Monday, September 30, 2013

प्रकास दाहाललाइ नियम कानून किन लाग्दैन ?



(तस्बिरमा हेर्नुस प्रकास दाहालले बोकेको वाकिटाकी सेट)
-जनक मान डंगोल janakdangol@gmail.com
      
      एक दलीय पंचायती ब्यबस्था हटाइ प्रजातन्त्र स्थापना गर भन्दै २०४५ सालमा नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि तत्कालिन कम्युनिस्ट बाम मोर्चा र नेपाली कांग्रेस संयुक्त भएर आन्दोलन गर्दै थिए भने देशमा शान्तिसुरक्षा स्थापनाको लागी प्रहरीहरु कटिबद्ध थिए । प्रहरीको काम र कर्तब्य भनेको नै जनताको ज्यु धनको सुरक्षा र सरकारी तथा निजि सम्पतिको सुरक्षा गर्नु हो ।     
      नेपाल प्रहरीमा खास गरि दुइ किसिमको संचार सेट प्रयोग गरिन्छ । लामो दुरीको स्टेसन संग सम्पर्क गरेर खबर आदान प्रदान गर्नको लागी  H.F र छोटो दुरीमा खबर आदान प्रदान गर्नको लागी VHF तथा UHF संचार सेट प्रयोग गर्ने गरिन्छ । संचार सेट पनि विभिन्न मोडेलको हुन्छ । २०४५ सालको उक्त आन्दोलनको समयमा नेपाल प्रहरीले बाहिरि फिल्ड डीउटिको लागी जापानमा निर्मित हल्का टाइपको VHF वाकिटाकी संचार सेट प्रयोग गर्ने गरेको थियो ।

      नक्कली समान उत्पादनमा चिनिया कम्पनिलाइ बिश्वमा कसैले पनि भेट्दैन । चाइनाले बनाएको सानो पोर्टेबल रेडियो सेटको फ्रिक्वेन्सी संग नेपाल प्रहरीको वाकिटाकीको फ्रिक्वेन्सीले मेल खाएछ । जसको कारणले गर्दा बिभागीय सबै गोप्य आदेस निर्देशन चाइनिज रेडियो मार्फत बाहिर चुहियो । यसरि आदेस निर्देशन चुहिनुको कारणले गर्दा आन्दोलनकारिलाई आन्दोलनमा योजना र रणनीति बनाउन धेरै सहयोग पुग्न गयो र आन्दोलन सफल हुनुको एउटा कारण त्यो पनि थियो ।
      हरेक देशमा शान्ति सुरक्षाको आन्तरिक जिम्मा गृह मन्त्रालयले हेर्ने गर्दछ भने सामरिक सुरक्षा रक्षा मन्त्रालयले । देशको सेना रक्षा मन्त्रालय मातहत हुन्छ भने प्रहरी गृह मन्त्रालय मातहत हुन्छ । नेपाल अधिराज्य भरि कुनै पनि संचार उपकरणहरु (रेडियो, टेलिभिजन, टेलिफोन/मोबाइल आदी) जडान गर्नु परेको खण्डमा गृह मन्त्रालयको स्वीकृति बिना जडान गर्न पाइदैन । सो गर्नुको कारण भनेको सुरक्षा निकायको संचार उपकरण सित अन्यको फ्रिक्वेन्सी नजुधोस भनेर नै हो । नेपाल प्रहरीको संचार माहासाखाले फ्रिक्वेन्सी चेकजाँच गर्ने गरेको हुन्छ ।
      बिगत केहि दिन देखि सबै प्रकारको छापामा एउटा समाचार हेडलाइन बनेर छाउने गरेको छ । त्यो हो एनेकपा माओबादीको अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकास दाहालले संचार उपकरण वाकिटाकी बोकेर हिड्ने गरेको देखियो । सेना, प्रहरीको ठुला प्रतिस्ठान, विमानस्थल जस्ता अति महत्वपूर्ण स्थानमा बिना अनुमति जो कोहिले प्रबेस गर्न पाउदैनन ! विमानस्थलको रनवेमा सुरक्षा कर्मचारी र विमानको कर्मचारी भन्दा अरुलाई सख्त प्रबेस निषेध छ । त्यस्तो प्रबेस निषेध स्थानमा पटक पटक प्रकास दाहाल संचारसेट वाकिटाकी सहित प्रबेस गरेको देख्ना साथ संचार जगतमा खैलाबैला मच्चियो।
मिति २०७० आश्विन १३ गते आइतवार अन लाइन पत्रिका ‘सेतो पाटी’ का सम्बाददाताले सोधखोज गर्दा प्रकास दाहालले यो सेट नेपाल प्रहरीको हैन भनेर जवाफ दिए तर यहि सेट मार्फत सुरक्षाकर्मी सित सम्पर्क हुने गरेको कुरा समेत बताए र सो कुरालाई प्रचण्डको सुरक्षामा खटिएका अधिकृतले समेत पुस्टि गरेको देखियो । हेर्नुस सेतोपाटि डिजिटल पत्रिकामा छापिएको समाचारको सानो अंस ...

"दाहालको सुरक्षामा खटिएका नेपाल प्रहरीका डिएसपी मल्लका भनाइमा दाहालपुत्र रहेको सचिवालय र सुरक्षाकर्मीबीच आन्तरिक सुरक्षाबारे दोहोरो कुराकानी हुन्छ ।सुरक्षाबारे हामी दुबैतर्फ सञ्चार सेटबाट कुराकानी भइरहेकै हुन्छ,’ मल्लले सेतोपाटीसँग भने, ‘तर उहाँले बोक्ने गरेको सेट हामीले बोक्नेजस्तो सरकारी सेट हैन, निजी हो" - See more at: http://setopati.com/raajneeti/4344/#sthash.bpbUEKbO.dpuf
दाहालको सुरक्षामा खटिएका नेपाल प्रहरीका डिएसपी मल्लका भनाइमा दाहालपुत्र रहेको सचिवालय र सुरक्षाकर्मीबीच आन्तरिक सुरक्षाबारे दोहोरो कुराकानी हुन्छ । ‘सुरक्षाबारे हामी दुबैतर्फ सञ्चार सेटबाट कुराकानी भइरहेकै हुन्छ,’ मल्लले सेतोपाटीसँग भने, ‘तर उहाँले बोक्ने गरेको सेट हामीले बोक्नेजस्तो सरकारी सेट हैन, निजी हो ।’ - See more at: http://setopati.com/raajneeti/4344/#sthash.bpbUEKbO.dpuf

सरकारले अनुमति दिएको खण्डमा मात्र निजि तवरले संचार सेट किन्न पाइएला । अब कुरा उठ्छ प्रहरीको संचार सेटको फ्रिक्वेन्सी सित प्रकास दाहालले बोकी हिड्ने गरेको संचार सेटको फ्रिक्वेन्सी कसरि मिलाप गराइयो ? भोलि त्यो फ्रिक्वेन्सी केहि गरि अन्त चुहिएको खण्डमा त्यसबाट पर्न जाने गम्भीर लापरबाहीको जिम्मा कसले लिने ? हिजो राजपरिवार, प्रधानमन्त्रि तथा सेना, प्रहरीका परिवार सदस्यले सेना तथा प्रहरीको हातहतियार तथा संचार उपकरण छुन त परको कुरा हेर्न समेत आँट गर्दैनथे भने यस्तो गम्भीर त्रुटी को बाट किन र कसरि हुदैछ त्यसको छानबिन कसले गर्ने ? नेता पुत्र भन्दैमा प्रकास दाहाललाइ पटक पटक सुरक्षा घेरा नाघ्न किन दीईदैछ ? प्रकास दाहाल एक सामान्य सर्बसाधारण नागरिक हुन भने निजको पिता पुर्ब प्रधानमन्त्री भै सकेका छन त्यसैले देशको नियम कानूनको धज्जी उडाउन यी पिता पुत्रलाइ कसले दियो ? के नियम कानून भन्ने कुरा गरिब सर्बसाधारण जनतालाई मात्र लाग्ने हो र ? हैन नियम कानून भन्ने कुरा सबैलाई बराबरी हुन्छ र लाग्छ भने गल्ति गर्ने जो सुकै किन होस ति माथी प्रचलित ऐन बमिजिम कडा भन्दा कडा कारबाही हुनु पर्छ कि पर्दैन ?
तस्बिर: सेतो पाटि अन लाइन बाट साभार !

No comments: