनमा भाग लिन पाउदैनन भने जग्गा जमिन समेत खरिद बिक्रि गर्न पाउदैनन । अहिले
मलेसियामा बसोबास गर्ने चिनिया तथा भारतीय मुलका आप्रबासीहरुले तिनपुस्ता कटाई सकेको
भएर मात्र जग्गा खरिद बिक्रि देखि लिएर राजनीतिमा समेत भाग लिन पाएका हुन ।
मलेसियामा जग्गा खरिद बिक्रि देखि राजनीतिमा भाग लिनलाई कम्तिमा पनि जन्मसिद्ध
नागरिकता हुनु जरुरि छ ।
यसको ठिक उल्टो चलन हाम्रो देस नेपालमा छ । हाम्रो देसमा नागरिकता
भनेको कागजको खोस्टा जस्तरी वितरण गर्ने गर्छन भने अंगिकृत नागरिकताधारिले समेत
सिना तानेर निर्वाचनमा भाग लिएर विजयो बनि मन्त्रि पद समेत पड्काएको देखिन्छ ।
नेपालमा अहिले जति पनि राजनीतिक पार्टीहरु खुलेका छन तिनमा अधिकांस
पार्टीका नेताहरु लाई देस र जनताको चिन्ता भन्दा आफ्नो र पार्टीको मात्र चिन्ता छ
। आफ्नो पार्टीलाई अग्र पंक्तिमा ल्याएर आफुले सत्ताको स्वाद चाख्न यस्ता पार्टीका
नेताहरु जस्तो सुकै घटिया हर्कत गर्न पछि पर्दैनन भन्ने कुरा पार्टीका नेताहरुले
पटक पटक पुस्टि गरि सकेका छन ।
खबरदार नेताहरु नागरिकता भनेको कागजको खोस्टा हैन । आफ्नो व्यक्तिगत र
पार्टीको हितको लागी नागरिकतालाई कागजको खोस्टा सम्झिंदै बिदेसिको ईसारामा बिदेसी
नागरिकाका सन्तानहरु लाई नागरिकता दिने दुस्साहस गरयौ भने देस जनता र ईतिहासले
तिमीहरुलाई कदापि माफ गर्ने छैन ।
janakdangol@gmail.com
janakdangol@gmail.com