(तस्बिर साभार:उज्यालो ९० नेटवर्क बाट) |
समय वलवान छ ! समयको गति कसैले पनि रोकेर रोक्न सक्दैनन ! जसले बिगतमा त्यस्ता अफवाह फैलाए आज तिनै व्यक्ति सवारी दुर्घटनामा परेर ठुलो कालबाट बाच्न सफल भए ! तर तिनको स्वास्थ्य स्थितिको बारेमा पूर्ण विवरण बाहिर आइ सकेको छैन ! (http://ujyaaloonline.com/news/31453/prakash-dahal/) घटना बाहिर प्रकासमा आउना साथ सबैले मानवताको नाताले प्रकास दाहालको सिघ्र स्वास्थ्य लाभको कामना गरे र त्यो गर्नेमा म पनि पर्दछु !
२०७० साल देखि क.प्रचण्डलाइ साढे सातको दसाले छुन सुरु गरेको छ ! भन्ने बेलामा नास्तिक भन्छन तर नास्तिक हुन कि आस्तिक हुन बेला बेलाको दाहाल परिवारको धार्मिक हर्कतले देखाइ सकेको छ ! तर पनि साढे सातको दसाले घेर्न अझै छोडेको छैन ! नेपाली जनता महान छन ! यस्तो बेलामा हिजोको दिन सम्झेर काखी बजाएर खुच्चिंग भन्नु पर्नेमा सबैले सहानुभूति प्रकट नै गरेका छन !
बिदेसिको इसारामा तपाइहरुले आफ्नै देसमा मच्चाएको हिजोको त्यो कथित जनयुद्धलाइ हेर्नुस क.प्रचण्ड तपाइको इसारामा धार्मिक मन्दिर देखि स्कुल कलेज कुनै बाकि रहेन ! हज्जारौलाइ दिने रोजगारीको श्रोत बन्द गराई दिनु भयो तर पनि कसैले तपाइँ र तपाइको परिवारको कुभलो चिताएको छैनन किनभने ३३ कोटी देवता र देउता को पनि देउता ठुलो देउता भोलेनाथ पशुपति विराजमान भाको देस हो जसलाई नेपाल भनेर बिश्वले चिनेका छन ! यस्तो देसमा बस्ने बीर नेपालीले कहिले पनि कसैको पनि कुभलो चिताउदैनन भने तपाइँ र तपाइको परिवार त झन नेपाली को सन्तान !
पहिला गरेको सबै पाप हेर्नुस त अध्यक्ष कमरेड कसरि एक पछी आर्को गरि देखिदैछ अहिले ! त्यसैले कसले भन्छ मन्दिरै मन्दिरको सहर नेपाला देउता छैन भनेर ?
..
बि.स.२०७१ साल बैसाख ३ गते बुधबार ©जनक मान डंगोल janakdangol@gmail.com
पेज मन पर्छ भने www.facebook.com/khattiuro
लाइ LIKE गर्नुहोस !
0 Comments:
Post a Comment