Home » » कर्मचारीको तलब किन बढेन अर्थमन्त्रीज्यु ?

कर्मचारीको तलब किन बढेन अर्थमन्त्रीज्यु ?

Written By खांट्टी कुरा on Wednesday, July 15, 2015 | July 15, 2015

-जनक मान डंगोल/janakdangol@gmail.com
-जनक मान डंगोल/janakdangol@gmail.com
हिजो मिति बिक्रम सम्बत २०७२ आसाढ २९ गते मंगलबार लोकतान्त्रिक गणतन्त्रे नेपाल सरकारका अर्थमन्त्री माननीय श्री रामसरण महतज्युले आ.ब.२०७२/७३ को बजेट भाषण प्रस्तुत गर्नु भयो ।

मन्त्रीज्युको बजेट भाषणले रास्ट्रिय राजनीतिका नेताहरु देखि निर्वाचित तथा समानुपातिक संसद सदस्यज्युहरुको मनमा लड्डु फुटेको छ भन्नेमा कुनै शंका छैन ।

माननीय अर्थ मन्त्रीज्युले यो पटकको बजेट भाषणमा रास्ट्र सेवक कर्मचारीहरुको तलब बढाउन नसकिएकोमा हालै आएको २०७२ साल बैसाख १२ तथा २९ गतेको माहा भूकम्पको कारण देखाउनु भएछ ।

माहा भूकम्पले देस्भारिका सर्वसाधारण देखि बहालवाला तथा पुर्व रास्ट्र सेवक कर्मचारीहरु पनि पिडित छन भन्ने हेक्का माननीय अर्थ मन्त्रीज्यु लाई थाहा भएको देखिएन । माननीय अर्थ मन्त्रीज्युलाई यस्ता झिना मसिना कुराहरु सोच्ने फुर्सद बजेट बनाउने बेलामा आई दिएको भए बहालवाला देखि रास्ट्र सेवक कर्मचारीहरुको हकमा केहि राहत दिनु पर्छ भन्ने सोच पक्कै पनि आउथ्यो होला ।

अर्थमन्त्री मा.रामशरण महत 



माननीय अर्थ मन्त्रि माननीय श्री राम सरण महत ज्यु हिजो अन्य पार्टीकाहरुले सरकार बनाउँदा ‘कनिका छरेको जस्तरी बजेट छरे’ भनेर तपाईको पार्टीका नेताहरु देखि तपाई स्वयमले महान उद्गार प्रकट गर्नु भएकै हो तर कनिका छरे जस्तरी बजेट छर्ने अन्य पार्टीकाहरुले सरकार बनाउँदा तपाईले जस्तरी रास्ट्रसेवक कर्मचारीहरु माथि कहिले पनि भेदभाव गरेनन ।

निर्वाचित तथा समानुपातिक माननीयज्युहरुको हकमा जे जसरि बजेट बिनियोजन गर्नु भएको छ त्यसरी बिनियोजन गरिएको बजेट सहि कार्यमा सदुपयोग भएको छैन भन्ने कुरा तपाई स्वयमलाई ज्ञात नभएको पनि हैन र तपाई आफु स्वयमले ‘कनिका छरे सरि बजेट छरे’ भनेर गर्नु भएको टिप्पणीलाई नेपालको सबै छापाहरुले प्रमुखताका साथ छापेको पनि हो तर पनि सांसद बिकास कोषको नाउँमा दिन प्रतिदिन माननीय सदस्यहरुको लागि रकम बढाउदै लैजानु त्यो न्यायोचित कदम हो र ? तपाई स्वयमले छर्नु भएको कनिकालाई माननीय सांसद सदस्यज्यु हरुले के कहाँ कसरि प्रयोग गरेका छन त्यो नेपाली जनताहरुले राम्रै संग देखेका छननि हैन र ?

यो पालिको बजेट भाषणमा आगामी साल देखि ‘पुर्व रास्ट्र सेवक कर्मचारीहरुले सरकारलाई जति कर तिर्छन त्यतिनै पेन्सन थपेर दिने’ भनेर उद्घोष गर्न पनि भ्याउनु भएछ । हरेक पटक सरकार गठन हुँदा सबै अर्थ मन्त्रीहरुले आ-आफ्नै तरिकाले बजेट प्रस्तुत गर्ने चलन छ । तपाईले बनाउनु भएको नीति र योजना आगामी साल लागु हुन्छ भन्ने के ग्यारेण्टी छ ? आर्को पटक पनि तपाई नै अर्थ मन्त्रि हुने ग्यारेण्टी पाउनु भएको हो र ? साथै बिसिस्ट कर्मचारीहरुले छुट्टै पेसा गरेर आम्दानि गरेर सरकारलाई कर तिर्लान, उहाँहरुले आर्जन गरेको रकमबाट ब्यापार ब्यबसाय गरेर तपाईले देखाउनु भयको योजनाबाट मनग्य फाईदा लेलान,
तर,
सरकारी जागिरबाट अवकास जानेमा तल्लो दर्जाका रास्ट्रसेवकहरु बढी हुन्छन र तिनका बाह्य आम्दानीको श्रोत केहि पनि हुन्न । सुख दुखको जिन्दगी बिताउन तिनीहरु संग लामो समय सम्म रास्ट्र र जनताको लागी खर्चेको पसिना र जवानी बिताए बापत सरकारले दिने भनेको आधा तलवरुपी पेन्सन हो भने तिनीहरुले के कसरि रास्ट्रलाई कर तिरेर पेन्सनमा बोनस थप्लान एक पटक ठण्डा दिमागले सोचेर हेर्नुस त माननीय अर्थ मन्त्रि श्री राम सरण महतज्यु ।

देसमा यो पटक दैबी बिपत्ति परेको छ र देस ध्वंस भएको बेलामा बहालवाला देखि पुर्व रास्ट्र सेवक कर्मचारीहरुले तलब वृद्धिको आस गर्नु जायज हैन तर राजनीतिक पार्टीका नेताहरु देखि व्यापारिक संस्थाहरुको हक हितमा बजेट बिनियोजन गर्न रास्ट्रको ढुकुटीमा रकम प्रसस्त मात्रामा छ भने तलब तथा पेन्सनको भरमा जिन्दगीको गाडी अगाडी बढाउनु पर्ने वर्तमान देखि पुर्व रास्ट्र सेवक कर्मचारीहरुको हकमा बजेट के कसरि अपुग भयो त्यसको उचित कारण खुलाई दिनु भए बहालवाला देखि पुर्व रास्ट्र सेवक कर्मचारीहरु आभारी हुन्थेकि ?
ई.जनता डटकममा प्रकाशित
प्रकाशित मिति:२०७२/०३/३० गते
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger