कुनै एक जमानाको बिशाल मुलुक
भारतबाट छुट्टिएर बनेको तथा दक्षिण एसियाली
क्षेत्रीय सहयोग संगठन (सार्क) रास्ट्रहरु मध्येको एक सदस्य रास्ट्र पाकिस्तानमा सन
१९८० को दशक सम्म सबै तहका
संचारकर्मीहरु एक जुट थिए ! जसरी हातको मुठी एक भएपछि जुन शक्ति उत्पन्न हुन्छ र त्यो शक्तिले
जस्तो सुकै आई लाग्ने सत्रुहरु माथी सजिलै संग जाइलाग्न सकिन्छ ! यही युक्ति मित्र रास्ट्र
पाकिस्थानको संचारकर्मीहरुमा कायम थियो !
संचारकर्मीहरुको अभूतपूर्व एकताले गर्दा कुनै पनि शक्तिले संचारकर्मीहरु लाइ छुन
सम्म सकेका थिएनन ! कुनै एक संचारकर्मीहरुलाई आपद विपद पर्ना साथ सबै एकजुट एक
ढिक्का भएर समस्याको समाधान
गर्थे !
सन १९९० को
दशकमा आइ नपुग्दै एक जुट भएका संचारकर्मीहरु बिस्तारै राजनीतिक पार्टी, सो पार्टीका नेताहरु देखि सरकारी समर्थक र व्यक्तिबादी सम्म बन्न
पुगे जसको कारणले गर्दा हिजो कुनै शक्तिले छुन नसकेको ति संचारकर्मीहरु सरकारी फौज देखि
आतंककारी र निजि जमिन्दारहरु सम्मको सिकार हुन पुगे ! पत्रकार दिन दहाडै अपहरण हुन
थाले ! अपहरणको भएको हप्ता दिन
नपुग्दै त्यस्ता संचारकर्मीहरुको लास बाटोको नालीमा, झाडीमा फेला पर्न थाल्यो ! आफ्नै सगोत्रिको हत्या हुँदा पनि
समाचारको हेड लाइन बन्न सकेन ! ‘आज फलाना स्थानमा फलाना पत्रिकामा
काम गर्ने फलाना पत्रकार/संचारकर्मीको लास फेला पर्यो ! अब सुन्नुस मौसम सम्बन्धि
समाचार’ ! यस्तै आसयको २ लाइने समाचार
प्रकाशन तथा प्रशारण भन्दा अरु केहि भएको देखिएन ! यसै बिषयलाई उठाएर केही हप्ता अगाडी बिस्व विख्यात
संचार गृह बीबीसीको उर्दु सेवा प्रमुख बस्तुल्लाह खानले
पत्रकारहरुको क्रियाकलापलाइ व्यंग्यात्मक
तरिकाले प्रस्तुत गर्नु भएको थियो ! विभिन्न राजनीतिक पार्टी प्रति निष्ठावान र पार्टीका
नेताहरुको ताबेदारिले गर्दा एक संचार गृहले अर्को संचार गृहलाई देखि नसक्ने देखि
पत्रिका बहिष्कार सम्मको घटना पनि
देखिएको सुनिन आयो ! बितेको १० बर्षमा पाकिस्तानमा २५० जनाको हाराहारीमा संचारकर्मीहरुको मृत्यु
भै सकेको छ ! यस्तो हुनुको मुख्य कारण भनेको नै संचारकर्मीहरु राजनीतिक पार्टी, सरकार तथा ब्यक्ति प्रति बफादार हुनुहो ! हाम्रो नेपालको ‘कान्तिपुर प्रकाशन’ जस्तै ‘जियो न्युज‘ पाकिस्तानको सबैभन्दा ठुलो निजि
संचार गृह हो र बितेका केही बर्ष देखी सोहि संचार गृहको सम्पादक हामिद मिर माथि पटक पटक आतंककारी
देखि सरकारी फौजले समेत आक्रमण गर्दै आइरहेको
थियो ! आफु माथि सरकारी सुरक्षा फौजबाट भएको खतरालाई मध्यनजर राखेर निज सम्पादकले मलाइ
पाकिस्तानी गुप्तचर संस्था आइ.एस आइ बाट दिनहु धाक धम्कि आइ रहेको छ र म माथि
कुनै आक्रमण भएमा त्यसको मुख्य
जिम्मेवार सरकारी फौजले लिनु पर्छ भनेका थिए ! त्यति भन्दा भन्दै पनि बितेको हप्ता निज माथि गोलि
प्रहार भयो ! निज सम्पादक हाल उपचारको लागि अस्पताल भर्ना भएका छन ! यो घटनाले गर्दा हाल
पाकिस्तानमा बिरोधको स्वर गुन्जियो तर जति सशक्तरुपमा गुन्जिनु पर्ने हो त्यो
देखियेन ! आज पाकिस्थानमा सम्पूर्ण
संचारकर्मीहरु एकजुट भाको भए न सरकारी फौजले,न आतंककारी फौजले संचारकर्मीहरु माथी हमला गर्न सक्थ्यो
! यसैलाई भनिन्छ ‘भाइ फुटे गँवार लुटे’ !
ठ्याक्कै
यस्तै घटना नेपालमा पनि २०४६ साल पछी देखिदै आएको छ ! २०४६ साल अघि सम्म एक जुट भएका
नेपालका संचारकर्मीहरु हाल विभिन्न
पार्टीका आस्थावान सदस्य भएर विभाजित भएका छन ! जसको फाइदा सरकार देखि प्रकाशन गृहले सजिलै
संग उठाउँदै आइ रहेको छ ! समयमा तलब भत्ता पाएनौ, पत्रिका मालिकले शोषण गर्यो, हाम्रो माग सरकारले सुनेन ! राज्यको चौथो अंग माथि उपेक्षा भयो, जहान परिवार पालन नसकेर
संचारकर्मीहरु बिदेसिन
बाध्य भए !
यो सबै कसको
कृयाकलापले गर्दा भएको हो त ? संचारकर्मी
भनेको एक नितान्त स्वतन्त्र पेसा हो ! संचारकर्मीहरुले कुनै वाद, पार्टी वा व्यक्तिको पक्ष लिनु हुँदैन ! त्यसरी
ब्यक्ति वा संस्थाबादी बन्दा
पवित्र पेसाको गरिमामा धक्का पर्नुको साथै अन्तररास्ट्रीय देखि देश तथा समाजमा समेत नराम्रो असर पर्छ
भन्ने कुरा अवगत हुँदाहुँदै पनि जब सरकारदेखि समाज सम्मलाई ज्योति देखाउनेहरु नै ब्यक्ति
देखी पार्टीको प्रबक्ता बन्छन भने त्यस्ता
व्यक्तिहरु पिडित नभए अरु को हुन्छन र अनि त्यस्ताहरुलाइ संचारकर्मी भन्न मिल्छ ? ति कसरि संचारकर्मी भए ? अनि ति संचारकर्मीहरु राज्य देखि मालिक
हुँदै खराब प्रवृतिको चपेटामा पर्छन कि पर्दैनन ?
अबको केही
दिनमा नेपालमा संचारकर्मीहरुको निर्वाचन हुँदैछ ! पहिलो कुरा त सबै संचारकर्मीहरु एक
ढीक्का भएर आपसी समझदारीमा पद तथा कार्य विभाजन
तालिका बनाएर चल्नु पर्नेमा त्यसो नभई कांग्रेस खेमा, एमाले खेमा, माओबादीको क्रान्तिकारी खेमा, जनजातीको खेमा, मदेसबादीको खेमा, राजाबादीको खेमा गरी आदिमा विभाजन
हुन्छन भने यसरि बिभाजन हुने
पत्रकारले श्रोता तथा पाठकहरुलाई के सहि र सत्य समाचार दिन्छन ? दिएको छ ? यदि दिएको थियो भने बितेको महिना
आमाघर संचालिका दिल शोभा काण्ड कसरी घट्यो ? यति मात्र नभएर राज्यको चौथो अंग भनिने संस्थाका
ब्यक्तिले हाक्काहाकी बिदेशी दान स्वीकारेर
समाचार गृह समेत चलाएको देखियो भन्यो यो जस्तो ठुलो बिडम्बना अरु के हुन्छ ?
खै २०४६ साल
जस्तो संचारकर्मीहरुमा एकता ? खै २०४६ साल
जस्तै सत्य तथ्य खोजमुलक समाचार ? हिजोको
जस्तो मान सम्मान र इज्जेत आज
संचारकर्मीलाई किन गरिदैन ? त्यसो हुनुमा को दोषी ? किन आज संचारकर्मीहरु जहान बाल बच्चा र
आफ्नो समेत भरण पोषणको लागि बिदेसिनु पर्यो ? यो कसले गर्दा भएको हो ?
लोकलाई
देखाउन पछाडि ल्यापटप, कम्मरमा महँगो आइफोन र झोलामा आइप्याड
बोकेर महँगो पल्सरको सवारी चढ्दैमा सच्चा पत्रकार भनिदैन ! हिजो सुतीको मैलो झोलामा मसि भर्ने
कलम र सस्तो डायरी बोक्ने संचारकर्मी जति शक्तिशाली र
इज्जेतदार थिए आज त्यस्तो छैन र आज पत्रकारहरुलाई रौँ बराबर गन्दैन भने त्यो भएको आफ्नै
कारणले हो कि हैन ? त्यसैले जब सम्म आफ्नो पवित्र
पेशाको अर्थ बुझ्दैनन भने त्यस्ताले के पत्रकारिता गर्छन ? पार्टीको ताबेदारी गर्नेहरु कसरि संचारकर्मी भए ? त्यसैले यस्ताहरुलाइ राज्यको चौथो
अंग भनेर कदापि भन्न सकिदैन र भन्नु पनि हुँदैन ! सम्पूर्ण चौथो अंगहरुलाइ बेलैमा चेतना भया !
माता सरस्वतीले बेलैमा सद्बुद्धि प्रदान गरुन !
janakdangol@gmail.com
(www.chandrasoorya.com मा प्रकाशित)
(www.chandrasoorya.com मा प्रकाशित)
0 Comments:
Post a Comment