Saturday, July 18, 2015

'अभिव्यक्तिको स्वतन्त्रता मात्रै ठुलो कुरा हैन'

जनक मान डंगोल/janakdangol@gmail.com
पंचायती सासनको बिरुद्द जेहाद छेडेर २०४६ सालमा स्थापना गराईएको प्रजातन्त्र देखि जनताको अभिमत नलिएर रातारात घोषणा गरिएको २०६४ साले कथित लोकतन्त्रमा अभिव्यक्तिको स्वतन्त्रता छ । 

यो लेख लेख्ने पंतिकारको उमेर २ बिस ८ भयो ! पंक्तिकारले सुनेको, देखेको र भोगेको कुराको बर्णन गर्दा कुन ब्यबस्था ठिक र कुन ब्यबस्था बेठिक भनेर अबस्य पनि दाज्न पाईन्छ होला ।

शासन ब्यबस्था कुनै पनि नराम्रो हुन्न चाहे बाजेको पालाको राणा सासन नै किन नहोस । मुखले प्रजातन्त्र भने पनि निरंकुस सासन नलादेको भए २०४६ साल पछी प्रजातन्त्रे नेताहरुले उदाहरण दिने गरेको बिश्वको मानचित्रमा बिन्दु आकारमा देखिने 'सिंगापुर' भन्ने देस आजको विभिन्न देशहरुको नेताहरुलाई उदाहरण दिन बाध्य बनाउने सिंगापुर हुने थिएन । बिस्वास लाग्दैन भने सिंगापुरको अंग्रेजबाट स्वतन्त्रता भए पछिको अंकटक सासन चलाउने स्व.प्रधान मन्त्रि लि क्वान यिउको राजनैतिक ईतिहास केलाएर पढे हुन्छ !

हिजो सारा सनासर्का असंख्य देशहरू ब्रिटिस साम्राज्यबादको चंगुलमा पर्दा समेत नेपालमा पृथ्वीनारायण शाह देखि सो पछी कोत पर्व मच्चाएर सासन हातमा लिने राणाहरुले देशलाई अंग्रेजको चंगुलमा पार्न दिएका थिएनन । भलै राणा शाही निरंकुस थिए तर रास्ट्रबादमा अब्बल थियो नेपालको ईतिहासमा यस्तै भनेर लेखिएको पाईन्छ ।

२०१७ सालमा जन्मिएको पंचायती सासन एक दलीय थियो तर बिकास र रास्ट्रबादमा खोट लाउने ठाउं थिएन । २०४६ साल पछी नेपालमा दोश्रो पटक स्थापना भएको विभिन्न सरकारी कलकारखानालाई निजीकरण भन्दै बेचेर खाएको उधोग कलकारखानाले साछी प्रमाण बनेर उभिएको छ ।

राणा तथा पंचायती सासनमा आफुले मन लागेको बोल्न र लेख्न प्रतिबन्ध थियो जसलाई लोकतन्त्रे भाषामा अभिव्यक्तिको स्वतन्त्रताको हनन' भनेर भन्ने गरिन्छ । २०४६ साल पछिको प्रजातन्त्र देखि अहिलेको कथित लोकतन्त्रमा 'अभिव्यक्तिको स्वतन्त्रता' छ । जे मन लाग्यो त्यहि बोल्न र लेख्न पाईन्छ । जे मन लाग्छ त्यहि बोल्न र लेख्न पाईने भएकोले मदेसी नेताहरु सरिता गिरि, राजेन्द्र महतो देखि डाक्टर सी.के राउत सम्मको उदय पनि भएकै हो । तिनीहरुलाई पछाडीबाट समर्थन गर्ने मानवाधिकारको खोल ओढेका पश्चिमा दलालहरु पनि टन्नै छ । तिनीहरुले के के बोले के के भने त्यो हिमाल, पहाड देखि तराईका सम्पूर्ण नेपालीहरु लाई राम्रै संग कण्ठ भई सकेको छ । 

जो जसले साम्राज्यबादी सक्ति देखि बिस्तारबादी सक्तिको चाकरी गर्छन तिनीहरुलाई मानवाधिकार हनन गर्न छुट छ तर मानवाधिकारको खोल ओढेका तर मालिकहरुको ईसारामा रमाउने कथित मानवाधिकारको खोल ओढेका ब्वासाहरुको कारणले गर्दा गोर्खाको अधिकारि दम्पति मध्ये एक जनाले अकालमा ज्यान गुमाउन बाध्य हुनु पर्दछ । बिस्वास लाग्दैन भने सर्खारी अस्पतालमा आजको मिति सम्ममा पनि स्व.नन्द प्रसाद अधिकारीको शव सुरक्षित साथ राखिएको होला । हेर्न सकिन्छ स्व. अधिकारीको लास र सोच्न र बुझ्न सकिन्छ नेपालको 'मानव अधिकार' को बारेमा ।

अभिव्यक्तिको स्वतन्त्रता भन्दैमा देसकै नूर र शान गिराएर संसारमा बद्नाम भइन्छ भने यस्ता अभिव्यक्तिको स्वतन्त्रता के काम ? त्यसैले अभिव्यक्तिको स्वतन्त्रता भन्दैमा रास्ट्रलाई नै जुवाको खालमा थापे झैँ थापिन्छ भने यस्ता कथित प्रजातन्त्र देखि लोकतन्त्र हामी नेपालीहरुको लागी कुनै काम छैन ।

देस भन्दा ठुलो अरु केहि हुन्न ! छिमेकी भारत अंग्रेजको अधिनमा हुँदा पनि निरंकुस राणाहरुले देशलाई अंग्रेजको पन्जामा पर्न दिएको थिएन बरु अंग्रेजहरुलाई खुसि पारेर अंग्रेजको अधिनमा पर्न गएको तराईको चार जिल्ला बाँके, बर्दिया, कैलाली र कंचनपुर फिर्ता गराउन लगाएका थिय जसलाई ईतिहासमा 'नयाँ मुलुक' भनेर दर्ता गरिएको छ ।

एक दलीय पंचायत भलै निरंकुस किन नहोस बिदेसिको अगाडी नेपाल र नेपालीहरुको शिर झुक्न दिएका थिएनन । पंचायती ब्यबस्था फाल्नलाई नेपालका अहिलेने प्रजातन्त्र देखि कथित लोकतन्त्रका नेताहरुले बिदेसिहरु संग मिलेर देसको पुर्व, दक्षिण देखि पश्चिम तिनै दिशाका सिमाहरु थुन्न लगाउंदा पनि रास्ट्रीयताको सवालमा सगरमाथा झैँ अटल भएर बस्ने तर बिदेसिको समू घुंडा नाटकने २०४५ सालको पंचायती व्यबस्थाको अन्तिम प्रधानमन्त्री मरिचमान शिंह श्रेष्ठको सरकारलाई हेरे हुन्छ ।
यो आलेख राणा शाही देखि पंचायतको प्रसस्ती गाउन भनेर लेखिएको हैन । देस लाई जननी अर्थात आमा पनि भनिन्छ । जननीलाई बन्धकीमा राखेर लोकतन्त्र फस्टाउछ भनेर सोच्नेहरू मुर्खतापूर्ण कार्य गर्दैछन । 

विश्वका कतिपय मुलुकहरुमा प्रजातन्त्र देखि लोकतन्त्र राम्रै संग फस्टाएको छ । ति देसमा स्थापना गरिएका सबै राजनैतिक दल तथा पार्टीका नेताहरु आफ्नो देस र जनताहरुको हक हित र रक्षाको लागी बिदेसिहरुका सामु झुक्दैनन । आफ्नो व्यक्तिगत फाईदाको लागी देसको सौदा गर्दैनन त्यसैले त ति देशहरुमा प्रजातन्त्र देखि लोकतन्त्र राम्रै संग फस्टाएको देखिन्छ ।

यता हाम्रो देस नेपालमा भने २०४६ साल पछी जन्मिएका अधिकांस पार्टी तथा दलका नेताहरु आफ्नो व्यक्तिगत फाइदाको लागि आफ्नो औकातलाई बिर्सेर हदै सम्मको निचतापूर्ण काम र कार्यहरु गर्दछ्न । देस र जनताको दुहाई दिएर बिदेसिको सामु हात फैलाउन लाज मान्दैनन । २०४६ साल पछी नेपालका जनताहरुले बोल्न र लेख्न त मनग्य पाए तर देस दिन प्रतिदिन अधोगतिको बाटोमा लाग्दैछ भने यस्तो अभिव्यक्ति र स्वतन्त्रताको के काम ? आजको यक्ष प्रश्ननै यहि हो ।