Home » » नेपालको मन्त्रि, नेताहरुलाई कानून लाग्दैन ?

नेपालको मन्त्रि, नेताहरुलाई कानून लाग्दैन ?

Written By खांट्टी कुरा on Friday, March 21, 2014 | March 21, 2014

हाम्रा नुवाकोटे अर्थ मन्त्रि लामो समय सम्म यु.एन को ठुलै पदका जागिरे हुन ! हिजो डलरमा तलब खानेको ९५ तोला सुन सम्पति विवरणमा देखिनु त्यो चैँ नौलो मानिन र मानिएन ! बरु मन्त्रीज्युले सरकारलाइ कर तिरे नतिरेको त्यो सोधखोजको बिषय हुन सक्छ, तर अन्यको मन्त्रीज्युहरुको हकमा सम्पति आकासाट झैँ बर्सेको देख्दा जनताहरु छक्क र आश्चर्य पर्नु स्वाभाविकै हो !
नेपालको कानूनमा दाइजो प्रथाको बिषयमा स्पस्ट उल्लेख छ ! दाइजो लिनु तथा दिनु अपराध हो ! जन्ती बिहे भतेर सब कानूनमा स्पस्ट उल्लेख छ भने हाम्रा वर्तमान मन्त्रीज्युहरुलाइ मुलुकी ऐनको धज्जी उडाउने अधिकार कस्ले दियो ? के नेपालको मन्त्रि तथा नेताहरुलाइ ऐन कानून लाग्दैन ?
कम्युनिस्टहरुको बिहे पार्टीले गरि दिने चलन छ ! पार्टीका पदाधिकारी र अन्य साथीहरुको रोहबरमा तालि बजाएर बिहे गरिन्छ भने त्यो तालि बजाएर गरिने बिहेमा दाइजोको लेनादेना कसरि भयो ?कम्युनिस्टहरुले सम्पतिको लोभ लालच गर्दैनन यो साम्यवाद भन्ने भाषानै त्यस्तो ! अब भन्नुस नेपालको कम्युनिस्टहरु साम्यवादी कम्युनिस्ट रैछन त ?
हिजो अर्थात आज भन्दा २४ बर्ष अगाडी बोलि पिच्छे बचनै पिच्छे सोशक र सामन्ती अनि मण्डले भनेर नथाक्ने पनि यिनै कांग्रेस तथा कम्युनिस्ट नेताहरु हुन र अझै पनि भन्न छोडेका छैनन ! अब भन्नुस ति पुर्ब राजा र पन्च शोषक सामन्ती रैछन कि अहिलेका यी जनताको पार्टी भनिने ति पार्टीका नेताहरु ?
आज भन्दा २४ बर्ष अगाडी सम्म हेटौडामा बनेको हाथी छाप चप्पल र त्यो चप्पलको लोती छिन्ला भनेर गोजा जुद्ध सलाई बोकेर हिड्ने ति ख्याउटे नेता तथा तिनका नजिकका आसेपासेहरु आज करोडौ करोडको मालिक कसरि भए ?
तर,
यी सबै देख्दा देख्दै र थाहा पाउँदापाउँदै पनि पटक पटक चुनावमा जिताएर पठाउछन र अहिले आएर नेता यस्तो, पार्टी यस्तो भनेर धारे हात लाएर सराप्नुको के तुक ? हामि नेपालको जनताहरुलाई अहिलेका यी धर्म निरपेक्ष गणतन्त्रे नेताहरुले दिएको अन्याय र अत्याचार अझै पुगेको छैन ! ठुलो भागको आसामा प्रजातन्त्र  र अझ त्यो भन्दानी ठुलो भागको आसामा ल्याएको गणतन्त्रमा को मोटाउँदो रहेछ अब त नेपालको जनताहरुलाइ पक्कै पनि थाहा भयो होला त्यसैले अब फेरी गर्ने हैन त क्रान्ति र आन्दोलन ?
janakdangol@gmail.com

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger