Home » » 'गुलिया नारा र चिप्ला भाषणले मात्र देसको बिकास हुन्न'

'गुलिया नारा र चिप्ला भाषणले मात्र देसको बिकास हुन्न'

Written By खांट्टी कुरा on Friday, June 12, 2015 | June 12, 2015

-जनक मान डंगोल/janakdangol@gmail.com
'पुष्पलाल पार्क हेटौडा'
कम्युनिस्ट दर्शन र सिद्धान्तले धर्म मान्दैन र सबैलाई समान देख्छ भन्ने गर्छन । नेपालको  युवा युवतीहरु कम्युनिस्ट पार्टीमा आकर्षित भएका २००६ सालमा भारतको कलकत्तामा कम्युनिस्ट पार्टीको आधिकारिक स्थापना पश्चात हो ।


कम्युनिस्ट पार्टी जन्माउनुमा त्यतिबेलाका नेताहरुमा महिला नेत्री साधना तथा साहना प्रधान दिदि बैनीको पनि ठुलो भूमिका छ । साधना तथा साहना प्रधानका दीदी बैनीका परिवारहरु बर्माबाट नेपाल फर्केका हुन जसलाई अहिलेको भाषामा गैर नेपाली भन्ने गरिन्छ ।

साधना तथा साहना प्रधानका दिदि बैनीहरु मध्ये साधना प्रधानले बाहुन जातिका मन मोहन अधिकारी अनि साहना प्रधानले नेवार जातिका पुष्पलाल श्रेष्ठ संग आफूखुसी कम्युनिस्ट पद्धति अनुसार बिवाह गरेका हुन । पुष्प लाल श्रेष्ठ राणाकालीन सर्खारको कोपभाजनमा परेर मृत्यु दण्ड पाएका 'सहिद गंगालाल श्रेष्ठ'का एकै पेटका भाई समेत हुन ।

कम्युनिस्टहरुको चरित्र पनि अचम्मको हुन्छ । पार्टीका मुखियाले बोलेका हरेक कुरालाई पार्टीको आदेस भनेर मान्नु पर्ने बाध्यता हुन्छ र जो जसले मान्दैनन तिनीहरु कारबाहीको भागिदारी हुन्छन । जो जसले पार्टीको कारबाही मान्न ईन्कार गर्छन ति पार्टीबाट निस्कासनमा पर्छन वा निस्केर आफ्नो अगुवाईमा छुट्टै पार्टी गठन गर्छन । २००६ सालमा गठन भएको कम्युनिस्ट पार्टी आज ३ दर्जनमा पुग्नु त्यसैको पुख्ता उदाहरण हो ।

पंक्तिकारको नजरमा नेपालमा १०४ बर्ष हुकुमी सासन चलाउने राणा र कम्युनिस्ट पार्टी एकै जसो लाग्छ । राणाहरुले देसको ढुकुटी मासेर आफ्नो नाउँमा धरोहर बनाउथे । देसको ढुकुटीमा आफ्नो हात भए पछी आफू र आफ्नो परिवार तथा चाकरिबाजले तर नमार्ने कुरै भएन ।

कम्युनिस्टहरु पनि यस्तै खाले पद्धतिले चल्ने गर्छन । हरेक कुरामा पार्टीको नाम दिएर ब्यापारीहरु बाट चन्दा असुल्ने देखि कार्यकर्ताहरु बाट लेबीको नाउँमा कुस्त रकम असुल्छन र त्यहि रकमले पार्टी अध्यक्ष देखि तिनका आसेपासेले आफ्नो जीवन यापन गर्छन । ताक परेर सत्तामा जान पाए भने देसको ढुकुटी मासेर आफ्ना पार्टीका नेताहरुको नाउँमा बाटो घाटो, पाटि पौवा देखि स्मारक खडा गर्न पछी हट्दैनन ।

सामाजिक काम तथा बिकास निर्माण हुनु नराम्रो हैन । नामको लागी स्थापना गर्ने तर त्यसको संरक्षण नगर्ने हो भने राणाकालीन युगमा निर्माण भएको विभिन्न धरोहरहरु जसरि बिस्तारै नस्ट हुँदै गयो त्यहि स्थिति कम्युनिस्टहरुले बनाएका धरोहरहरुको देखिदैछ । फरक के छ भने अहिले देसमा राणा सासन छैन । यदि राणा सासन भएको भए आफुले स्थापना गरेका धरोहरहरुको पक्कै पनि संरक्षण गर्थे होलान ।

नेपालमा बिगत २७ बर्ष देखि कांग्रेस तथा कम्युनिस्टहरुको रजाई छ । यो २७ बर्षको दौरानमा आफ्ना दिबंगत भएर गएका नेताको नाउँमा राणाहरुले जस्तै गरि बाटोघाटो पुलपुलेसा सिक्षण संस्थान देखि स्मारकहरुमा स्वर्गीय नेताहरुको नाम राख्न भ्याय । बि.पी राजमार्ग, पुस्तकालय, प्रतिस्ठान आदि त्यस्तै कम्युनिस्टहरुले पनि पुष्पलाल, मदन भण्डारी, मन मोहन अधिकारि देखि अन्य नेताहरुको नाउँमा समेत बाटो घाटो, पुस्तकालय, स्कुल कलेज,स्मारक देखि अन्य विभिन्नमा नाम राख्न भ्याएका छन । यसरि नाम राखेर बनाईएका कतिपय त ब्यापारिक प्रयोजनमा राम्रै संग फस्टाई रहेको छ भने सार्बजनिक बनाईएको चै बेवारिसेकै स्थितिमा पुगिसकेको छ ।

कुरो फेरी धर्मकै अनि कम्युनिस्टले जातपात धर्म मान्दैन पनि भन्छन । एउटा सानो उदाहरण प्रस्तुत गर्दैछु ।
२०४६ सालको परिवर्तन पश्चात मकवानपुर जिल्लाको हेटौडा नगर पालिका वार्ड नम्बर ४ मा नेपाल कम्युनिस्ट पार्टी एमालेले सरकारी जग्गा अधिग्रहण गरेर आफ्ना प्रिय नेता स्व.पुष्पलाल श्रेष्ठको नाउँमा पार्क बनाएको थियो । जुन बेला एमालेले पुष्पलाल पार्क बनायो त्यति बेला हेटौडामा एमाले पार्टीको पूर्ण जगजगी थियो । नगर पालिकाको प्राय सबै पदहरुमा एमालेको हालीमुहाली हुन्जेल सम्म पार्क पनि राम्रैसंग चलेको थियो ।

नेपालमा स्थानीय निकायको निर्वाचन २०५४ पछी भएको छैन । स्थानीय निकायमा सबै सर्खारी कर्मचारीहरुको पूर्ण नियन्त्रण छ भने कुनै कुनै समयमा सर्बदलीय सयन्त्र बनेर काम चलाउने गरेको पनि देखिन्छ । जुन दिन बाट स्थानीय निकाय पनि पंगु भयो त्यहि समय देखि पुष्पलाल पार्क पनि बिरूप हुँदै जान थाल्यो ।

पुष्पलाल पार्कको दयनीय स्थिति देखेर ब्रम्हा कुमारी राजयोग सेवा केन्द्रले पार्कलाई पहिलाको भन्दा पनि अझ सुन्दर बनाएर संचालन गर्ने निर्णय केहि समय अगाडी गर्यो । बिरूप भई सकेको पुष्पलाल पार्क आज नयाँ रुप रंग र सज्जाले सजिएर हेटौडाको गौरब बनेर उभिएको छ ।

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र बिसुद्ध हिन्दु धर्ममा आधारित संस्था हो र यो संस्थाले हिन्दु धर्मको प्रबचन बाट समाजमा चेतनाको ज्योति फैलाउने काम गर्दछ । पंक्तिकार केहि दिन अगाडी पुष्पलाल पार्कको अबलोकन गर्न गएको थियो ।

भित्र पस्नासाथ मुख्य द्वार संगै हिन्दुहरुको आराध्यदेव भगवान भोलेनाथको मुर्तिको दर्शन गर्न पाईयो भने पार्कको धेरै स्थानमा ओमकार बनाएर राखिएको छ । पार्कको बिच भागमा एउटा कोठा भएको घर छ ! चारैतिर पानि भरेर बिचमा रहेको उक्त भवनलाई ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले धार्मिक प्रबचन गर्ने थलोको रुपमा बिकास गरेको छ ।

'पहिला ध्वंस त्यस पछी नया निर्माण' भन्ने मुलमन्त्र बोकेका कम्युनिस्टहरुले आफ्ना नेताहरुको नाममा पार्क त निर्माण गरेर तर उचित स्याहार सम्भार भने गर्न सकेनन । धर्मको कट्टर दुस्मन तिनै कम्युनिस्टले आफ्ना नेताको सम्झनामा खडा गरिएको पार्कको रक्षाको खातिर आज धर्मकै सहारा लिएको देख्दा यो पंक्तिकारले सन्तोषको सास फेरेको छ किनभने सहरको मध्य भागमा पार्क बन्नु र त्यसको संरक्षण हुनु पनि राम्री कार्य हो ।

नारा गुलिया र उग्र हुँदैमा त्यसले बिकासको सहि रुप लिन सक्दैन । बिकास गरे पछी त्यसको संरक्षण गर्न पनि सिक्नु पर्दछ । बिश्वको एकमात्र हिन्दु धर्म भएको देसमा आफुहरु सत्ता र सक्तिमा पुग्न हिजो जे जसरि धर्मको ब्द्ख्वाई गर्दै हिडे तिनै कम्युनिस्टहरु जीवनको अन्तिम घडीमा आएर आज एक नम्बरको धर्मभीरु भएका छन ।

आर्काको नक्कल गरेर मात्र हुन्न कमरेडहरु । देसको बिकास र जनताको उन्नतिको लागि बाद र सिद्धान्त आफैले जन्माउनु पर्छ । उदाहरणको लागी नेपालको हावापानी सुहाउँदो पंचायती ब्यबस्थाको जग स्व.राजा महेन्द्रले राखेका थिए तर नेपालको कांग्रेस र कम्युनिस्ट मिलेर त्यसको जरा काटने काम गरे । जसको नतिजा नेपालको जनताहरुले अहिले नराम्रो संग भोग्दैछ्न नि हैन र ?
..
'क्राईम चेक साप्ताहिक बीरगंजको मिति २०७२ जेष्ठ २८ गते बिहिबारको अंकमा प्रकाशित'
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger