नेपालको सबै भू.पु.
प्रधानमन्त्रीहरु एकै ठाउँमा जम्मा भएर देशको अबस्थाको बारेमा अत्यन्तै चिन्तित हुनु भएछ ! नेपालको इतिहासमै
पहिलोपटक सातजना पूर्वप्रधानमन्त्रीहरुले एउटै मञ्चबाट नेपालको आर्थिक भविष्यका विषयमा प्रतिबद्धता
व्यक्त गर्ने भएका छन । ‘आर्थिक क्रान्तिको मार्गचित्र : भिजन २०८०’ भन्ने मुल नाराका साथ यही भदौ २० गते वीरगञ्जमा हुन लागेको ‘नेपाल लीडरशिप समिट’ का अवसरमा उहाँहरुले यस्तो प्रतिबद्धता व्यक्त गर्न लाग्नु भएको रैछ ।
(फाइल फोटो सन्तोष मिश्र, क्राइम चेक अन लाइन बाट ) |
हिजो पंचायतकालमा पुर्ब
प्रधानमन्त्रीहरु सुर्य बहादुर थापा, लोकेन्द्र
बहादुर चन्द प्रधान मन्त्रि भएकै हुन भने प्रजातन्त्र आए पछी पनि प्रधानमन्त्रि भएकै
हुन ! पंचायतकाल भने पछी पुर्ब माहा पन्च ज्यु हरु भनि राख्नु पर्दैन होला !
तर,
पुर्ब पंचहरुले
खोलेको पार्टी रास्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ले अहिले गणतन्त्रको बाटो
अंगालेको छ ! पुर्ब प्रधानमन्त्रीहरु सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द अहिले हुन या पहिले दुवै जना भारतको अति निकट बिस्वासपात्रमा गनिन्छन ! अहिले बिरगंजमा जुन
चिन्तन मनन कार्यक्रम गरियो त्यसमा भाग लिने सबै जना दक्षिणका समर्थक हुन भन्ने कुरा
घाम जस्तै छर्लंग छ कि छैन ? चुनाव को समयमा भारतीय सिमा तथा देसको मुख्य बाणिज्य प्रबेस
द्वारमा यस्तो भेटघाट गरिनु पक्कै पनि सामान्य हैन नाम चाहे जे सुकै किन नदिउन !
© जनक मान डंगोल,www.janakdangol@gmail.com 2013/9/7