Tuesday, March 25, 2014

बुझ्नेलाइ इसारानै काफी हुन्छ !

हाम्रो नेपालको गाउंघरमा एउटा उखान छ ‘काम नपाको ब्वारी .... पाडाको कन्नो कन्याउनु’ ! बुहार्तनको भाषामा ब्वारी भनेको ‘गधाझैँ खटिने प्राणी’ हो ! ‘बुहार्तन’ को अर्थ हुन्छ सासुको ब्वारी माथीको कज्याई ! कुरोको प्रसंग अनुसार गधालाइ ब्वारी संग जोडेर नारीको अपमान गर्न खोजिएको हैन तर जसरि गधा घाम पानि, बिराम समेत नभनी मालिकको खटाई र पेलाइमा असिन पसिन हुँदै श्रम गर्न बाध्य हुन्छ,पारिन्छ हाम्रा गाउँ घर तिर पनि ब्वारिहरुको हालत त्यहि नै हो ! एक त ब्वारी फुर्सिदिली नै हुन्नन र हुन पनि दिदैनन ! उखानले भन्न खोजेको आसय चैँ यो हो !

हाल नेपालमा विभिन्न विचारधाराले खोलिएका सयौं राजनीतिक पार्टीहरु छ ! कुनै समाजबाद, कुनै कम्युनिस्ट, कुनै रुढिबादी, कुनै राजतन्त्र सहितको प्रजातन्त्र मान्ने पार्टीहरु छन ! यी पार्टीहरुमा कुनै उदार खेमाका छन कुनै कट्टरपन्थी विचारधाराको !
कम्युनिस्ट पार्टी भन्नाले प्राय कट्टरपन्थी स्वभाव हुन्छ ! कम्युनिस्टले समर्थन गर्ने भनेको कट्टरपन्थी विचारधाराको गणतन्त्र हो ! कम्युनिस्टले जातपात, धर्म संस्कृति पुजी केहि मान्दैन अर्थात अंगाल्दैन ! कम्युनिस्टको नजरमा सबै बराबर ! सबै बराबर भनेको एक पार्टी र एक बाद अनि विचारधारा !
अन्य देसको कुरा नगरौ हाम्रो नेपालको कम्युनिस्ट पार्टीको बारेमा चर्चा गर्दैछु ! २००६ सालमा नरबहादुर कर्माचार्य, सहाना तथा साधना प्रधानको दिदिबैनीहरु समेत केहि सिमित व्यक्तिहरु नेपालबाट भारतमा गएर पार्टी गठन गरे र उक्त पार्टीमा क्रमस: अन्य ब्यक्तिहरु जोडिदै गए ! पार्टी गठन गर्नुको मुख्य उद्देस्य नेपालबाट जहानिया राणाशासन फालेर संबिधान सभाको निर्वाचन मार्फत नया संबिधान बनाएर लोकतन्त्रको बहाल गर्नु थियो र सफल पनि भए !
लोकतन्त्र भन्नाले जनताको सासन भनेर बुझ्नु पर्छ भने त्यसमा राजतन्त्र अट्ने त कुरै भएन ! २००७ देखि कुइरोको काग जस्तै रुमल्लिएको नेपालको पार्टीहरुले २०१५ सालमा चुनाव गरे तर संबिधान सभाको हैन संसद्को ! त्यो बेला देखिको संबिधान सभाको रटान आजको मिति सम्ममा कायमै छ तर संबिधान सभा बाट न संबिधान बनेको छ न बन्ने सुरसार छ !
७१ बर्ष भयो नेपालीले नेपाले कम्युनिस्ट देखेको ! यो बिचमा कम्युनिस्ट पार्टी कम्तिमा पनि ३ दर्जन भन्दा पनि बढी गठन भैसकेको छ ! नारा एकै, झण्डा एकै, बिचार एकै, सिद्दान्त र बाद एकै ! सबैको विचारधारानै क्रान्ति अनि त्यो क्रान्ति सफल गराउने र जनताको सासन स्थापित गर्ने !
क्रान्ति त नेपाली जनताले जुद्ध सम्सेर जंग बहादुर राणा देखि अन्तिम राजा ज्ञानेन्द्र हुँदै आजको मिति सम्ममा देख्दै भोग्दै आएको छ ! राणा सासन लाइ पूर्ण गन्ति नगरेर २००६ साल देखि नै हिसाब गर्ने हो भने ६४ बर्ष भो नेपाले कम्युनिस्टको आन्दोलन ! कम्युनिस्ट आन्दोलन सफल भाको छैन भनु भने २००७ सालमा राणा, २०४६ सालमा पंचायत अनि २०६३ मा कम्युनिस्टको कट्टर दुश्मन राजतन्त्र समेत फालेकै हुन ! पटक पटक सत्तामा पुगेकै हुन तर नेपालको जनताले पायो के त ?
नेपालको कम्युनिस्ट यदि देस र जनता प्रति संच्चिक्कै उत्तरदायी भएको भए प्रथमत: यी ३ दर्जन भन्दा माथिका टुक्रामा उछिट्टीदैन थिए ! अचम्मको कुरा के छ भने नेपाल कम्युनिस्ट पार्टी १ मसाल, मशाल, मषाल ! यो एउटा सानो उदाहरण ! नाम एकै छ तर पातलो ‘स’, मोटो ‘श’, अनि पेट चिरेको ‘ष’ यो भनेको व्यक्तिको निजि कम्पनि अर्थात प्राइभेट लिमिटेड कम्पनि जस्तै हो कि हैन ? पुरानो कुरा किन गर्नु कथित ‘जनयुद्द’ नाउँको रक्तपात र हिंसाको आन्दोलन गरेर जनताको अगाडी आएको नेपाल कम्युनिस्ट नाउँको पार्टी आज (स) (श) (ष) कै तौरतरिकाले छुट्टेका छन ! यी यिनै पार्टी हुन जुन हिजो तिन (स) (श) (ष) हुन ! नानि देखि लागेको बानि किन छुटथ्यो पुरानै (स) (श) (ष) बनाउन मिलेन अनि क्यास (एनेकपा माओबादी), (नेकपा-माओबादी) ड्यास र (नेकपा माओबादी) झयास बनेका छन ! अझै पनि यी तिनै थान पार्टीले जनयुद्ध र क्रान्ति सकिएको छैन र फेरी गर्छ्म भनेर जनतामा फुइ लाउन छोडेका छैनन !
माथि सुरुमा उल्लेख गरे अनुसार ‘काम नपाको ब्वारी’ भनेझै यी कम्युनिस्ट पार्टी तिन दर्जनकै काम भनेको अन्य पार्टीको हैन आफ्नै बिरादरीको खोइरो खन्नु हो ! आक्कल झुक्कल अन्य पार्टीको टिका टिप्पणी गर्छन हैन भने आफ्नै जात बिरादरीको उग्र खोइरो खन्छन !
यिनकै सिको गरेर हिजो आज कांग्रेस तथा केहि मदेसबादी दलहरु समेतले आफ्नै बिरादरिको कुरा काटन थालेका छन तर पुर्व पंचहरुको पार्टीले एक अर्काको खोइरो खनेको देख्नु र सुन्नु भाको छ ? पंचायतको बर्गीय संगठन रास्ट्रबादी स्वतन्त्र बिधार्थी मण्डलको नाम लाइ अपभ्रंस पारेर मण्डललाइ मण्डले बनाएझै हिजो आज अरुले हैन यिनीहरु स्वयम आफैले ‘लाल मण्डले’ को पगरी एक अर्कालाई भिराइदिने गरेका छन ! कुरा ठिकै पनि हो ! मण्डलको परिभाषा ‘समुह’ हुन्छ ! उ बेलाको पन्चायतको बर्गीय संगठन मध्येको एक बिधार्थीको संगठनलाइ त्यो बेलाको पन्चहरुले दुरुपयोग गरे भनेर अहिलेका कांग्रेस र कम्युनिस्टहरुले सत्तो सराप गरेर प्रतिबन्ध लगाउन बाध्य पारेका थिए भने जनतालाई दुख दिने यी ‘लाल मण्डले’ देखि ‘निला हरिया पहेला र छिर्केमिर्के मण्डले’ हरुको फौजलाई चैँ कसले प्रतिबन्ध लाउने हो ?
त्यै भर आकास तिर फर्केर थुक्न हुन्न भनेको हो हाम्रा बुढापाकाले ! हिजो अहिलेका हरुले उहिलेको ‘मण्डले’ को उग्र बिरोध गरे झैँ अब फेरी नेपालको जनताले च्याउसरि उम्रेका अहिलेका यी राता, निला, हरिया, पहेला, छिर्केमिर्के ‘मण्डले’ हरुको सबै जमातलाई प्रतिबन्ध नलाए सम्म देस र जनताको भलाइ कहिले पनि हुँदैन ! यी सबै बिरालाको फौज हुन र ‘धेरै बिरालोले मुसो पनि मार्दैन’ भन्ने उखान पनि हाम्रै देसको गाम्घरा प्रचिलित छ !
२२ बर्ष सासन चलाएर देशलाई स्वर्गको एक टुक्रा बनाएर देखाई दिने मलेसियाको पुर्व प्रधान मन्त्रि महाथिर मोहम्मदले मिति २०७० चैत्र १० गते सोमबार नेपालको राजधानीमा दिएको प्रवचनमा स्पस्ट भनेका छन ‘बिना तानाशाही देस बिकास हुन्न’ ! तिनले दिएको प्रबचन नेपालको राजनीति देखि उधोगपति अनि बुद्धिजिबी समेतले एकाग्र भएर सुनेका थिए तर बुझेकी बुझेनन ? यदि बुझेको भए बुझ्ने लाइ अब यत्तिनै काफी छैन र ?
janakdangol@gmail.com