Sunday, June 21, 2015

मर्यादामा किन चुके अर्थमन्त्रि महत ?

नेपालको चर्चित सेतोपाटी नामको अनलाईन पत्रिकाले अन्नपूर्ण पोस्टमा छापिएको समाचारलाई आधार बनाएर 'अर्थमन्त्री रामसरण महतले भारतीय प्रधान मन्त्रि संग भेट गर्न पाएनन' भनेर २०७२ जेष्ठ २९ गते शुक्रवारको अंकमा समाचार प्रकाशित गरेको रैछ । 
 
छिमेकी मित्र रास्ट्र भारतको लागी नेपालपनि अन्य देस सरहकै बिदेसी रास्ट्र हो । बिदेसी रास्ट्रका कुनै पनि बहालवाला मन्त्रीहरुले भारतको रास्ट्र, सर्खार प्रमुख देखि अन्य मन्त्रिहरु संग भेटघाट तथा वार्ता गर्न बिदेस (पररास्ट्र) मन्त्रालयको स्वीकृति लिनु जरुरि हुन्छ । भारतमा मात्र नभएर संसारका सबै देसमा यो नियम प्रचलन छ भने नेपालमा पनि नहुने कुरै भएन ।

सिलसिलेवार जाहेरी नभईकन बिदेसी मन्त्रि देखि नेताहरुले रास्ट्र देखि सर्खार प्रमुख तथा अन्य मन्त्रिहरु संग भेट गर्न पाईदैन भन्ने ज्ञान हाम्रो देसका नेता देखि मन्त्रीहरु सम्मलाई भएको भए आज नेपालको छापा देखि बिधुतिय पत्रिकाहरुमा मा 'अर्थ मन्त्रि महतले प्रधान मन्त्रि मोदी संग भेट गर्न पाएनन' भनेर समाचार पक्कै पनि लेखिदैन थियो होला ।

तस्विर साभार: गुगल सर्चबाट
२०४६ साल पछी नेपालका रास्ट्र देखि सरकार प्रमुख हुँदै नेताहरुले आफ्नो हैसियत के हो भनेर बुझेका छैनन । जसको एउटा सानो उदाहरण तल प्रस्तुत गरेको छु ।

केहि समय अगाडी भारतबाट पहेलो गेरुवा वस्त्र लाउने तर ब्यापार्कलामा माहिर रामदेव नामका योगगुरु नेपाल आएर हाम्रा रास्ट्र प्रमुखलाई धाप मारेको तस्विर नेपालको समाचार पत्रहरुमा प्रकाशित भयो ! रामदेव नाउँका ति गेरुवा वस्त्रधारी ब्यापारी गेरुवा वस्त्र लाएर योगगुरुको नाउँमा देस तथा बिदेसमा अर्बौको ब्यापार ब्यबसाय गर्छन । भारतमा यो भन्दा अगाडी कांग्रेसी सासनकालमा करछलीको आरोपमा झन्डैझन्डै कारबाहीमा परेका व्यक्ति हुन ति ब्यापारी रामदेव । यस्ता साधारण ब्यापारी व्यक्तिले रास्ट्रप्रमुखलाई धाप मार्ने हिम्मत के कसरि गरे ? रामदेवको हैसियत के हो ? के तिनले योग सिकाएकै भरमा नेपालको रास्ट्र प्रमुखको सरिरमा धाप मार्न पाउछ ? सुरक्षा नीतिको पालना खै ? यस्ता महत्वपूर्ण कुराहरुमा रास्ट्र प्रमुख देखि सर्खारले समेत किन हेलचेक्र्याइँ गर्यो ? 

कुनै पनि देसका रास्ट्र, सरकार प्रमुख देखि मन्त्रि तथा पार्टीका नेताहरु बिदेस भ्रमणमा जाँदा सम्बन्धित देशलाई उक्त देसको दुताबास मार्फत जनाउ दिनु पर्दछ र भ्रमणमा सोहि अनुसारको कार्यक्रमहरु समाबेस गरेर द्वीपक्षीय भेटघाट हुने चलन छ र यो कुरा पटक पटक मन्त्रि हुने सौभाग्य पाएका हाम्रा अर्थमन्त्री राम शरण महतलाई थाहा नहुने कुरै भयेन । नेपाली कांग्रेस पार्टीमा लागेर २०४६ साल पछी राजनीति गर्नु भन्दा अगाडी बिदेसी नियोगमा बसेर काम कार्य समेत गरि सकेको मान्छे आज आएर किन चुके त्यो चै कुरो बुझी नसक्नुको छ ।

नेपालको पत्रिकाहरुमा छापिएको समाचारहरुलाई बिश्लेष्ण गरेर हेर्ने हो भने हाम्रा अर्थमन्त्रीले भारतीय दुताबास मार्फत भारतको बिदेस मन्त्रालयलाई जानकारी दिएको देखिदैन । समयमै भारतको बिदेस मन्त्रालयलाई जानकारी गराएर सरकार प्रमुख संग भेटघाटको कार्यक्रम मिलाएको भए अर्थ मन्त्रि रामसरण महतले पत्र पत्रिका देखि सामाजिक संजालहरुमा आलोचना खेप्नु पक्कै पनि पर्दैन थियो होला !

भारतको सरकारी निकाय देखि नेतागण सम्मलाई थाहा छ नेपाल स्वतन्त्र रास्ट्र हो । स्वतन्त्र रास्ट्रको मन्त्रीले बिदेसमा भेटघाट गर्न जाँदा देसको प्रतिनिधित्व गरेको हुन्छ । यो कुरा नेपालको मन्त्रि देखि नेतागणहरुले सोच्नु पर्नेमा उल्टो भारतको बिदेस मन्त्रीले घुमाउरो पारामा नेपाल स्वतन्त्र रास्ट्र हो र स्वतन्त्र देसको मन्त्रीले कुटनीतिक मर्यादा किन पालना गरेन भनेर जनाउ दिनु भनेको चानचुने कुरा हैन ।

अन्य देसमा कुटनीतिमा चुक्ने मन्त्रिले नैतिकताको आधारमा आफ्नो पदबाट राजिनामा दिने चलन छ । नेपालमा नैतिकता भन्ने सब्द्को प्रयोग नभएर हो वा नेपालको राजनीतिको सब्द्कोषमा 'नैतिकता' भन्ने शब्द नभएर हो आफ्नो पदबाट राजिनामा दिने गर्दैनन । राजनीतिमा जसले आफ्नो पदको गरिमा बुझ्दैनन र नैतिकताको अर्थ थाहा पाउदैनन भने त्यस्ता ब्यक्तिले देसको महत्वपूर्ण सम्हाल्नु देसको हितमा हुन्न भनेर बुझ्नु पर्दछ ।

हाम्रा प्रधानमन्त्रीमा देस र जनता प्रति अलिकती पनि ऊत्त्र्दायित्व छ भने देसको नुर गिराउने यस्ता मन्त्रीहरुलाई पद बाट सिधै बर्खास्त गर्ने हिम्मत प्रदान गरुन । सर्खारमा बस्नेले नै अनुसासनको पालना गर्दैनन भने अरु बाट अनुसासनहिन काम भयो भनेर कडीकडाउ गर्नुको कुनै अर्थ हुन्न ।