Home » » होस गर गुलाम र दक्ष प्रजापतिका सन्तानहरु !

होस गर गुलाम र दक्ष प्रजापतिका सन्तानहरु !

Written By खांट्टी कुरा on Thursday, March 20, 2014 | March 20, 2014

अंग्रेजले रोपिदिएको कलहको बिउ जातियता र आरक्षणले आज भारत २९ राज्य भो अझै कति टुक्रा हुनेहो थाहा छैन !
टाउकोमा गिदी भाको तर त्यो मनुष्यकै हो कि अन्य जीवको हो अहिले सम्म मैले खुट्याउन नसकेको मुन्छी नामको प्राणीमा 'मेरा भारत महान' भन्ने हिन्दुस्थानीहरु पनि पर्दछन !
दिमाख छैन भनु भने संसारका कुनाकुनामा पुगी सकेका छन ! व्यापार ब्यबसाय देखि कबाडी धरी बाकि राखेका छैनन ! यी जत्तिका मिहेनती प्राणि संसारमा अरु कुनै छैनन तर यिनले मिहेनत आफ्नो लागि नभएर संधै अर्काको लागि गर्दछन !
उदाहरणको लागि हेर्नुस पहिला अंग्रेजको लागि पसिना बगाए अहिले कुनै एक जमानामा तिनै अंग्रेजको दास अमेरिकीको लागि पसिना खेर फाल्दैछन !
तिनै देसा बनेको एउटा बिज्ञापन "जमुरी खेल देखा .. साम्नेके बाबुजीनि क्या पेहेनाहे ... बाबुजिने सेरा गन्जी पहना हुवाहे" भन्ने ! 'सेरा' गन्जीको बिज्ञापन हो यो !
जमुरी भनेर नचाउने नटुवा अमेरिका हो अनि को त्यै नटुवाको ताला नाच्ने जमुरीचैँ भारत हो ! जमुरीले सेरा गन्जी देखेको झैँ छिमेकीको सिमाना र पिल्लर देख्छ उसले तर हिजो यी दुवै अंग्रेजको गुलाम हुन भन्ने कुराचैँ अहिले आएर बिर्सेको छन वा बिर्सेको अभिनय गर्दैछन !
गुलामको पनि गुलामी गर्ने गिदिनै नभाको प्राणी चैँ भगवान भोलेनाथको देसा बस्छन ! स्वस्थानीको पात्र दक्ष प्रजापतिकै खलक हुन भन्ने भान गरि आफ्नो निजि स्वार्थ्य्को लागि बर्षौ बर्ष देखि गुलामहरुको ताबेदारी गर्दैछन !
ताबेदारी गर्दा गर्दै ६३ बर्षमा नदीनाला देखि सिमाना धरी बुझाइसके अब देस नै बुझाउने जमर्को गर्दैछन ! हिजो अंग्रेजले जसरि जातजातिको बिष हिन्दुस्थानी समाजमा घोलेर असान्ती र कलह मच्चाई दियो र आज सम्म त्यस बाट मुक्त हुन सकेको छैन आज त्यहि उपाय छिमेकी माथि प्रयोग गर्दैछन र सफल पनि हुँदै गाको छन !
नहुन पनि कसरि ३३ कोटी देउताको देसा दक्षप्रजापतिका सन्तानहरु बग्रेल्ती जन्मे पछी यो भन्दा ठुलो आस अरु के नै गर्न सकिन्छ र ! यिनका क्रियाकलाप देखेर देउताको पनि माहादेउता भगवान पशुपतिनाथले हार खाइ सकेको हो कि भन्ने भान हुँदैछ !
तर,
याद गर गुलाम र गुलामी अनि दक्षका सन्तानहरुहो नेपाल ‘रसमलाइ’ जस्तो मिठाइ हैन जुन तिमीहरुले चाहे झैँ कप्लक्क हाम्म गर्नलाइ ! जनताहरु हेर्दैछन, गम्दैछन ! जुन दिन फेरी स्वतन्त्र नेपालको स्वतन्त्र जनता घर बाट वाहि सडका निस्किन्छन त्यो दिन तिमीहरुलाई 'इन्द्रको बाउ चन्द्रे' ले पनि बचाउन सक्दैनन भने गुलाम र गुलामेको ता के कुरा गराई भो ! टाउकोमा साच्चिक्कै मुन्छी नामका सर्वश्रेष्ठ प्राणीको गिदी हो भने गुलामहरुको ताबेदारी गर्न छोड ! यसैमा सबैको भलाइ छ !
janakdangol@gmail.com

 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger