Home » » काम गर्न सकिदैन भने पद ओगटेर किन बस्छौ मन्त्रि ?

काम गर्न सकिदैन भने पद ओगटेर किन बस्छौ मन्त्रि ?

Written By खांट्टी कुरा on Monday, June 08, 2015 | June 08, 2015

-जनक मान डंगोल@janakdangol@gmail.com
..
मलेसियामा म श्रम गर्न बसेको कम्पनि हेडक्वाटर नजिकै एउटा अफिस थियो जुन अफिसले दैबी प्रकोपलाई राहत उद्धार देखि बृद्ध तथा असक्त भत्ता समेत बाड्ने गर्थ्यो !
(अर्थमन्त्री रामशरण महत)
मेरो कम्पनिमा बिहान बिहान सफाई  (Cleaner) को काम गर्न आउने एकजना चाइनिज सित मेरो राम्रै मित्रता गासिएको थियो ! कहिलेकाही म जिस्किएर भन्थे 'तेरो त गर्ल फ्रेण्ड पनि छैन, गर्ल फ्रेन्ड नभयेसी ब्या हुने कुरो नै भएन अब भोलि बुढो भएसी के गर्छस त लि सू योंग ?

खिस्स हाँसेर भन्थ्यो 'म मेनेजर, सुपर भाईजर परिन ! अहिलेका केटिहरुले खालि यस्तै ताक्छन जनक' तर धन्दा नमान म ५४ बर्ष काटेसी मलाई हाम्रो सर्खारले प्रति महिना ४०० रिंगेट भरण पोषण भत्ता दिन्छ ! त्यो थाप्न मन नलागे सर्खारी वृद्धाश्रममा गएर बसे पनि हुन्छ तर म भत्ता लिन्छु तर वृद्धाश्रममा बस्न चै जान्न !

मलेसियाको जुन स्थानमा म काम गर्न बस्थे त्यो ईलाकामा लगातार ४ घण्टा पानि पर्नासाथ बाढीले असर देखाउन सुरु गरि हाल्थ्यो सायद समुन्द्र नजिकै भएर होला तर सर्खारी कर्मचारीहरु राहत सामाग्री, औषधिको सामाग्री, नगद रकमको साथ टोलि टोलि बनाएर हरदम तयार भएर बसेको हुन्थे !

त्यो देखेर म हाम्रो देसमा पनि यस्तो ब्यबस्था भए कति आनन्द हुन्थ्यो भनेर कल्पिन्थे तर रातोपाटी अनलाईनमा छापिएको यो समाचार 'रातोपाटीको समाचार पढन यहां थिच्नुहोस' ले मनै खिन्न बनायो !

यदि रातोपाटीमा छापिएको समाचार सहि र सत्य निस्केको खण्डमा अनि आफ्नो दायित्व र कर्तब्य पुरा गर्न सकिन्न भने पद ओगटेर बस्नुको कुनै औचित्य हुन्न ! आज भन्दा २७ बर्ष अगाडी के भनेर जनता उचालेर देसबाट पंचायती ब्यबस्था फाल्न आन्दोलन गराएका थिए ! उक्त समयको त्यो बाचा र प्रतिज्ञा सम्झिदैनन भने लोकतन्त्रको पतन अबस्य छ !

नेपालको सबै पार्टीका नेता तथा तिनका अनुयायीहरुलाई चेतना भया !

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger