बल्खु दर्बारा घाम पार्टीका ठुला नेता छन घनस्याम भुषाल ! तिनले म पढ्या स्कुललाइ बेस बनाएर राच्च्निती गरे ! उहिलेको घाम (सुबथा) को कोपभाजना परेर म पढ्या स्कुल श्री गिर्बाण सरस्वती संस्कृत माध्यामिक बिधालय २०३८ साला निल भो ! त्यो ३८ साला देको SLC नाउँको जाँचा आजको 'लाउरे मलाय'को भागा ६ थान आलु पर्याथ्यो ! सहपाठी साथिथे एक जना बाजे थरिका ! आँशुकबि सम्भु प्रसाद ढुंगेललाइ मात गर्ने ! आँशुकबि भन्या बुझ्नुहुन्च्चंकि नाइँ ? प्रश्नोत्तर लाइ तु का तु कवितामा भन्न सक्ने लाइ आँशुकबि भन्छरे ! साथि १ नम्बरको पढ्नदास ! हामि चैँ त्यति मन गर्दैनथ्यौ तर 'सुर्य ग्रहणा' परेर साथीको भागानि ४ थान पोट्याटो पर्या रैच्च !
६ थान आलुको रन्कोले पढ्न मन गरिन ! नपढेर ठिकै
गरेछु ! घनस्याम आज बल्खु दर्बार मात्र हैन
देस हल्लाउने भाका छन तर म नि कम छुईन नि हाउ ! परदेस हल्लार बस्याच्चु ! भुषालले
हिजो हाम्लाई उचाल्थे ! बातै पिच्छे 'शोषक र सामन्ती' भन्थे ! सायद त्यो बेलाको 'घाम' लाइ भनेका तिनले !
समय बलवान छ भन्थे हो रैच्च ! हिजो घनस्याम
भुषालहरुले भन्ने गरेको पन्चेतको त्यो 'शोषक र सामन्ती' भन्ने घाम र आजको आधुनिक 'घाम' मध्ये कुन चाहिने 'तीनपाने' रैच्च तुला हालेर जोख्दैछु
किनभने हाम्रा त्यो बेलाको बिधार्थी नेता भुषालले 'जनतालाई चुस्ने र खोक्रो पार्ने लाइ शोषक र
सामन्ती भन्छ' भनेर 'शोषक र सामन्ती' को अर्थ लाम्थे !
पन्चेत भन्ने 'शोषक र सामन्ती' ले ३० बर्ष देस हाक्यो ! कम्युनिस्टका देउताहरु
मध्येको एक माओका चेला चपेटाले हाम्रो हेटौडा २ हजार जनालाई प्रत्यक्ष रोजगार दिने
'हेटौडा कपडा' देखि ट्रली बस, इँटा कारखाना जस्ता
हजारौ हजारलाइ रोजगार दिने कारखाना जोडेका थिए तर तिनै देउताले जोडेका कारखाना
कांग्रेस संग मिलेर स्वाहा बनाए ! २४ बर्षको उपलब्धि भनेर उलो फुइ लाम्च्चन अझ !
त्यो बेला स्कुल पढ्ने बेला साथीको एउटो खुट्टो
सेल्टरा अनि आर्को खुट्टो बटौलीको पुलिस थाना हुन्थ्यो ! आज घामको प्रचण्ड गर्मीले
साथि सेकुवा हुनु पर्नेमा मल खाल्डाका सप्रेका प्युठाने मुला जस्तो भाका छन ! 'प्युठाने मुला ढिकी
भन्दा ठुला' भन्ने आहान छ ! तर म चैँ 'लाउरे मलाय' बनेर गालामा हात लाम्दै 'शोषक र सामन्ती' को परिभाषा जान्ने कोसिस गर्दैछु !
'शोषक र सामन्ती' को परिभाषा आज २ बिस ८ हुँदा पनि पत्तो लाउन नसकेतापनि एउटा खुसि र
सन्तोक चैँ के छ भने मैले SLC फेल भए पछी नपढेर ठुलो बुद्धिमानी काम गरेछु ! नेपाला धेरै पढेर को
चैँ ठुला मान्छे भाका छन ! धेरै पढेसी हुने नेता हो ! नेताको परिभाषा मलाइ भन्दानि
भुक्तभोगी जनतालाई थाहा छ ...
तर ?
यो 'शोषक र सामन्ती' भनेको चैँ के हो ? अब फेरी एक पटक यसको अर्थ बताई दिन्थेकी अहिलेका नेताहरुले !
तर ?
यो 'शोषक र सामन्ती' भनेको चैँ के हो ? अब फेरी एक पटक यसको अर्थ बताई दिन्थेकी अहिलेका नेताहरुले !