Home » » पहिला नै बिरोध किन गरिएन ?

पहिला नै बिरोध किन गरिएन ?

Written By खांट्टी कुरा on Wednesday, October 02, 2013 | October 02, 2013

(कांग्रेस नेत्री सुप्रभा घिमिरे)
कांग्रेसी आमै सुप्रभा घिमिरेले गगन थापालाइ टिकेस दियो भनेर पार्टी छोड्नु भयेछ ! घिमिरे आमै 'जन गण मन हे भारत भाग्य विधाता' नगाम्नेहरलाइ कौरेसमा टिकेस बात गरेको छ ! बुढा सुसिलदा सभापति त हो नी पार्टीको तर टिकट दिने, मान्छे छान्ने काम त सिटौला र पौडेल बाजेको काम हो ! हजुरहरु जस्तो त्यागी नेतालाइ पार्टी छोड्ने बुद्दी २०६३ मा किन आएन ?
आमैको टिकट गगन लाइ दियो भनेर किन चित्त दुखाउनु हुन्छ ? नेपाललाइ 'धर्म निरपेक्ष गणतन्त्र घोषणा गर' भनेर काठमाण्डौको सडका आमैले हैन गगनले चिच्याको थिए ! गगन थापा भनेको उम्रिदै गरेको स्टार फुटबल खेलाडी 'बिमल घर्ति' जस्तै भारतीय कांग्रेस पार्टी साखा कार्यालय सानेपा नेपालको स्टार हो !
गगन थापा तिनै हुन जसले केहि महिना अगाडी सम्म आफ्नो पार्टी सभापतिको घोर बिरोध गर्ने गर्दथे भने बिरोधि पार्टी एनेकपा माओबादीको अध्यक्ष क.प्रचण्डको आरति उतार्ने गर्दथे ! उनको नजरमा क.प्रचण्ड जस्तो अरु ठुलो नेता कुनै पनि हुन सक्दैनथे ! गगन कार्यकर्ता कांग्रेसको भएर के गर्नु ? बिचार बि.पी.हरुको समाजबादी हैन कि माओबादी कम्युनिस्टको जस्तै छ ! नभएको भए किन र के हिसाबले क.प्रचण्डलाइ पटक पटक प्रधानमन्त्रि बनाउनु पर्छ भने ? के त्यतिखेर पार्टी सभापति  सुसिल कोइराला देसको प्रधानमन्त्री हुन सक्दैन थिए ?
नेपाली कांग्रेस अब बि.पी., सुबर्ण, गणेशमान, किसुनजी, महेन्द्र नारायण निधिजी, रामहरी जोसीजी हरुको बिचार मान्ने पार्टी हैन ! जुन पार्टीमा संस्थापकहरुले अंगालेको "रास्ट्रीयता, प्रजातन्त्र र समाजबाद" भन्ने बिचारधारालाइ कौडीको भाउमा निलाम गर्छ भने त्यस्तो पार्टीले देस र जनताको लागि लड़छ भनेर सोच्नु भनेको त्यो मिथ्या सपना मात्र हो कि हैन ?
अनि आमै तपाइले हिजो २०६३ सालमा २८ जना बहुमतको कदर नगरी स्व.गिरिजा, रामचन्द्र पौडेल, नरहरी आचार्य र कृष्ण प्रसाद सिटौला चार जनाको अल्प सहमतमा धर्म निरपेक्ष गणतन्त्र नेपाल  घोषणा गर्दा त्यतिखेर किन पार्टी छोडेर बिरोध जनाउनु भएन ? यो त माछा देख्दा दुलो भित्र हात र सर्प देख्दा दुलो बाहिर हात भएनर !
(तस्बिर: फेसबुक बाट साभार)
janakdangol@gmail.com
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger