Home » » चर्चामा आउने मेलो !

चर्चामा आउने मेलो !

Written By खांट्टी कुरा on Saturday, April 12, 2014 | April 12, 2014

तथाकथित जनयुद्धको आडमा हज्जारौ जनताको बलिदानी र खर्बौको व्यक्तिगत तथा सरकारी जिन्सी, नगदको नोक्सानी पश्चात शान्तिवार्ताको माध्यमबाट नेपालको राजनीतिमा प्रबेस गरेका नेपाली कम्युनिस्टको स्वांग रच्ने एकिकृत माओबादी पार्टीको नेता मध्येको एक शिर्ष नेता डा.बाबुराम भटराई आफु सधै चर्चाको सिखरमा रहन अनेक किसिमको हथकण्डा अपनाई रहनु हुन्छ !
नेपालमा संबिधान सभाको निर्वाचन २ पटक भयो ! अघिल्लो पटकको निर्वाचमा उहाँ पहिलो पटक अर्थमन्त्री र दोश्रो पटक स्वयम पार्टी अध्यक्षलाइ मात दिंदै प्रधानमन्त्रि समेत बनेर चर्चाको शिखर चुमी सक्नु भएको छ !
देसको अर्थ तथा प्रधानमन्त्रि भै सकेको व्यक्तिलाई देस र जनताको यावत समस्याको जानकारी नहुने भन्ने त प्रश्न नै उठ्दैन ! त्यहि माथि उहाँको पार्टी एमाओबादी 'गरिब जनताको मुक्तिको लागि लडेको' भनेर भन्ने गरिन्छ ! कथित युद्ध बिराम भएको यो ७/८ बर्षको दौरानमा के कति गरिब नेपालीले मुक्ति पाए त्यो यो आलेखमा चर्चा गरिनु उपयुक्त छैन !
सासन संचालनको दौरानमा डा. भटराई अर्थ देखि प्रधानमन्त्रि समेत बनि सक्नु भएको छ ! अर्थ तथा प्रधानमन्त्री भै सकेको व्यक्तिलाई देसको उधोग धन्दाको बारेमा थाहा नहुने प्रश्न नै हुन्न ! कुनै पनि उधोग कल कारखाना चलाउन कच्चापदार्थ पहिलो नम्बरमा पर्दछ ! कच्चापदार्थ स्वदेसमै पनि उपलब्ध हुन सक्छ र बिदेसबाट आयात पनि गर्न सकिन्छ त्यो उधोग संचालकको तजबिजीमा भर पर्ने कुरा हो !
देस भ्रमणको सिलसिलामा यहि मिति २०७० चैत्र २८ गते शुक्रबार नेपालको अग्रणी उधोगपती चौधरी ग्रुपको नवलपरासी जिल्लामा रहेको चौधरीग्राममा अबस्थित विभिन्न उधोग अवलोकन गर्दा उधोगलाइ चाहिने कच्चापदार्थ बिदेसबाट आयात गर्नु पर्छ भन्दा छक्क पर्नु भएछ !
हेर्नुस बक्स:
नेपाल कृषि प्रधान देस भनेर आज भन्दा केहि बर्ष अगाडी सम्म चिनिन्थ्यो जुन आज त्यो रहेन ! नेपालको भौगोलिक बनावटले गर्दा देसको तराइ बाहेक अन्यत्र मेसिनबाट खेतीपाती गर्न सकिंदैन ! मेसिन प्रयोग नभए पछी खट्ने भनेको मानिस स्वयमनै हो ! जनयुद्ध देखि आजको दिन सम्म आइपुग्दा त्यसरी पाखुरी खैचिने जवानको लर्को दिनहु बिदेसिने क्रम बढ्दो छ ! खेति गर्ने जमिन दिनहु बाँझो बन्दै गएको छ ! गाउँघरमा हिजो आज श्रम गर्ने जनशक्ति छैन !
डाक्टर भटराईज्युले जुन उधोग निरीक्षण गर्नु भयो त्यो उधोगहरुमा खपत हुने कच्चा पदार्थ गहुँ, तथा फल्फुल बिदेस बाट आयात गर्नु पर्दैनथ्यो तर मैले माथिनै उल्लेख गरि सके देसको युवा जनशक्ति बिदेसिए पछी खेतबारीमा अन्न फलफुल रोपिन्छ ? जब उत्पादननै नभए पछी उधोग संचालनको लागी बिदेसबाट झिकाउनु पर्ने बाध्यता छ कि छैन ?
यी सम्पूर्ण यावतकुराहरुको जानकारी हुँदाहुँदै पनि सस्तो लोकप्रियताको लागी सामाजिक संजालमा ब्यक्त गरिएका भावना तर्क र जायजपूर्ण छैन ! पटक पटक मन्त्रि देखि प्रधान मन्त्रि सम्म बन्दा के गर्नु भयो उहाँले देस र जनताको लागी ?
कहिले कृषिक्रान्तिको कुरा गर्नु हुन्छ भने कहिले बाख्रापालन ! अहिले आएर वास्तविकता आफ्नै आँखाले द्ख्दा आश्चर्य मान्नु पर्ने त्यस्तो के कारण आइलाग्यो डाक्टरसाप ? तपाइको पार्टीले पोहोर गरेको महाधिबेसनस्थल हेटौडा कपडा संचालन गर्छौ भनेर वाचा गरेको आज कति महिना भयो त्यो याद गर्नु भएको छ ?
तोड्नु र नस्ट गर्नु मिनेट लाग्दैन तर जोड्नु धेरै समय लाग्छ ! स्वर्गबासि राजाहरु तथा पन्चहरुले जोडेको उधोगधन्दा आज २४ बर्षमा आएर सब सत्यानास बनाउनेमा अन्य पार्टीहरु संगै तपाइको पार्टी पनि उत्तिकै जिम्मेवारी छ ! राजनीतिक पार्टीलाई करोडौको चन्दा दिएर पनि जेनतेन उधोग चलाउन सक्छन भने सरकारी क कारखाना चैँ दिन प्रतिदिन किन र कसरि घाटामा जान्छन ? त्यो किन सोचिदैन ? देसमा उधोग धन्दा कल कारखाना नभयेसी युवाशक्ति बिदेस पलायन हुनु परेको तथ्य बाट पनि अनभिज्ञ पक्कै हुनुहुन्न भने बेलाबखतमा तपाइँ बाट पत्र पत्रिका तथा सामाजिक संजालमा ब्यक्त गरिने सोच, बिचार र चिन्तन मनन भनेको ढोंग र छ्लवा मात्र हो ! 


© जनक मान डंगोल,www.janakdangol@gmail.com
पेज मन पर्छ भने www.facebook.com/khattikuro लाइ LIKE गर्नुहोस !
बि.स.२०७० चैत्र २९ गते सनिवार !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger