(कार्टुनिस्ट:योगेस कुमार खपांगी) |
आँखा नदेख्ने, हातगोडाले काम नगर्ने, दिर्घरोगी र परिवारले हेला गरेसी मर्नु भन्दा बौलाउनु निको मानेर आर्काको सामु हात पसारेर जिविका चलाउने मुन्छीहरुलाई माग्ने भनिन्छ र यसैलाई पारीको भाखा भिखारी देखि फकिर सम्म भनिएको हो ! यस्तो काम बाध्यता परेर गरिन्छ तर गाम-समाजले यी जातिलाई बडो हेपेर, हेला गरेर काम गर्नाको दु:खले माग्ने, भिखारी भा भन्छन !
आर्को पनि एउटा जाति छ जसलाई जोगी भन्छन तर यो चैँ माग्ने र भिखारी भन्दा १ तह माथिको इज्जेत्दार हुन्च्च ! निधाराँ चन्दन देखि ज्यानाँ खरानी घसेर कोहि नागा भनेको नांगै हिड्ने देखि गेरु बस्त्र धारण गर्ने यो डफ्फालाई बडो आदर गरेर भिक्षारुपी अन्न देखि नगदनारायण दिने बेला समेत माराज भन्दै अटेन्सन अर्थात फौजीले जसरी अनुसासन भ’र दिन्छन ! मुन्छिको जाती लोभी र यै मुन्छी जातिलाई जोगीले देको आशिष लाग्छ अरे भन्छन ! तर के थाहा यो अन्ध बिस्वासी समाजलाई ‘जाहाँ जाला जोगी भातै खाला’ भन्नेहरु देखी ! बडा उचक्का हुन्छन यो डफ्फा ! अलख-निरन्जन, बम-भोले देखि अल्लाहके नाम पर भन्ने फकिर (मुसलमान जातीकोलाई फकिर भंच्चन) सम्मको काम भनेको अन्न देखि नगद उठाउने र त्यसलाई बेचेर बेलुका ऐला संग छोइला खानु हो र यस्ताले दिएको आशिष लाग्छ कि लाग्दैन बिचार अर्नु होला सप्पैले !
मुन्छिहरु भन्दा देउता धेरै भाको हाम्रो मुलुका २०४५ साल सम्म अर्थात पन्च्या पाला सम्म सयमा एक थान देसी बाँकी बिदेसी भिखारी, माग्ने देखि जोगी फकिर सम्म हुन्थे ! पुलिसको जातै छुच्चो जनतालाई सारै दुख दियो भनेर बिदेसी भिखारी देखि माग्ने फकिर सम्मलाई कहिले त च्याप्प समातेर टडका कोचेर सिमाना सम्म कटाई दिन्थे, किनभने पन्चेत भनेको एकतन्त्रे शासन रे !
समय बदलियो ! बोल्न पाएनमा भनेर देसी देखि बिदेसी सम्मले ठुल-ठुला सहरका त्यो बेलाको जनता भन्ने मुन्च्चीहरुलाई उचाले ! राजा पालुंगो साग जस्तै लल्याक लुलुक भो र बौदल (बहुदल) घोषणा गरे ! देसले काँचुली फेर्यो अ’रे ! देसले काँचुली फेरेसी प्रमोसन भर जनताबाट नागरिक भए ! काँचुली फेर्या रे ! सबै चिजले काँचुली फेर्दै गो ! उद्द्योग, कल-कारखाना सरकारी बाट निजीकरण भएर काँचुली फेर्यो ! अलि-अलि बाँकी भा’को चैँ हर्ताल र बन्दको काँचुली फेरेर संधैको लागि स्वाहा हुने गरि अस्तायो ! यो काँचुली फेर्ने चिज भन्ने जिनिस पनि गज्जबको हुने रैछ !
कुरो फेरी माग्ने र भिखारिकै ! पैला राजाले पनि बिदेसी मित्ज्यु भन्ने दोस्ती देखि साथि भै संगी संग माग्थे तर जनताले साधु माराजलाई देको जस्तै गरि अद्बको साथ दान दिन्थे र अहिलेका ले माग्छन तर माग्ने र भिखारीलाइ भिख देको जस्तरी दान हैन भिख सम्झेर दिन्छन ! राजतन्त्र र लोकतन्त्रको फरक यस्तरी छुट्टिने रच्च ! जस्ले जे जस्तरी दिए पनि त्यो चैँ बैदेसिक सहायता रे भनेर भन्दा रैच्चन तर यो बैदेशिक सहायता भन्ने जिनिस चैँ सयमा ९९ माग्ने र तिनका आसेपासेले चप्काउछन !
प्रजातन्त्र भन्ने जिनिसले नेपाला उल्का-उल्काको आइडिया सिकैदेको छ ! हरेक कुरामा नयाँ नाम दिने चलन छ ! भिखारी र माग्ने बाट हिजाज समाजसेवा भन्ने नयां प्रतियोगिता सुरु भाको छ ! यो जस्तो गतिलो र दाम्मी पेसा संसारमा कहिँ कतै छैन ! अति दुर्गम पाखा तिरको गरिप-बेसहारा, सिंगानले कटकट्या, बर्षौ बर्ष ननुहाको, कुपोषणले ग्रस्त भाको केहि थान भुरा देखि बाटोको बास भाको भुराभुरिहरु देखी अधबैसे अनि बुढाबुढीहरु सम्मलाई बटुल्यो ! लाज सरम पचाएर इज्जेत कौडीको भाउमा लिलामी गरेर दातालाई देखाउदै बिदेसी पैसो युरो डलर देखि पाउण्ड झारेर गर्ने पेसालाई हिजाज समाज सेवा भनिन्छ !
आमा घर देखि मामा घर, माइती देखि चेली संस्था र भए भरको नयाँ-नयाँ देसी देखि बिदेसी नाम राखेर चलाउने यो संस्थाले धर्मको काम पनि गर्छ ! हिन्दु भनेको कट्टरजाति र गाईको मुत खाने धर्म भन्दा गाइको मासु खाने धर्मले चांडो स्वर्ग जान पाइन्छ भन्दै गरिने समाजसेवा पनि देसी मल हाल्या जस्तरी उल्का संग फस्टेको छ ! माग्ने भिख नै हो र फरक मात्र यत्ति हो नेरु को ठाउँमा बिदेसी मोरु झर्छ त्यो पनि इज्जेत आबरु बन्धकी राखेर !
अझ आर्को औरेजी नाम राखेर चलाको संस्था पनि छ ! हेल्प नेपाल भन्ने ! बेलैती भाखा हेल्प भनेको सहयोग र नेपाल भनेको देस अर्थात नेपाललाई सहयोग ! यो पनि बिदेसिले हैन गोरखालीले नै दिनु पर्ने ! हेल्प हेल्प भन्दै बर्षौ-बर्ष बेलायती देसा बस्या एक जना खबरे चिल्गाड़ी को सयर गर्दै युरोप अम्रिका देखि जय मुसी जन्म्या देसा सम्म पुग्छन ! युरो देखि पाउण्ड असिना बर्स्या जस्तरी बर्षाउँछन् ! भगवान्ले तिनलाई कला देखि गला र दन्ते मोहनी सम्मको विधा देकोछन ! ‘खान पुगोस र दिन पुगोस’ भनेर आसिख दिन्छन ! तिनको कला देख्दा पुर्वाको एकजना गाइनेले गाको गाना ‘आमा मलाइ त्यै केटि चाहियो’ को झल्को दिन्छ ! केटि चाहियो भन्या जस्तै दस करोड चाहियो भन्दै हिनेका छन फरक यत्ति हो !
बोल्न पाएनौ भनेर आन्दोलन गरेको हो ! यो कुरा सर्खार देखि नेता सम्मलाई कण्ठ थाच्च ! त्यहि भएर बोल्न मज्जाले देकाछन ! सराप्न मज्जाले पाइन्च्च ! पन्च्या पालाको सुपर हिट जोक्करहरुलाई पनि मात गरेर जोक्कर्याई गर्न पाइन्छ ! घोच्न, पेच हान्न, सराप्न सप्पै थोक पाइन्छ !
नयाँ लोकतान्त्रिक नेपाल हो ! सप्पै थोक बाहेक एक मुख्य थोक रोजगार भन्ने काम चैँ पाइन्न ! काम गर, रोजगार गर तर देसा हैन बिदेसा ! पुर्खाले जोड्या सम्पति धितो राखेर हुन्च्च कि के गरेर हुन्च्च चिल्गाड़ी चढेर मुग्लाना जाऊ, रुपिया हैन बिदेसी पैसो भित्रयाऊ !
कुरा ठिकै पनि हो तर यी आधुनिक भिखारीहरुले बिदेसाँ रोजगार गर्न गा’कोलाई धरी छोडेका छैनन् ! कोहि धमाका साँझ, कोहि लोके दोरी साँझ, कोहि जनताको गाइने एकल साझ, फिलिम प्रिमियर रे भन्दै मनोरंजनको नाममा झोला थाप्न जान्छन् अनि यी सप्पैलाई ‘खान पुगोस दिन पुगोस’ भन्दै जान्छन नयाँ आधुनिक लोक्तान्त्रिके भिखारीका फौजहरू !
गोरा र कुइर्या भाखा
मोर्डन लाइ आधुनिक भन्दो रैच्च भने भिखारी भनेकोचैँ त्यही गोरा अर्थात कम्पनि
सर्खार्ले गुलाम बनाको देस जुन हाम्रो रोटि देखि बेटी सम्मको साइनो भाको इण्डिया,
हिन्दुस्थान, भारतको भाखालाइ भन्दो रैच्च ! जस्तो देस उस्तै भेष भनेको होलानि !
आँखा नदेख्ने, हातगोडाले
काम नगर्ने, दिर्घरोगि र परिवारले हेला गरेसी मर्नु भन्दा बौलाउनु निको मानेर
आर्काको सामु हात पसारेर जिविका चलाउने मुन्छीहरुलाई माग्ने भनिन्छ र यसैलाई
पारीको भाखा भिखारी देखि फकिर सम्म भनिएको हो ! यस्तो काम बाध्यता परेर गरिन्छ तर
गाम समाजले यी जातिलाई बडो हेपेर, हेला गरेर काम गर्नाको दुखले माग्ने, भिखारी भा
भन्छन !
आर्को पनि एउटा जाति छ
जसलाई जोगी भन्छन तर यो चैँ माग्ने र भिखारी भन्दा १ तह माथिको इज्जेत्दार हुन्च्च
! निधारा चन्दन देखि ज्याना खरासी घसेर कोहि नागा भनेको नांगै हिड्ने देखि गेरु
बस्त्र धारण गर्ने यो डफ्फालाइ बडो आदर गरेर भिक्षारुपी अन्न देखि नगदनारायण दिने
बेला समेत माराज भन्दै अटेन्सन अर्थात फौजीले जसरि अनुसासन भर दिन्छन ! मुन्छिको
जाती लोभी र यै मुन्छी जातिलाई जोगीले देको आशिष लाग्छ अरे भन्छन ! तर के थाहा यो
अन्ध बिस्वासी समाजलाई 'जाहाँ जाला जोगी भातै खाला' भन्नेहरु देखि ! बडा
उचक्का हुन्छन यो डफ्फा ! अलख, निरन्जन, बम भोले देखि अल्लाहके नाम पर भन्ने फकिर
(मुसलमान जातीको लाइ फकिर भंच्चन) सम्मको काम भनेको अन्न देखि नगद उठाउने र
त्यसलाई बेचेर बेलुका ऐला संग छोइला खानु हो र यस्ताले दिएको आशिष लाग्छ कि
लाग्दैन बिचार अर्नु होला सप्पैले !
मुन्छिहरु भन्दा देउता
धेरै भाको हाम्रो मुलुका २०४५ साल सम्म अर्थात पन्च्या पाला सम्म सयमा एक थान देसी
बाँकी बिदेसी भिखारी, माग्ने देखि जोगी फकिर सम्म हुन्थे ! पुलिसको जातै छुच्चो जनतालाई
सारै दुख दियो भनेर बिदेसी भिखारी देखि माग्ने फकिर सम्मलाई कहिले त च्याप्प
समातेर टडका कोचेर सिमाना सम्म कटाई दिन्थे किनभने पन्चेत भनेको एकतन्त्रे शासन रे
!
समय बदलियो ! बोल्न
पायेनम भनेर देसी देखि बिदेसी सम्मले ठुलठुला सहरका त्यो बेलाको जनता भन्ने मुन्च्चीहरुलाई
उचाले ! राजा पालुंगो साग जस्तै लल्याक लुलुक भो र बौदल घोषणा गरे ! देसले काँचुली
फेर्यो अ रे ! देसले काँचुली फेरेसी प्रमोसन भर जनताबाट नागरिक भए ! काँचुली
फेर्यारे ! सबै चिजले काँचुली फेर्दै गो ! उधोग कल कारखाना सरकारी बाट निजीकरण भएर
काँचुली फेर्यो ! अलि अलि बाकि भाको चैँ हर्ताल र बन्दको काँचुली फेरेर संधैको
लागि स्वाहा हुने गरि अस्तायो ! यो काँचुली फेर्ने चिज भन्ने जिनिस पनि गज्जबको
हुने रैछ !
कुरो फेरी माग्ने र
भिखारिकै ! पैला राजाले पनि बिदेसी मित्ज्यु भन्ने दोस्ती देखि साथि भै संगी संग माग्थे
तर जनताले साधु माराजलाई देको जस्तै गरि अद्बको साथ दान दिन्थे र अहिलेका ले
माग्छन तर माग्ने र भिखारीलाइ भिख देको जस्तरी दान हैन भिख सम्झेर दिन्छन ! राजतन्त्र
र लोकतन्त्रको फरक यस्तरी छित्तिने रच्च ! जस्ले जे जस्तरी दिए पनि त्यो चैँ
बैदेसिक सहायतारे भनेर भन्दा रैच्चन तर यो बैदेशिक सहायता भन्ने जिनिस चैँ सयमा ९९
माग्ने र तिनका आसेपासेले चप्काउछन !
प्रजातन्त्र भन्ने
जिनिसले नेपाला उल्का उल्काको आइडिया सिकैदेको छ ! हरेक कुरामा नयाँ नाम दिने चलन
छ ! भिखारी र माग्ने बाट हिजाज समाजसेवा भन्ने नयां प्रतियोगिता सुरु भाको छ ! यो
जस्तो गतिलो र दाम्मी पेसा संसारमा कहिँ कतै छैन ! अति दुर्गम पाखा तिरको गरिप
बेसहारा सिंगानले कटकट्या बर्षौ बर्ष ननुहाको कुपोषणले ग्रस्त भाको केहि थान भुरा देखि
बाटोको बास भाको भुराभुरिहरु देखी अधबैसे अनि बुढाबुढीहरु सम्मलाइ बटुल्यो ! लाज सरम
पचाएर इज्जेत कौडीको भाउमा लिलामी गरेर दाता लाइ देखाउदै बिदेसी पैसो युरो डलर
देखि पाउण्ड झारेर गर्ने पेसा लाइ हिजाज समाज सेवा भनिन्छ !
आमा घर देखि मामा घर,
माइती देखि चेली संस्था र भए भरको नयाँ नयाँ देसी देखि बिदेसी नाम राखेर चलाउने यो
संस्थाले धर्मको काम पनि गर्छ ! हिन्दु भनेको कट्टरजाति र गाईको मुत खाने धर्म
भन्दा गाइको मासु खाने धर्मले चांडो स्वर्ग जान पाइन्छ भन्दै गरिने समाजसेवा पनि देसी
मल हाल्या जस्तरी उल्का संग फस्टेको छ ! माग्ने भिख नै हो र फरक मात्र यत्ति हो
नेरु को ठाउँमा बिदेसी मोरु झर्छ त्यो पनि इज्जेत आबरु बन्धकी राखेर !
अझ आर्को औरेजी नाम
राखेर चलाको संस्था पनि छ ! हेल्प नेपाल भन्ने ! बेलैती भाखा हेल्प भनेको सहयोग र
नेपाल भनेको देस अर्थात नेपाल लाइ सहयोग ! यो पनि बिदेसिले हैन गोरखालीले नै दिनु
पर्ने ! हेल्प हेल्प भन्दै बर्षौ बर्ष बेलायती देसा बस्या एक जना खबरे चिल्गाड़ी को
सयर गर्दै युरोप अम्रिका देखि जय मुसी जन्म्या देसा सम्म पुग्छन ! युरो देखि
पाउण्ड असिना बर्स्या जस्तरी बर्षाउछन ! भगवान्ले तिनलाई कला देखि गला र दन्ते
मोहनी सम्मको विधा देको छन ! 'खान पुगोस र दिन पुगोस' भनेर आसिख दिन्छन ! तिनको
कला देख्दा पुर्वाको एकजना सिँगाने गाइने ले गाको गाना 'आमा मलाइ त्यै केटि
चाहियो' को झल्को दिन्छ ! केटि चाहियो भन्या जस्तै दस करोड चाहियो भन्दै हिनेका छन
फरक यत्ति हो !
बोल्न पाएनौ भनेर
आन्दोलन गरेको हो ! यो कुरा सर्खार देखि नेता सम्मलाई कण्ठ थाच्च ! त्यहि भएर
बोल्न मज्जाले देका छन ! सराप्न मज्जाले पाइन्च्च ! पन्च्या पालाको सुपर हिट
जोक्करहरु लाइ पनि मात गरेर जोक्कर्याई गर्न पाइन्छ ! घोच्न, पेच हान्न, सराप्न
सप्पै थोक पाइन्छ !
नयाँ लोकतान्त्रिक नेपाल
हो ! सप्पै थोक बाहेक एक मुख्य थोक रोजगार भन्ने काम चैँ पाइन्न ! काम गर, रोजगार
गर तर देसा हैन बिदेसा ! पुर्खाले जोड्या सम्पति धितो राखेर हुन्च्च कि के गरेर
हुन्च्च चिल्गाड़ी चढेर मुग्लाना जाउ रुपिया हैन बिदेसी पैसो भित्रयाउ !
कुरा ठिकै पनि हो तर यी
आधुनिक भिखारीहरुले बिदेसा रोजगार गर्न गाको लाइ धरी छोडेका छैनन ! कोहि धमाका
साँझ, कोहि लोके दोरी साँझ, कोहि जनताको गाइने एकल साझ, फिलिम प्रिमियर रे भन्दै
मनोरंजनको नाममा झोला थाप्न जान्छन अनि यी सप्पै लाइ खान पुगोस दिन पुगोस भन्दै
जान्छन नया आधुनिक लोक्तान्त्रिके भिखारीका फौजहरू !
.. janakdangol@gmail.com
|http://www.chandrasoorya.com/May 8,
2014 व्यङ्ग्य शिर्षकमा प्रकाशित !
0 Comments:
Post a Comment