मेरा मित्र बिरमान जी र म बिहान
प्रात भ्रमणमा जाने गर्छ्म ! बाटोमा देखिएको दृश्य देख्दा बडो उदेक लाग्छ !
प्राय जसो सबै साना होटेल, किराना
पसलको भित्तामा यस्ता कुराहरु लेखिएको पाईन्छ !* यहां स्वादिलो पानिपुरी, चटपटे पाईन्छ !
* यहा NTC तथा N cell को रिचाज कार्ड पाइन्छ !
* यहा मम, छोईला, भुटुन पाईन्छ !
तर,
किराना पसलमा अन्य के के चिज बस्तुहरु बिक्रि गरिन्छ लेखिएको पाईदैन !
..
चटपटे देखि पानि पुरीमा राखिने सामाग्रीहरुमा अजिनोमोटो मिसाईएको धुलो चाउचाउ र कृतिम भेनेगर (जस्ले चुक अमिलोको काम गर्छ) राखिन्छ !
चाउचाउको बारेमा के बयान गर्नु ?
सद्धे चाउचाउ आकर्षक प्याकेट बनाएर बिक्रि गरिन्छ भने धुलो चाउचाउ १ केजीको प्याकेट बनाएर किराना पसलहरुमा बिक्रीको लागी पठाईन्छ !
चाउचाउ हालिएको चटपटे बिशेषगरि आईमे मुन्च्ची देखि भुराभुरीहरुको प्रिय भोजन बन्दै गई रहेको छ !
छिमेकी भारतको नक्कल गर्दै नेपालमा २०४६ साल पछि युद्धस्तरमा फैलिदै गएको यो ब्यबसायले कारखाना मालिकहरु देखि खुद्रा ब्यापारीहरु समेतलाई फाईदा त होला,
तर,
यस्ता अखाध्य सामाग्रीहरुले जनताको स्वास्थमा हानि पुर्याउदै गएको तथ्यलाई ‘लोकतन्त्रे सर्खार’ किन वेवास्ता गर्दैछ ?
जनताको स्वास्थ्यको ख्याल राखेर यस्ता अखाध्य चिजबस्तुहरु खान हुँदैन भनेर जनचेतना किन जगाईदैन ?
राजस्व आउछ भन्दैमा हरेक कुरामा आँखा चिम्लिने यो कस्तो प्रबित्ति हो ?नेपालमा सर्खार तथा प्रसासन मुक दर्सक छ ||
त्यसैले सक्नु हुन्छ भने स्वास्थ्यमा हानि पुर्याउने यस्ता
खाध्य सामाग्रीहरुको
प्रयोग नगर्नु हुन ई-जनता डट कप परिवार हार्दिक अनुरोध गर्दछ
!
“पानीपुरी
तथा चटपटे तस्विर गुगल सर्च बाट लिइएको हो”