Home » » पर्शनल डिभलप्मेन्ट र यसको महत्व !

पर्शनल डिभलप्मेन्ट र यसको महत्व !

Written By खांट्टी कुरा on Friday, March 21, 2014 | March 21, 2014

 - राजेन्द्रमान डङ्गोल
जीवनको परिभाषा फरक–फरक हुन सक्छन । सोझो अर्थमा मान्छेको जन्म र मृत्यु बिचको अवधिनै उस्को वास्तविक जीवन हो । बाँचुन्जेल आफ्नो जीवनलाइ सकेसम्म सुन्दर ढङ्गले बिताउने चाहना सबैमा हुन्छ, यद्यपी संघर्षका कुराहरू आ–आफ्नै ठाउँमा हुन्छन् । फरक यति मात्र हो कि कोही सफल हुन्छन, भने कोही असफल । निश्चय पनि असफल हुनुको पछाडि कुनै न कनै कारण हुन्छ । व्यक्ति आपैmमा भएको साना तिना कमी कमजारीले पनि लक्षमा पुग्न र सन्तुष्टी पाउँनबाट चुकिरहेको हुन्छ ।
जसरी २११ डिग्रीमा पानी तात्छ मात्रै तर २१२ डिग्रीमा पुग्दा उम्लन्छ र बाफ बन्छ, त्यसपछि त्यो शक्तिमा
परिणत हुन्छ । यति मात्र होइन, बाफ वायुमण्डल भरी फैलिन्छ, बर्षात हुन्छ, बाढी आउँछ र यतिसम्म कि धर्तिका पुरना स्वरूपहरूलाई समेत बदलिदिन्छ । फेरी नयाँ पालुवाहरु पलाउन थाल्छन र हरियाली जाग्न थाल्दछ अनि वातावरण नै फेरिन्छ । केवल १ डिग्रीको कारणले धर्तिमा यसरी परिवर्तन आए जस्तै मान्छेको जीवनमा पनि १ डिग्रीले ठूलो महत्व राख्दछ । कसैमा भएको सानो कुराको कमी पूर्र्ण हँुदा पनि उसले जीवनमा सार्थकता पाउन सक्छ अथवा उसको जीवनको मुल्य र मान्यतामा आकाश र जमिनको फरक पर्न आउछ । त्यसकारण मान्छेको जीवनको सफलता वा असफलता ऊ आफैमा निर्भर हुन्छ र यसको ं जिम्मेवार पनि स्वय नै हुन्छ । मान्छले शैक्षिक योग्यता हाँसिल गर्दैमा वा तालिम प्राप्त हुँदैमा पूर्ण नहुन पनि सक्छ, जवसम्म उसमा पर्शनल डिभलप्मेन्ट भएको हँुदैन । सुन्दर जीवनको लागि मानिसमा पर्शनल डिभलप्मेन्ट अपरिहार्य हुन्छ ।
सम्भवतः धेरैले पर्शनल डिभलप्मेन्टलाई व्यक्तित्व विकासको रूपमा बुझेका हुन सक्छन । उसो त विद्यालायका पाठयक्रमहरुमा पर्शनल डिभलप्मेन्टका सवालहरुलाई खासै महत्व दिइने गरेको पाइन्न । तसर्थ शैक्षिक योग्यता र व्यावसायिक उपलब्धि हाँसिल गर्नु मात्र हाम्रो जीवनको एक मात्र लक्ष बन्यो । तर यतिले मात्र एउटा सार्थक जीवनको परिभाषा कदापी पूर्ण हँदैन ।
यहि मार्च ७ र ८ का दिन सस्टेनेवल टुरिजम नेटवर्क (एसटिएन) ले पर्शनल डिभलप्मेन्ट प्रोग्राम (पिडिपि) सम्वन्धि दुइ दिने तलिमको आयोजना ग¥यो । तालिममा म पनि सहभागी थिए । पर्शनल डिभलप्मेन्ट र यसको महत्व वारेमा मलाई जानकारी नै थिएन । के हो त पर्शनल डिभलप्मेन्ट रु म यस वारेमा जान्न अत्यन्तै उत्साहीत भइरहेको थिए । काभ्रे जिल्लाको बल्थली भिलेज रिसोर्टमा सम्पन्न भएको यो तालिममा प्रशिक्षक थिए डाइरेक्सन नेपालका भिजनरी लिडरसिप कोच ईन्द्र गुरुङ । सेसन सुरु भए देखि अन्त्यसम्म उनी जुन –जुन विषय वस्तुको चर्चा गर्थे, ति सबैमा आपूmमा कुनै न कुनै कुराको कमी भएको मलाई सहसुस भइरहुन्थ्यो । यथार्थमा मैले बाँचिरहेको थकित, र तनावपूर्ण जीवनमा उनले चर्चा गरे जस्तै जीवनको सार्थकता पाँइन । किनकी म बाँच्नका लागि संघर्ष गर्दा गर्दै शारिरिक स्वास्थ, सामाजिक सम्बन्ध, आर्थिक विकास र स्थिरता, आध्यात्मिक जीवन, भावनात्मक विकास जस्ता जीवनको महत्वपूर्ण पाटाहरू ओझेलमा परिसकेका रहेछन् । वास्तवमा दुई दिनको तालिम मेरो लागि जीवनको मुल्य र मान्यता प्राप्ति एवं सार्थक जीवनका लागि सकारात्मक सन्देश सावित भयो ।
छोटकरीमा भन्नु पर्दा पर्शनल डिभलप्मेन्ट मानिसको जीवनको पहिलो सफलता हो र माधुर्यता पनि । यो एउटा यस्तो कला हो, जसले व्यक्तिको सकारात्मक सोचाई र क्षमता अभिवृद्घि गर्दछ । कुनै पनि व्यक्तिको व्यक्तित्व, परिपक्वता, सन्टुष्टी, सफलता, र समृद्धिको बलियो जग पनि हो पर्शनल डिभलप्मेन्ट । यद्यपी पर्शनल डिभलप्मेन्टको औपचारिक परिभाषा छैन । पर्शनल डिभलप्मेन्टको दायरा यति विशाल छ कि यसको विशालतालाइ मापन गर्नै सकिन्न । धेरै कुराहरूले गर्दा पर्शनल डिभलप्मेन्टको महत्व छ । जसमध्य केही कुराहरूलाई यहाँ उल्लेख गरेकोछु ।
• आफैलाई बुझ्न र सन्तुलित जीवन–शैली अपनाउन,
• समय व्यवस्थापन गर्न,
• जीवनका लक्षहरु बनाउन र हाँसिल गर्न,
• तनाव र त्रास रहित जीवन व्यतित गर्न,
• समाजमा सामाजिक अस्तित्व हाँसिल गर्न, नेतृत्व र संगठनात्मक कौशलताको विकास गर्न,
मान्छेको जीवन एउटा गमलामा हुर्किरहेको पूmलको बिरुवा जस्तै हो । उचित मल, जल र सूर्यको किरण पाउँदा छोटो समयमै लहलहाउँछ, समयमै फुल्छ र सुगन्ध छर्न सक्छ । मल, जल दिएर पनि अध्यारो कुनामा राख्यौँ भने यो लामो समयसम्म अस्तित्वमा रहिरहन सक्दैन । मान्छेको जीवन पनि त्यस्तै हो जसरी पूmलको बिरुवाको लागि सूर्यको किरणको महत्व हुन्छ त्यसै गरि मान्छेको जीवनमा पनि पर्शनल डिभलप्मेन्टको त्यस्तै महत्व हुन्छ ।
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger