Tuesday, June 09, 2015

विपत्तिको बेलामा सरकार परिवर्तन गर्नु ठिक हैन ।



जनक मान डंगोल
janakdangol@gmail.com
प्राकृतिक बिपत्तिमा मौषम देखि सुनामीको अग्रिम सूचना हासिल गर्न बैज्ञानिक दक्ष भै सके तर भूकम्प कतिखेर आउछ भनेर आज सम्म पत्ता लगाउन सकेका छैनन । यदि पत्ता लगाउन सकेका भए संसारमा रहेका विभिन्न देसमा आएको माहा विनासकारी भूकम्पको अग्रिम जानकारी लिएर नागरिक तथा नागरिकको धनमालको रक्षा गर्न सकिन्थ्यो होला ।

माहा भुकम्पको कारणले गर्दा नेपाल पनि समय समयमा त्यसको चपेटामा पर्दै आई रहेको छ । यहि २०७२ साल बैसाख १२ तथा २९ गते आएको महाभूकम्प १०० बर्षको ईतिहासमा दोश्रो पटक हो भनेर भन्छन । १९९० सालमा तत्कालिन राणा प्रधानमन्त्री श्री ३ जुद्ध सम्सेर ज.ब.रा को सासनकालमा आएको माहा भूकम्पले जसरि नेपाल तहसनहस भएको थियो त्यसैको झल्को दिने गरि आयको यो पटकको महाभूकम्पले १९९० सालकै झल्को पुन: दिलाई दिएको छ भनेर जेष्ठ नागरिकहरु बताउनु हुन्छ ।

१९९० सालको महाभूकम्पलाई राणा सरकारले आफ्नै देसका नागरिक देखि आफ्नै बलबुतामा आर्जेको सम्पतीले देसको पुन:निर्माण गरेका थिए । बाहिर बाट आएको सहयोग नगण्यरुपमा थियो भनेर नेपालको सबै ठुला साना रास्ट्रिय पत्रिकाहरुले ९० सालको भूकम्प शिर्षक राखेर आलेख पनि प्रकाशित गरेकै हुन ।

यो पटकको महाभूकम्पमा बिदेसी दाता देखि बिदेसमा बस्ने नेपाली/गैर नेपालीहरुले के कति सहयोग पठाए त्यसको स्पस्ट अभिलेख सर्खारले राखेको देखिदैन । बिदेसी रास्ट्रले आफ्ना गैर सरकारी संस्था मार्फत चलाएको दान सहयोगको त झन् के कुरा गराई भो ।

बिदेसी रास्ट्रहरुले आज सम्म नेपाललाई जे जति सहयोग गरे त्यसमा उनीहरुको ठुलो स्वार्थ लुकेको छ । उदाहरणको लागी दक्षिणी छिमेकी भारतले कब्जा गरेको नदीनाला हुन या उत्तरी छिमेकी चीनले तिब्बत माथी पूर्ण नियन्त्रणमा नेपालको सहयोग माग्नु देखि ब्यापारिक प्रयोजनको लागी नेपालको उत्तरी नाकालाई लिन सकिन्छ ।

हालैको माहाभूकम्पमा परि घाईते तथा आहत भएको नेपाली बस्ति बस्तीमा गएर सहयोग तथा सहानुभूति देखाउदै ब्यापकरुपमा धर्म परिवर्तन गर्नमा बिदेसी गैर सरकारी संस्थाहरु अब्बल रह्यो । नेपालमा जबर्जस्ति धर्म परिवर्तन गर्न र गराउन पाईदैन भनेर ऐन कानूनमै लेखिएको छ तर प्रसासनकै आँखा अगाडी धर्म परिवर्तन हुँदा पनि पुलिस प्रसासन चुपचाप हेर्न बाध्य छन । बिदेसिको निमक खाएको परिणाम हो यो ।

देस यतिबेला महाभुकम्पमा परेर छिया छिया भएको छ । यस्तो बेलामा सर्खारले युद्धस्तरमा कार्य गरेर जनताको घाउमा मल्हम पट्टि लगाउने काम गर्नु पर्दछ । देस र जनताको सेवा गर्न भनेर चुनिएको नेता, कार्यकर्ता देखि रास्ट्र सेवकहरु सम्मले बिपतमा परेको बेलामा आफ्नो जिम्मेवारी पुरा गर्न सक्दैनन भने आफु भन्दा योग्य तथा काबिल व्यक्तिले काम कार्य गरुन भनेर आफुले सम्हालेको पदबाट राजिनामा दिने चलन छ ।

तर हाम्रो देस नेपालमा भने ठ्याक्कै उल्टो चलन छ । रास्ट्र सेवकको ठुला ओहोदा देखि देसको सर्बोच्च पदहरु प्राप्तिको लागी जे जस्ता सुकै नीचताको काम कार्यहरु गर्न पनि पछी पर्दैनन । एक पटक सत्ता प्राप्त भए पछी आफ्नो सत्ता जोगाउनको लागि नेता देखि रास्ट्र सेवकहरुले गरेका गलत तथा घृणित कार्यको बयानले देसका सबै पत्र पत्रिका हरु रंगिन्छन । २७/२८ बर्ष देखि नेपाली जनताहरुले देख्दै र भोग्दै आएको घटनाहरु हुन यी तर पनि नेपालि जनताहरुले यस्तो क्रियाकलापहरु लाई सजिलै संग पचाउने बानि परेको छ किनभने 'भाई फुटे गँवार लुटे' को नतिजा यस्तै हुन्छ ।
नेपालको राजनीतिमा २०६४ साल पछी अकस्मात नायक बनेर उदायका नेपाली कम्युनिस्ट पार्टीहरु मध्येको एक घटक एमाओबादीका नेता क.प्रचण्डको राजनैतिक चरित्रको बयान गरि साध्य छैन । धुर्त्याईमा माहा भारतको पात्र सकुनी भन्दा पनि अब्बल छन तिनी । आफ्नो फाईदाको लागी 'मितको टाउको बेलै सरि' चरित्रका यी व्यक्तिले २०६४ पछी नेपालको राजनीतिमा ठुलै तहल्का मच्चाउन सफल भएका छन ।

देस महाभूकम्पले गर्दा तहस नहस भएको यस्तो अबस्थामा पनि क.प्रचण्ड आफ्नो फाईदाको राजनीति गर्दै हिडेका छन । दोश्रो निर्वाचनमा पहिलो भएको पार्टी खुम्चेर तेस्रोमा पुग्दा पनि आफ्नै केन्द्रिकृत सत्ताको वरिपरी रहन चाहने यी सकुनी नेताले ३० दलको नेतृत्वमा आफैलाई सर्वोपरी पारेकै हुन तर ३० दलले यिनको नियत थाहा पाएर हाल यिनको अधिकार कटौती गर्दिएको समाचार पनि बाहिर आएकै हो ।

राजनीतिका धुर्त खेलाडी क.प्रचण्डले जब आफ्नो शक्ति क्षीण हुँदै गएको महसुस गरे त्यस पछी एमाले अध्यक्ष क.के.पी वलीलाई 'अब तपाई देसको प्रधान मन्त्रि बन्नु पर्छ' भनेर के भंदेका थिए त्यस पछी एमाले अध्यक्ष वलीले घुमाउरो पाराले भूकम्पको अबस्थालाई देखाएर 'अब सर्खारलाई समर्थन गर्न सकिदैन' भनेर दिएको अभिव्यक्तिले यो बेला देसको मिडियामा राम्रै स्थान हासिल गरेको छ ।

हाँसो उठ्दो कुराचै के छ भने देसमा यो बेला कांग्रेस, एमाले तथा रा,प्र.पा को गठबन्धन सरकार छ । प्रधानमन्त्री बाहेकको सबै ठुला मन्त्रालयहरुमा एमालेको दह्रो पकड छ । आफ्ना पार्टीबाट खटाएर पठाइएको मन्त्रीले देस र जनताको हितमा काम गर्न सकेन भने त्यस्ता ब्यक्तिहरु लाई फिर्ता पठाएर काबिल व्यक्तिलाई पठाउनु पर्नेमा त्यसो नगरी आफ्नै पार्टी समेत मिलेर बनेको सर्खारलाई सहयोग गर्न सकिदैन भनेर भन्नु भनेको मेरो पार्टी समेतको यो सरकार हाक्न हामी सक्षम छैनौ, हामिहरु असफल भयौ भनेर भन्नु हो । जनता देखि अन्यले बुझ्ने भाषा यस्तै हुन्छन ।

क.प्रचण्डले उचाल्देको भरमै क.ओलीले प्रधानमन्त्रि बन्छु भनेर सोच्नु महा मुर्खता हुन आउछ किनभने एमाओबादी पार्टीका दोश्रा ठुला नेता डा.बाबुराम भटराईले समेत क.वलीलाई प्रधानमन्त्री बनाउने सम्बन्धमा हाम्रो पार्टीले कुनै निर्णय लिएको छैन भनेर दिएको मन्तब्य पत्रपत्रिकामा देखिएकै हो । यसैबाट पुस्टि हुन्न र ?

रास्ट्रिय सर्खार बनाउने हो भने चौथो पार्टी रा.प्र.पा नेपाल देखि मदेसी मोर्चाका सबै घटकहरुलाई समेतलाई सामेल गराउनु पर्छ । मदेसी मोर्चाका आधा घटक 'पहिला संबिधान त्यस पछी सरकार परिवर्तन' भनेर भन्दैछन भने रा.प्र.पा नेपाल जनताले हामिलाई सर्खारमा जानु भनेर अनुमति दिएका छैनन त्यसैले हामि सर्खारमा जाँदैनौ भनेर भन्दैछन ।

अबको रास्ट्रपति हजुर हुनु पर्छ गिरिजाबाबु भनेर भने तर रास्ट्रपतिको निर्वाचनमा स्व.रामराजा शिंहलाई समर्थन गरेर हिजो जसरि नेपाली कांग्रेसका नेता स्व.गिरिजालाई उल्लु बनाए त्यहि फर्मुला प्रयोग गरेर यो पटक क.वलीलाई उल्लु बनाउदै छन भनेर क.ओली तथा एमालेका ठुला नेताहरुले बुझ्नु पर्ने हो कि हैन ?

देसमा महा बिपत्ति परेको बेलामा सबै पार्टीका नेता, कार्यकर्ता देखि रास्ट्रसेवकहरु सम्म एकजुट भएर रास्ट्रको पुन:निर्माणमा खट्नु पर्ने यस्तो बेलामा आफ्नो र पार्टीको फाईदाको जोड घटाउमा लाग्नु कदापी राम्रो कार्य हैन र यस्ता कार्यले देस तथा बिदेसमा गलत सन्देस जान्छ भन्ने कुरा सबै पार्टीका हाम्रा नेताहरुले बेलैमा बुझ्नु जरुरि छ किनभने यो बेला देशलाई सरकार परिवर्तन हैन रास्ट्रिय एकता र मेलमिलापको सख्त खाँचो छ ।
..
'हेटौडा टुडे दैनिकको मिति २०७२ जेष्ठ २६ गते मंगलवारको अंकमा प्रकाशित'

No comments: