बिगत केहि दिन देखि नेपालको सबै जसो छापा तथा
बिधुतिय पत्र पत्रिकाहरुमा श्रम राज्य मन्त्रि टेक बहादुर गुरुङले आफ्नो फाईदाको
लागी मलेसिया पठाईने कामदारहरुको हित बिपरित कामकारबाही गरे । फ्री भिषा र फ्री टिकटको
नाउँमा आफ्ना र आफ्ना आसेपासेको हकहितमा कामकारबाही गर्दा सिंगो बैदेसिक रोजगारी
प्रदान गर्ने कम्पनीहरु डुब्ने भयो । मलेसियामा कामदार फ्री भिषा र टिकटमा कुनै
पनि हालतमा पठाउन सकिदैन । बंगलादेसी कामदारहरुको हक हितको लागी बंगलादेसका एजेन्ट
संग मिलेर यी सबै प्रपन्च रहेका हुन । यस्तो गर्दा मन्त्रि गुरुंगलाई करोडौको
कमिसन प्राप्त हुन्छ ।
यस्ता व्यहोराको भनाई पत्र पत्रिका देखि बिधुतिय
खबर पत्रिकामा पढ्दा यो पंक्तिकार भने हर्षित नै छ किनभने पंक्तिकार स्वयम २ पटक
गरि १० बर्ष मलेसियामा बसेर अन्य जस्तै गरि दुख: सुख: भोगेर आउने नेपाली कामदारहरुमा
पर्दछ ।
पंक्तिकार पहिलो पटक सन २००४ डिसेम्बरमा मलेसिया
श्रम गर्न जाँदा मलेसियामा नेपाली एजेन्टहरु
पनि छन भनेर देखेको र सुनेको थिएन । दोश्रो पटक सन २००८ मा मलेसिया श्रम
गर्न जाँदा भने मलेसियाको राजधानी कुवालालाम्पुरमा औलांमा गन्न सकिने नेपाली एजेन्टहरु
रैछन भनेर अनुभूति गरेको थियो ।
नेपालमा दोश्रो पटक प्रजातन्त्र स्थापना गर्न
जनतालाई आन्दोलित गराउने क्रममा राजनीतिक पार्टीका नेताहरुले जनतालाई गाँस, बास,
कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको बाचा गरेका थिए । राजनीतिक पार्टीका
नेताहरुले के के माग पुरा गरे गरेनन त्यो त दोश्रो पटक २०४६ सालमा गरिएको प्रजातन्त्र
स्थापना देखि आजको मिति सम्ममा घाम जस्तै छर्लंग भई सकेको छ तर रोजगारीको हकमा
स्वदेशमा दिन नसकेर आफ्नै लगानीमा बिदेसमा पसिना बगाउने नेपालीहरु भने यो समयमा
आएर लाखौ लाखको संख्यामा पुगी सकेको छ ।
बिदेसमा रोजगारी गर्न जाने नेपालीहरुमा अधिकांस
मध्यम बर्गका हुन भने मध्यमबर्गका नेपालीहरुको रोजगार जाने गन्तब्य मुलुकहरुमा खाडी देखि
मलेसियानै अग्रपंक्तिमा पर्दछ । खाडी तथा मलेसियामा श्रम गर्न जानको लागी नेपाल
सरकारले कम्तिमा ६५ हजार देखि ८०/८५ हजार भनिएता पनि लाख भन्दा बढिने तिरेर जानु
पर्ने बाध्यात्मक ब्यबस्था छ ।
नेपाली कामदारहरुले तोकिएको भन्दा बढी लगानी गरेर
जाँदा करार पत्रमा तोकिए अनुसारको काम तथा ज्याला नपाएर समय समयमा मलेसियामा
कामदारहरु आन्दोलित हुने गरेका छन जुन कुरा नेपाली राजदुताबास देखि सर्खार समेतलाई
जानकारी पनि नभएको हैन ।
मलेसियामा बिदेसी कामदारहरुले आफ्नो हक हितको
लागी आन्दोलित भएको त्याहाको आप्रबासी चाईनिज तथा भारतीय मालिकहरुले मन पराउदैनन ।
तोकिएको अनुसारको ज्याला र काम नदिए पछी कामदारहरुले बाध्य भएर आन्दोलन गरे भने
पुलिस बोलाएर थुनाई दिन्छु भन्ने धम्कि दिन्छन । त्यति गर्दा पनि गलेनन भने
कामदारहरुलाई भोकभोकै राख्ने, होस्टेलबाट बाहिर निकाली दिने गर्छन । यस्ता यस्तै
कारणहरुले गर्दा नेपालीहरु बाध्य भएर ईलिगल हुन्छन । मलेसियामा देखिएको ध्रुव सत्य
यिनै हुन ।
मलेसियामा हाल साधारण बिदेसी कामदारहरुलाई प्रति
दिन ८ घण्टा २६ दिन काम गरे बापत ९००/- र सुरक्षा गार्डलाई ९५०/- मलेसियन रिंगेट
ज्याला दिने र सरकारी लेवी कम्पनीले नै तिर्ने भनेर सर्तनामा हुन्छ । सो अलावा होस्टेल,
बत्ति र पानीको सुबिधा समेत सम्बन्धित कम्पनीले नै तिर्ने भनेर भनिएको हुन्छ ।
सेवा सर्तनामा जे जसो लेखियेता पनि ब्यबहारमा भने
त्यसको ठ्याक्कै उल्टो हुन्छ । सरकारी लेबी १५०/- देखि ३००/- सम्म काट्ने देखि ताल
परेको खण्डमा बत्ति र पानीको पैसा समेत बिदेसी कामदारहरु बाट असुल्न बेर लाउदैनन ।
यी पीडाहरु नेपालबाट जाने कामदारहरु मध्ये सयमा ९० ले भोग्ने गरेका छन ।
कम्तिमा लाख देखि ताल परेको खण्डमा २ लाख सम्म
तिरेर मलेसिया गए पछी राम्रो कम्पनि पर्यो र ओभर टाईमको सुबिधा छ भने सम्पूर्ण
खर्च कटाएर मासिक हजार देखि १२ सय रिंगेट र अझ त्यो भन्दा पनि माथि बचत हुन सक्ला
तर त्यसो गर्नलाई नेपाल बाट मलेसिया जाँदा साउ संग काढेर गएको ऋण हरपल सम्हिनु
पर्ने हुन्छ तर दुई दिनको जिन्दगी बिताउ हासेर खाएर भन्नेमा परे भने जस्तो गयो
त्यस्तै फर्किन पनि बेर लाउन्न ।
आफुले सोचेको जस्तो कम्पनि परेन, ओभरटाईमको
सुबिधाबाट बन्चित समेत हुनु पर्यो र मासिक ९००/- रिंगेट काम गर्नु पर्यो भने
त्यस्ता कामदारहरुले पेटमा पटुकी कसेर काम गरे पनि मासिक ४००/- देखि ५००/- रिंगेट
भन्दा बचत गर्न सक्दैन त्यो पैसा भनेको हिजो आजको दरभाउले ११/१२ हजार पनि पुग्न मुस्किल
हुन्छ ।
यसरि दुख गरेर कमाएको पैसा पनि ढुक्कले नेपाल
पठाउन सकिन्छ भन्ने कुनै ग्यारेण्टी भने हुन्न किनभने हिजो आज दिन प्रति दिन
मलेसियाका गुण्डा बदमासहरु नेपालीहरुको होस्टेलमा पसेर लुटपाट गर्ने गरेको घटना
पनि सामान्य जस्तै भै सकेको छ ।
त्यसैले मलेसिया जानु नै हुन्छ भने पहिला यथार्थ
विवरण नबुझिकन दुखको पैसा लगानी नगर्नु हुन यो पंक्तिकारको अनुरोध छ । पंक्तिकारले
१० बर्ष मलेसियामा श्रम गर्दा धेरै तितो पिरोको अनुभव भोगेको छ । ३३ देखि ३५
डिग्रीको तातोमा बसेर पसिना बगाउंदा पनि पसिनाको सहि मुल्य पाईदैन भने ऋण काढेर
लाखौ लाख लगानी गर्दै किन दुख गर्न जाने मलेसिया ?
पत्र पत्रिकाहरुमा उल्लेख भए अनुसार हाम्रा श्रम
मन्त्रीले आफ्नो फाईदाको लागि गरे वा नेपालीहरुको हक हितकै लागी गरे त्यो कुरा
तिनै जानुन तर नेपालका म्यान पावरहरु देखि तिनले बिदेसमा पालेका एजेन्टहरु गतिला
चै छैनन ।
यदि नेपालीहरु मलेसिया श्रम गर्न गएनन भने दुखको
साथ के भन्न सकिन्छ भने उतै ससुराली बनाएर बसेका हाम्रा बीर गोर्खालीहरुको होटेल
नामको जाडंपानीको भट्टी, बर्षेच्याउ जस्ता बिना दर्ता उम्रेका नेपाली साप्ताहिक
पत्रिकाका धन्दावालहरु देखि सहर बजारको गल्लिगल्लिमा एजेन्टको नाउँमा बस्ने दलाल र
नेपाले मेन पावरहरू जुन मलेसियामा कामदार सप्लाई गर्छन तिनको मुखा माड नलाग्ने चै
निस्चित छ । हाल श्रम मन्त्रीको निर्णयले जो जो आन्दोलित भका छन तिनमा प्रत्यक्ष
अप्रत्यक्ष यिनै वर्गका व्यक्तिहरु पर्छन भन्ने पंक्तिकारको ठम्याई हो ।
janakdangol@gmail.com