Home » » हाउ सेउसी !

हाउ सेउसी !

Written By खांट्टी कुरा on Thursday, March 27, 2014 | March 27, 2014

मैले यो भन्दा अगाडी काम गरेको सेक्युरिटी कम्पनीको साउबाको छोरी मलामीको काल थिइन ! अफिसको हर्ताकर्ता तिनै दिदि भाइ थिए ! भाइ चैँ मासु मोल्ने हो भने मारेर २ बिस तर त्यसका दिदिलाइ जोख्ने हो भने ४ बिस भन्दा नि बढी उमेर चैँ ३५ काटेकी ! एक दिन सुपरभाइजर चांग भन्नेले 'हाउ सेउसी यु टुडे' भंदेको घिरम्लो जत्रो नाक पारेर मसक्क मस्कीई गाँठे !
नेपाला 'सेउसी' भन्यो भने हेटमडा बन्या 'धुर्बे छाप' पाउरोटी चप्पल देखा पनि यै आँखाले देख्या तर त्यो दिना चाँगले 'हाउ सेउसी' भन्दा तिन छक्क परियो ! नपर्नुनि कसरि ? 'मलाय लाउरे' ले पहिलो पल्ट सुन्या सब्द !
'सेउसी' अर्थात राम्री लाइ मल्या भाषा 'चान्तेक' भन्छ भने आइमे मुन्छिलाई भन्नु पर्ने ता 'गाडिस' हो तर 'आमोई' पनि भनिन्छ ! अर्थात 'चान्तेक आमोई' !

अफिस काम गर्ने थुप्रै क्लर्क केटिहरु छन बराहरुको पुर्पुरा 'भाले' जुर्या छैन ! मलेस्या हाम्रो नेपालाझैँ बाउ आमाले भाले खोज्दिदैन, खोज्ने आफैले हो ! त्यहि भर 'सेउसी' बन्न र देख्न लाइ न्वारान देखिको बल झिक्छन ! अनेक थरिका बास्ना आम्ने के के जाति छर्किन्छन !
एउटा मले चाइनिजलाइ तेरो पनि 'आम्मोई' छ भनेर सोधेको मुख अमिलो पारेर 'तिडा' (छैन)  भन्यो ! अनि किन भनेको त 'के गर्ने "जना" (जना भनेको मेरो नाम "क" चैँ भन्न जानेन)  म परे जनरल वर्कर,अहिले आम्मोइले सुपरभाइजर, मेनेजर खोज्छ ! अनि अफिसा काम गर्ने २ बिस तौल भाकी लाइ देखाम्दै भने त्यसको पनि 'लेलाकी' (केटा) छैन ! बे गर्छस म कुरा गर्छु भनेको त 'हुन्न' पो भन्छ ! किननि भनेको त्यो राम्री भएर के गर्नु त्यसको सरिरा खोट छ रे !
बडो अचम्मको छ हो यो देस र याहाको चाइनिज हरु ! बे गर्नु भन्दा पहिला लप गर्छन ! बाउ आमाकै अगाडी नारियर बटारियर हिन्छन ! त्यति मात्र हो र बे गर्नु भन्दा पहिले नै घर ज्वाई बस्न आउछन ! बे गरेर १/२ बर्ष भित्र सम्म पनि बच्चा जन्माउन सकेन भने केटा पुर्ब केटि पश्चिम !
तर जे जस्तो भए पनि मैले चैँ ति बे नगरेका नानीहरुलाइ भेटना साथ 'हाउ सेउसी' भन्न छोडेको छैन ! आज ता के भनेको भनेर सोधी एउटीले अनि यतैको भाषा भने 'चान्तेक्न्या आवा' अर्थात तपाइँ राउरी भनेर भन्या भंदेको मसक्क मस्की तर मैले त पैला नै भंदेको छु सबैलाई 'saya sudah kawin ... rumah ada cucu'
औरेजी बुझ्नु भएन होला ! मलेस्या लेख्ने औरेजी यस्तै हो र यस्तै गरि लेख्छन ! अर्थ चैँ 'साया सुडाह काविन' भनेको 'मेरो ब्या भै सक्यो' ... अनि... 'रुमाह आडा चुचु' भन्या चैँ घरा नाति छ भन्या ! cucu मा h अक्षर गायब छ किनभने मलेस्या अक्षर गाएब गरेर लेख्ने चलन छ !
..
पेज मन पर्छ भने www.facebook.com/khattikuro लाइ LIKE गर्नुहोस !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger