Home » » किन भएन नेपाल र नेपालीको बिकास ?

किन भएन नेपाल र नेपालीको बिकास ?

Written By खांट्टी कुरा on Monday, March 24, 2014 | March 24, 2014

(तस्बिर साभार: अनलाइन खबर)
नेपाल उधोग बाणिज्य महासंघको हार्दीक निमन्त्रणामा दक्षिण पूर्वी एसिया मलेसियाको पुर्व प्रधानमन्त्री महाथिर मोहम्मद हाल नेपालको मैत्रीपूर्ण भ्रमणमा हुनुहुन्छ ! त्यसै सिलसिलामा आज मिति २०७० चैत्र १० गते सोमबार नेपालको राजधानी काठमाण्डौ स्थित होटेल सेराटनको सभाकक्ष मा हज्जारौ दर्शकको सामु २५ मिनेटको प्रबचन दिनु भएको रहेछ !
प्रवचनको सिलसालामा उहाँले भन्नु भएको रैछ कुनै पनि देस उन्नतिको शिखरमा लम्किन प्रथमत: त्यो देसको राजिनीति स्थायित्व हुनु पर्दछ ! जुन देसमा राजनीति स्थायित्व हुँदैन त्यो देसले बिकासको फडको मार्न सक्दैन भने दोश्रोमा तलदेखिनै बिकास गर्दै आउनु पर्छ ! तलदेखि भन्नाले शिसुकाल देखि अर्थात बिधार्थिकाल देखिनै ! जब बिधार्थी अबस्थामा नै सबै कुरामा जान्ने बुझ्ने हुन्छन तब मात्र त्यो बिधार्थी पछी गएर परिवार, समाज हुँदै देस बिकासमा महत्वपूर्ण योगदान दिन सक्छ अनि तेश्रोमा साम्प्रदायिक सोचबाट मुक्त हुनु पर्दछ !
पुर्व प्रधानमन्त्री महाथिर मोहम्मद साम्राज्यवादी ब्रिटिसबाट अर्थात अंग्रेजबाट मलेसिया स्वतन्त्र भए पछिको चौथो प्रधानमन्त्री हुनुहुन्छ ! उहाँ प्रधानमन्त्री हुनु भन्दा अगाडी सम्म मलेसिया पनि हाम्रै देस जस्तो अस्थिर राजनीति र अल्प बिकसित थियो भने जनताहरु काम र मामको खोजीमा अर्काको देसमा जान बाध्य थिए ! जब महाथिरले सत्ता सम्हाले तब उनले सुरु लगानी बिधार्थी बाट सुरु गरे ! बाहिर देसमा रोजगारमा गएको आफ्ना देसका नागरिकलाई फिर्ता बोलाए ! बिदेसी लगानीकर्ता भित्र्याए र २२ बर्षमा मुलुकको मुहार नै परिवर्तन गरि दिए आज मलेसियाले लाखौलाख बिदेसी नागरिकलाई आफ्नो देसमा रोजगार प्रदान गर्न सफल भएको छ ! त्यहि भएर आज मलेसियाली जनताले महाथिर मोहम्मदलाइ ‘Brand of the nation’ भनेर नाम दिएको छन !
तर यसको ठिक बिपरित हाम्रो देसमा छ ! हाम्रो देसमा २०४६ साल भन्दा दसौ बर्ष अगाडी देखिनै विधार्थीलाई ज्ञान विज्ञान,समाज अनि देसको दायित्व भन्दा पनि राजनितीक पार्टीको झण्डा बोकाएर विध्वंस गर्न सिकाइन्छ ! हरेक आन्दोलन होस या हड्तालमा बिधार्थी बिना ति राजनीतिक पार्टीको कार्यक्रम सफल हुन सक्दैन ! जसरि मिथक कथा रामायणमा भगवान रामको बानर सेना थियो र त्यै सेनाको मद्धतले लंका बिजयी भाकोथ्यो त्यस्तै गरि नेपालको राजनीतिक पार्टीहरुले बिधार्थीलाइ आफ्ना सेना बनाएका छन ! अनि काहाँ बाट देसको उन्नति र बिकास हुन्छ ! यो पंक्तिकार स्वयम मलेसियामा रोजगार गर्न बसेको आज १० बर्ष लाग्दैछ ! दस बर्षको दौरानमा याहांको राजनिती देखि आर्थिक र सामाजिकलाइ नजिकबाट नियाल्ने मौका पाएको छ ! आज सम्म साम्प्रदायिक दंगा देखेको छैन !
मलेसियामा हाल पनि ४० भन्दा बढी राजनीतिक पार्टी छ तर केन्द्रिय चुनावमा मुख्य ६ राजनीतिक पार्टीको बोलबाला छ तर ४० भन्दा बढी राजनीतिक पार्टी भएता पनि मलेसियामा कम्युनिस्ट पार्टी एउटा पनि छैन र मलेसियामा कम्युनिस्ट पार्टी गठन गर्न पनि पाइदैन भन्ने मान्यता छ ! कुरा ठिक पनि हो ! यी कम्युनिस्ट भन्नेहरु सल्लाह र बिचार बाझिना साथ गुट बनाएर तुरुन्त आर्को पार्टी गठन गरि हाल्छन ! नपत्याय अर्काको देसको कुरा के गर्नु हाम्रै देसका कम्युनिस्टहरु लाई हेरेबुझे हुन्छ ! २००६ सालमा भारतमा गएर नर बहादुर कर्माचार्य, साहना तथा साधना प्रधान दुइ दिदि बैनीहरु भएर गठन भएको नेपाल कम्युनिस्ट पार्टी आज टुक्रीदै, चोइटिदै ३ दर्जन भन्दा बढी भैसके ! यिनले लेखेको दस्ताबेजलाइ पटकथामा ढालेर चलचित्र बनाउने हो भने सयौ भागको धाराबाहिक सानो पर्दाको चलचित्र बन्न सक्छ ! यी कम्युनिस्टहरु पार्टी मात्र बनाउन गठन भाको कि देस र जनताको बिकास गर्न गठन भाको अब आफै खुट्याउनुस त !
आर्को छ समाजबादको नारा दिएर कहिले पनि नथाक्ने तर उसको पनि जन्म २००४ सालमा भारतमा भएको नेपाली कांग्रेस नामको पार्टी ! सत्तामा नहुन्जेल समाजवाद, पुंजिबाद र बिकासको कुरा गरेर थाक्दैन ! जब जनताले बहुमत दिएर सत्तामा पुर्यौना साथ सुरुमा रास्ट्रघाती सन्धि देखि नदीनाला छिमेकीलाइ बुझाउन हतार हुन्छ ! आफ्नै पार्टीमा गुट उप गुट जन्माएर स्थिर राजनीतिलाइ अस्थिर बनाउन सुरु गर्छ !
हाम्रा महान दक्षिणी छिमेकी जो सित हाम्रा मदेस भन्ने तथाकथित एक मदेसको सपना देखाइएको मदेस प्रान्तमा बस्नेको रोटि देखि बेटी र सांस्कृतिक साइनो सम्म रहेकोले साम्प्रदायिक विचारधाराले ग्रस्त एक हैन दसौ मदेसी पार्टी जन्माई देको छ ! जसको कृपाले पटक पटक मदेस आन्दोलनको नाउँमा हत्या, हिँसा र तोडफोडको लेखाजोखा नै छैन ! सदियौ देखि बसेको रैथाने पहाडी मुलका नेपालीलाइ आफ्नै बासस्थान बाट खेदेने काम कार्य सम्म भो !
अब भन्नुस त मलेसियाली पुर्व प्रधानमन्त्री महाथिर मोहम्मदले भनेझै राजनीति स्थिर र साम्प्रदायिक सोच त्यागे पछी मात्र देसको बिकास हुन्छ भन्ने मान्यता हाम्रा सबै राजनीतिक पार्टीहरुले राख्दा रैछनत ?
आजको कार्यक्रमको समति, समाजबाद र बिकासको नारा दिने हाम्रा प्रधानमन्त्री देखि पुजिबाद र निजीकरणको पक्षमा जोडदार वकालत गर्ने अर्थमन्त्री समेत उक्त कार्यक्रममा संगै हुनुहुन्थ्यो ! उहाँहरु दुबैंजनाले मलेसियाली पुर्व प्रधानमन्त्री महाथिर मोहम्मदको प्रबचन पक्कै पनि ध्यान पुर्वक सुन्नु भएता पनि उहाँहरुले त्यसलाई पालना भने पक्कै पनि गर्नु हुन्न र सक्नु पनि हुन्न किनभने २०४६ साल पछी विश्वको मानचित्रमा हाम्रो देस नेपाल स्वतन्त्र त हो तर पूर्ण चैँ हैन ! जब देसको साँचोनि बिदेसीको हातमा छ भने त्यो देसको निर्वाचित सरकारले चाहेर पनि देस र जनताको बिकास गर्न सक्दैन ! यदि गर्छु भन्ना साथ भोलि पल्ट त्यो सरकार सत्ता र भत्ताबाट बाहिरिने र बिदेसीको इसारामा नाच्न तयार हुने पार्टीको सरकार बन्ने सतप्रतिसत सम्भावना चैँ पक्कै हुन्छ ! २४ बर्षमा हामीले देखेको भोगेको कटु सत्य हो यो र यहि गर्न भनेर नै देस बाट पंचायती व्यबस्थाको अवसान गराइएको हो भने देस र जनताको बिचमा पुलको काम गर्ने सदियौ पुरानौ राजसंस्थाको बिघटन !
 
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger