कति सजिलो संग भने !
..
-द्वन्द्वको घाउ उप्काउने होइन, सत्य थाहाँ पाउने अनि मेलमिलाप गर्ने, त्यही
कुरा शान्ति सम्झौता, अन्तरिम संविधानको मर्म पनि हो।
हिजो जे भो, भो ! जो मारियो, काटियो,
लुटियो, यातना पायो पायो छोड्दिनुस् । अब नहोस् भन्नेतर्फ जानुस् । दुवैतर्फ खोजी
गर्दा अर्को द्वन्द्व निम्तिन्छ
। देश १२ वर्षपछि पर्यो । फेरि त्यस्ता कुरा डलरवादी मानवअधिकारवादीको उक्साहटमा गर्ने ?
हिजो को कुरा जे भयो भयो अब त्यसलाई
बिर्सिदिनुस भनेर कांग्रेसी उप सभापति तथा पुर्ब गृहमन्त्री रामचन्द्र पौडेलले
दन्द पिडितहरुलाई भन्नु भएछ !
हेर्नुहोस सेतोपाटीमा प्रकाशित समाचार http://setopati.com/raajneeti/10408/
..
यौटा सानो प्रसंग :
रसिक स्वभावका एकजना लहडी श्रीमानले घरमा श्रीमती हुँदाहुँदै आर्को सित लगन गाँठो कसेछ र घर ल्याएछन अनि "नल्याउनु
ल्याई हाले अब तिमीहरु दुइ दिदि बैनी एक आपसमा नंग र मासु जस्तै मिलेर बस्नु"
भनेर ब्याइते श्रीमतीलाइ भनेछन !
..
बिना कसुरमा लहडी श्रीमानले सौता
हाल्दा ति निर्दोष पत्नीलाई परेको चोट के दुनियालाई थाहा हुन्छ ? कति सजिलो भनाइ जे हुनु भै हाल्यो !
हाम्रा सबै पार्टीका नेताहरुको आफन्त
तथा नातागोता हिजो माओबादी नामका जत्थाले चलाएको कथित जनयुद्ध भन्ने दन्दमा मारिएका छन ? तिनीहरुले आफन्त गुमाएको चोट भोग्नु परेको छ ?
२०५२ साल पछी गठन भएका सबै सरकारका गृहमन्त्रीहरु
अहिले आएर त्राहिमाम भएका छन ! नहुन पनि कसरि देसको शान्ति सुरक्षाको साँचो नै
गृहमन्त्रीको हातमा हुन्छ ! गृहमन्त्रीको आदेस बिना नेपालको सुरक्षाफौजले १ पाइला
चाल्न सक्दैन ! गृहमन्त्री कत्तिको शक्तिसाली हुन्छ भनेर वर्तमान गृहमन्त्री
वामदेव गौतमको पटक पटकको शासन लाइ हेर्नुस !
म त निर्धक्क संग भन्न सक्छु २०५२ साल
फागुनमा गरिएको त्यो कथित जन आन्दोलन होस या उहिले २८ साल पछी माले कम्युनिस्टले
चलाएको नक्सली आन्दोलन अथवा कांग्रेसले चलाएको सत्याग्रह हुन या रामाराजा हरुले
२०४२ सालमा मच्चाएको बम काण्डनै किन नहोस यी सबै काण्ड तथा आन्दोलनहरु बिदेसिको
इसारामा भएको हो र त्यसको फाइदा पनि देस र जनतालाई भन्दा बिदेसीहरुलाइ नै भएको छ अझ खास गरि दक्षिणको छिमेकीलाई !
२००७ साल देखि आजको मिति सम्ममा नेपालमा
जति पटक आन्दोलन भयो र ति कथित रुपमा सफल बनाएको आन्दोलनले नेपाल र नेपाली जनतालाई
फाइदा हैन घाटा मात्र पुर्याएको छ ! ठुला नदि देखि सिमा सम्म मात्र हैन देसकै
साँचो अहिले बिदेसिको हातमा पुगी सकेको छ, तर नेपालका पार्टी र ति पार्टीका
नेताहरु एक आपसमा दोहोरि खेल्दैमा मस्त छन ! कतै यो दोहोरि खेल्दा खेल्दै दोहरीको
तालमा नेपालीहरु अनेपाली हुने त हैनन ?
होस गरौ है नेपाली जनताहरु २०४६ साल पछिका नेपालका राजनीतिक पार्टीहरुले छनक त्यस्तै
देखाई सकेका छन !
..
बि.स.२०७१ बैशाख ०४ गते बिहिबार ©जनक मान डंगोल janakdangol@gmail.com
No comments:
Post a Comment