२०४६ सालमा नेपालमा ३० बर्षे पन्चायती
व्यवस्थालाई बिघटन गरेर दोश्रो पटक नेपालमा प्रजातन्त्र लागु भयो ! प्रजातन्त्रले
राम्रो सित जरो गाडन नपाउंदै नेपालमा केहि कम्युनिस्ट पार्टीहरु मिलेर तथाकथित
'जनयुद्ध' घोषणा गरे ! नेपालको इतिहासमा यो तथाकथित जनयुद्धलाइ सकारात्मक भन्दा
पनि नकारात्मक दृष्टिकोणले हेर्नेको जमात बढी छ !
सित्तैमा किन खट्थे, बिदेसिहरुले नेपालको राजतन्त्र हटाउन युरो, डलर पाउन्डको बर्षा गरि दिएको थियो !
२०४६ साल अघि सम्म कुर्कुच्चा फाटेका हरु छोटो समयमै कसरि एकाएक सु-सम्पन्न भए त्यो त्यसैको उदाहरण हो तर राजतन्त्र बिघटन भए पछी स्यालको सिंग जस्तै गरि यी सबै के, कसरि, किन हराय ? छ कसै सित यसको जवाफ ? ८ बर्ष सम्म नेपालमा नेपालको जनताले नागरिक समाज देखि मानब अधिकारकर्मी सम्मको अनुहार त परै जावोस नाम सम्म सुन्न पाएनन, किन ?
हातमा 'हन्टर' लिएको सर्कसको रिंग मास्टरले बाघ, भालु,
शिंहलाइ आफ्नो इसारामा नचाउछ ! रिंग मास्टरले भनेको मान्यो भने माया गर्छ र भनेको
मानेन भने 'हन्टर' अर्थात चाबुक भेट्छ ! नेपालको त्यो बाह्र बर्षे कथित जनयुद्द
पनि त्यहि तौर तरिकाको थियो ! रिंगमास्टररुपी लडाकाको हातमा 'हन्टर' रुपी बन्दुक
भए पछी ति निरिह प्राणि जसरि आदेस मान्न बाध्य थिए नेपालको जनतालाई पनि बन्दुककै
बलमा काबुमा राखेका थिए ! जो काबुमा बस्न चाहदैन थिए त्यो उनीहरुको नजरमा बिद्रोही
हुन्थे र तिनलाई सुराकीको आरोपमा उनीहरुको भाषामा 'सफाया' अर्थात मृत्युदण्ड
दिन्थे !
मानव अधिकार भनेको मानवनामका प्राणिको अधिकार गर्ने
भनेर परिभाषा लाउछन र त्यस्तो परिभाषा लाउनेलाइ मानव अधिकारकर्मी, मानब
अधिकारबादी जस्ता विभिन्न नामले पुकार्ने गरेको पाइन्छ ! बिश्वब्यापी मान्यता
अनुसार कुनै स्थानमा लडाइ भएमा २ थरीले सजिलै प्रबेस पाउछन ! पहिलो रेडक्रस र
दोश्रो मानब अधिकारकर्मी ! दुबैको काम भनेको मानवको रक्षा गर्ने हो भनेर भन्छन !
लडाई भनेको दुइ पक्षको बिचमा हुन्छ ! देस देसको
बिचमा हुन्छ, राजनीतिक पार्टीको बिचमा हुन्छ, ब्यबस्था परिवर्तनको लागी हुन्छ ! जे
जस्तोमा भए पनि लडाई भनेको लडाईनै हुन्छ र त्यो घातक हुन्छ ! लडाईले आज सम्म
मानवको हित गरेको बिश्वमा कहिँ कतै देखिदैन !
संसार भरिको देसको साझा संगठन छ जसलाई छोटकरिको
भाषामा UN अर्थात 'संयुक्त रास्ट्र संघ' भनिन्छ ! नाम संयुक्त रास्ट्र संघ हो तर
त्याहा दादागिरी धनि र सक्तिले सम्पन्न भएको देशहरुको चल्छ र तिनमा पनि खेमा खेमा
छ र सधै एकले अर्कोलाई सिध्याउने रणनीति बुन्दै बसेका हुन्छन ! तिनै रणनीति मध्येको
एउटा पाटो हो नेपालको माओबादी आन्दोलन !
सीधा र सहि अर्थमा भन्ने हो भने नेपालमा माओबादी
आन्दोलनको कुनै जरुरि नै थिएन ! पंचायती ब्यबस्थामा जनताले बोल्ने हक पाएनन भनेर
आन्दोलन गरे अथवा गराइए ! पंचायत बिघटन गरेर देसमा प्रजातन्त्र लागु भएको ६ बर्ष
नबित्दै किन माओबादी जन्माइयो यो कुरा नेपालको जनताले अहिले आएर बल्ल बुझ्न थालेका
छन !
नेपालमा बिना उद्देस्यको कथित जनयुद्ध संचालन
गर्ने बेलामा आक्कल झुक्कल बाहेक नेपालको मानब अधिकारबादी भन्नेहरु बोल्दैनथे !
सरकार पक्ष बाट माओबादी माथि दमन हुना साथ कोकोहोलो मच्चाउथे तर बिद्रोही पक्ष बाट
जति सुकै जघन्य अपराध हुँदा पनि चुंक्क आवाज निकाल्दैथे ! यसै बाट थाहा हुन्छ
नेपालको मानवाधिकार बादी देखि कर्मीहरु को द्वारा संचालित छ भनेर !
नेपालमा चर्को गणतन्त्रको राग अलाप्नेहरुमा मानवाधिकारबादी हरु अग्र पंक्तिमा पर्दछन ! २०४६ साल पछी राजनीतिक पार्टीहरु प्रजातन्त्रको अभ्यासमा मग्न थिए ! नेपालको जग हाल्ने राजतन्त्र हटाउन 'नागरीक समाज' नामका कथित बिना दर्तावाला जमातेहरुका फौज देखि दर्तावाला मानव अधिकारकर्मीहरु नाउँका गुटहरु सम्म अनेक थरिको छद्म भूमिका निभाउंदै अहोरात्र खटेका थिए ! सित्तैमा किन खट्थे, बिदेसिहरुले नेपालको राजतन्त्र हटाउन युरो, डलर पाउन्डको बर्षा गरि दिएको थियो !
२०४६ साल अघि सम्म कुर्कुच्चा फाटेका हरु छोटो समयमै कसरि एकाएक सु-सम्पन्न भए त्यो त्यसैको उदाहरण हो तर राजतन्त्र बिघटन भए पछी स्यालको सिंग जस्तै गरि यी सबै के, कसरि, किन हराय ? छ कसै सित यसको जवाफ ? ८ बर्ष सम्म नेपालमा नेपालको जनताले नागरिक समाज देखि मानब अधिकारकर्मी सम्मको अनुहार त परै जावोस नाम सम्म सुन्न पाएनन, किन ?
त्यसैले नेपालमा यी 'नागरिक समाज' भन्ने अघोषित हुल्याहा जमाते
देखि 'मानव अधिकार' भन्ने विभिन्न नामका संस्थाहरु सम्म नेपाली जनताको लागि 'लुतो न कन्याई'
हुन ! यी देस र जनताको भलाइको लागी नभएर आ-आफ्नो दुनो सोझ्याउन बिदेसिहरुले खडा गरि
दिएका हुन ! मानव अधिकारबादीहरुको नाउँमा बिदेसी डलर, युरो, पाउण्डहरुले छापिएको चिल्लो कागजमा 'सान्तिको प्रतिक
परेवा' र 'बालिएको मैनबत्ति'को फोटोले नेपालमा 'न्याय, शान्ती र शुसासन' पाइन्छ भनेर
कल्पना गर्नु भनेको कथाको पात्र 'सोम शर्माले कल्पना गरेर खाएको सातु'
जस्तै हो !
© जनक मान डंगोल,www.janakdangol@gmail.com
पेज मन पर्छ भने www.facebook.com/khattikuro लाइ
LIKE गर्नुहोस !