Home » » 'एकदम ठिक गरेका छन मन्त्रि गुरुङले'

'एकदम ठिक गरेका छन मन्त्रि गुरुङले'

Written By खांट्टी कुरा on Saturday, June 27, 2015 | June 27, 2015

मलेसियाले नेपाली कामदार नलैजाने भो भनेर नेपालको म्यान पावरेहरुले राडों रुवाई गरेको खबरहरु बिभिन्न पत्र पत्रिका देखि बिजुली सम्चारा समेत डामेको देखियो । यदि यो कुरा सत्य हो भने म चाहि श्रम मन्त्रि गुरुङको जय जय भन्छु ।
किन जाने मलेसियामा ?
  • चाईनिज साउको पेलाई खान ?
  • चिलांका चिबाई जस्ता( तुच्छ र आमा चकारी) देखि भाभी (सुँगुर), आन्जिंग (कुकुर) जस्तो गाली सुन्न ?
  • अन्याय र असह्य भए पछी सुनुवाई होस भनेर कम्पनि मालिक, मेनेजर देखि सुपरभाईजर समेतलाई गुनासो गर्दा गालीको साथ कुटाई खान ?
  • दुख गरेर जोडेको सम्पति त्यता लोकल तामिले देखि मले गुण्डालाई लुटाउन ?
  • अनि त्यतै ससुराली बनाएर बसेका बीर गोर्खालीले गल्लि गल्लीमा खोलेको भट्टीमा जांड रक्सि खाएर पैसा बर्बाद गर्न ?
  • ईन्डोनेसिया, फिलिपिना, भितानामी, क्याम्बोडिया देखि त्यतैका लोकल मले तामिले मैयाहरु संग कथित पिरिम गरेर पैसा लुटाउन ?
  • कि सहर बजारमा खोलिएका बेस्यालयहरुमा लाईन बसेर पैला जवानी अनि पछी जिन्दगीभर निको नहुने असाध्य रोग बोकेर मर्ने बेलामा नेपाल फर्किन ?
त्यसैले मलेसिया नेपाली कामदार पठाएर के गर्ने सयमा ९९ ले पाउने भनेको दुख नै हो,
तर,
नेपालीहरुलाई बल्छी थाप्न बसेका एजेन्टरुपी नेपाली दलेहरु, त्यतै जांड होटेल देखि अल्छिका भकारिहरुले खोलेका नेपाली ४ पान्ने पत्रिका र पत्रकारको चै हरि बिजोग हुने भो !
अझ त्यति मात्र हो र ?
गैर नेपाली आवासीय संघ भन्दै पैसो उठाउने जमाते पनि छन क्यार मलेसियाको राजधानी कुवालालाम्पुरमा !
मलेसियामा भिसा लाएर काम गर्ने जाने मजदुरहरु कसरि नाराने भो त्यो चै बुझी नसक्नुको कुरा छ !
कतै पेटा लात लाग्ने भो भनेर यिनैहरुले नेपालको में पावरको साहुहरू संग मिलेर मच्चाएको राडों रुवाई त हैन ?
१० बर्ष मलेसिया बसेर आफैले देख्या र भोग्या कुरा डाम्देको छु ! रिसाउन खुसाउन मतलब भएन !
janakdangol@gmail.com

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger