Home » » यी सबै धमिराको फौज हुन !

यी सबै धमिराको फौज हुन !

Written By खांट्टी कुरा on Tuesday, April 15, 2014 | April 15, 2014

परिवर्तन ल्यामच्चौ भनेर बन्दुक बोक्न उचाल्ने कम्युनिस्ट पार्टीका नेताहरूले उचाल्देका हुक्केहरु अहिले अधिकांस बिदेस पसेका छन ! जब बिदेस पस्नुनै रैछ त हिजो तिम्रा मालिकले उचाल्देको भरमा बन्दुक किन बोक्यौ र बोक्न किन लगायौ ?  तिमीहरुले बन्दुक बोकेर गाउँ समाजमा अराजकता नमच्चाको भए सुरक्षा फौजले कारबाही गर्थ्यो ? सुरक्षा फौजलाई कारबाही गर्न बाध्यता पारेको कस्ले ?
हतियार दुइ थरीले बोक्छन ! एक जनताको करले पालिएकाले जसलाई सुरक्षाकर्मी भनेर भन्दछन भने आर्को राज्यले आफ्नो व्यक्तिगत सुरक्षाको लागि राज्यनै जमानी बसेर दिएको व्यक्ति जी हर हमेसा राज्यको नजरमा परेको हुन्छ !
यी दुइ पक्ष बाहेक बिना अनुमति हतियार बोकेर हिड्नेलाइ नेपाल मात्रै हैन संसार भरिकै कानूनले 'आतंककारी' भनेर नाम दिइएको छ र यस्ता आतंककारीको जत्थालाइ नियन्त्रण गर्ने भनेर नै जनताको करको पसिना खुवाएर सुरक्षा फौज पालीएको हुन्छ !
जो जसले हिजो आफ्ना सोझा सिधा साथि संगिलाई उचाले ति आज प्रायजसो युरोप, अमेरिका देखि जापान हुँदै दक्षिण कोरिया सम्म पसेर हिजोकै पेसा अर्थात जनता भड्काउने काम गर्दैछन !
नेपाली जत्तिको सिधा प्राणी यो जगतमा कोहि छैन ! यदि सिधा नभाको भए जसले जे भने पनि किन पत्याउछन ? जानाजानी खुट्टामा बन्चरो हानेर आफ्नै बन्धुबान्धवको खुनको होलि खेल्न बाध्य पार्ने पनि यिनै हुन भनेर जान्दाजान्दै पनि अझै पनि यिनका गुलिया र चिप्ला कुरामा विश्वास गर्नेहरु गधा र मुर्ख हुन ! गधाको अर्थ हुन्छ मालिकले जतिनै पेले पनि चुपचाप आदेस मानेर भारि बोक्ने प्राणि ! मुर्खको अर्थ हुन्छ चेतना नभाको प्राणी !
संसारमै पतन भै सकेको र पतन हुँदै गरेको ब्यबस्थाको नाम हो कम्युनिस्ट ब्यबस्था ! कम्युनिस्टको परिचय भाको तर अदृस्य तरिकाले समाजबाद अंगाल्ने देस हो चाइना ! यस्ता यावत कुराहरु जान्दाजान्दै पनि यिनका नेताहरु बिदेसी कम्युनिस्ट पार्टीको नेताहरुको फोटोमा फूलमाला चढाएर पुजा गर्छन ! लेनिन रुसको हैन ? किन त्यहि लेनिनको सालिकलाइ उसकै देसमा ढालियो ? तर त्यहि लेनिनलाइ नेपालमा देउता मानेर पुज्छन भने यो सबै ढोंगी र छल हो भनेर किन बुझ्दैनन ?
टाउकोमा गिदी भाकोले आफैले नया वाद र सिद्धान्तको आविस्कार गर्छन ! त्यो वाद र सिद्धान्त सहि छ भने अन्यलाई पनि मान्नु कर लाग्छ तर अर्काको वाद र सिद्धान्तलाइ घोकेर जबर्जस्ति पालना गर्न लाउनु नै कम्युनिस्टको परिचय हो भन्ने कुरा ऐना जस्तै छर्लंग छैन र ?
अहिले बिदेसा बसेर जति पनि फट्याई गर्दैछन तिनमा ९०% माथि हिजोका तिनै फटाहाहरु हुन ! नानि देखि लागेको बानी काहाँ छोडन सक्छन र ! पार्टीको नाम  भजाउंदै लेबी उठाका छन ! राजनीति गरेका छन ! अझ कुनै कुनै त मानिस ओसारपोसारको धन्दामा समेत लागेका छन भन्ने पनि सुनिन्छ !
बिचार गर्नुस  है नेपाली दाज्युभाई तथा दिदि बैनीहरु कांग्रेस हुन या कम्युनिस्ट यी कसैले केहि गर्दैनन ! यिनले गर्ने भाको भए २४ बर्षमा देस युरोप अमेरिका नभए पनि सिंगापुर जस्तो भै सक्थ्यो तर गर्दैनन ! यी सबै देस र जनताको लागी बाहिर सग्लै देखिएता पनि भित्र भित्रै खाएर खोक्रो बनाउने धमिरा हुन !


मिति बि.स.२०७१ बैशाख २ गते मंगलवार

© जनक मान डंगोल,www.janakdangol@gmail.com

पेज मन पर्छ भने www.facebook.com/khattikuro लाइ LIKE गर्नुहोस !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger