Home » » मस्केट्रीको अभ्यास !

मस्केट्रीको अभ्यास !

Written By खांट्टी कुरा on Friday, October 04, 2013 | October 04, 2013



घडी पला साइत हेरेर क्यासबाका भुराहरुले हिजो डांडीया नाच (फौजी भाषा यसलाई लाठि पिटी भंच्चन) प्रदर्शन गरे ! बैद्यबाका प्रेताम्ताहरु जुन अझै पनि सहर पस्न मानेका चैन्नन तिनले चैँ आज रियल मस्केट्री अरेच्चन !  मस्केट्री भन्या चैँ फौजी भाखा गोलि हान्नु भन्दा पहिला गरिने बन्दुके अभ्यास लाइ भनिन्छ !
बाघले एक पल्ट मुन्छिको रगत चाट्न पायो भने त्यसको अगाडी घोर्ले खसी राखी दिनुस ज्यान गए पनि छुन्न ! बरु अनसन बस्छ ! घाँस खानलाइ उसको धर्मले दिदैंन ! अनि एम्बुस थापेर बस्छ ! सिकार आयेसी एकै फेरा फरर् बनाइ दिन्छ !

बाघ जंगला बस्छ यो भुरा देखि बुढा सम्मलाइ कण्ठ छ ! बाघ बन्ने लहडले केहि लालबहादुरहरु लाइ जंगल पस्न मन लागेर ५१ साला पसे ! धेरै सिकार गरे ! चिनि धेरै खायेसी तितो हुन्छ भनेझै मासु खाँदा खाँदा अमन भएर सागपात खाने लोभले अन्तररास्ट्रीय जंगला १२ बुंदे तम्सुका ल्याप्चे लाएर आएर बसेकाच्चन ! जंगला बस्दा सुकेनासले भेट्टा ज्यान अहिले सुमो खेलाडीको झैँ भाको छ !
नानि देखि लागेको बानि के सजिलै जान्थ्यो त्यसैले बेलाबेला फेरी जंगला जान्छ्म भनेर घुर्क्यौछन ! तिनका भुराहरु माहा चकचके छन ! चकचके भुराहरको हात चिलाएर सकसक भाका बेलामा बेला बेला उपद्रो गर्न अझै छाडेका छैनन ! अस्ति एकताका हात बढिने चिलाको भएर हो क्यार बसा मुन्छी थुनेर प्याटुल हालेर होलिका मनाए ! हिजो चैँ आफ्ना सगोत्रिलाई डांडीया नाच देखाई दिए !
हिजो संगै बसेका सगोत्री तिनैका केहि सेना मेना अझै पनि जंगला मंगल गरेर बस्न रुचाम्छ्न ! जंगला बस्दा बस्दा सिकार नपाको झोक्ले वाक्क भएर होला आज मदेसी सहारा पसेर आफ्नै सगोत्री बन्धुको टाउका ट्याइ ट्याइ फिस गर्दिए ! पछी खबरेलाइ ताउ कागजा कम्युटरे टाइप गरेर पिरिम पत्र पठाई दिए ! पिरिम पत्रा मुंगसिरे जात्राको लागि यो रिहर्सल गर्या हम भनेर लेख्द्या रैछन !
बुझ्न नसकिएको कुरा चैँ के भने जब मस्केट्रीको रिहर्सलनै अर्नुथ्यो भने लालेले लालेकै टाउका लाइ किन टार्गेट बनाएर अरे ! 
janakdangol@gmail.com
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger