Home » » अर्ति दिनु भन्दा पहिला केहि सोच्ने कि ?

अर्ति दिनु भन्दा पहिला केहि सोच्ने कि ?

Written By खांट्टी कुरा on Sunday, September 08, 2013 | September 08, 2013


आजको फुटबलमा हार !


 पुर्ब प्रधानमन्त्रि डा. बाबुराम भटराईको प्रतिक्रिया !

"चुनौतिलाई अवसर र अवसरलाई जितमा परिणत गर्नु खेलमा सफलताको आधार हो ।आजको साफ सेमिफाइनलमा अफगानिस्तान विरुध्द नेपालले थुप्रै अवसर प्राप्त गरेर पनि त्यसलाई गोलमा परिणत गर्न नसक्नु निकै दु:खद रह्यो । खाशगरी २/२ चोटि प्राप्त गरेको पेनाल्टी स्ट्रोकको अवसरलाई गोलमा परिणत गर्न नसक्नुलाई गम्भीरतापूर्वक लिनैैपर्छ । त्यसैले हाम्रो फुटबल टिमको स्ट्राइकिंग क्षमता बढाउन विशेष ध्यानपुर्याउनु पर्ने देखिन्छ । तैपनि खेलमा हार र जित दुवै हुन्छ भन्ने बुझेर हाम्रा खेलाडीहरुले हिम्मत नहारी आगामी दिनमा सफलताकोनिम्ति प्रयास जारी राखून् भन्ने कामना गरौं" ।

..
ट्वीटर र फेसबुकमा त अर्ति र उपदेस गतिलो दिनु भो डाक्टर साप तर जसरि तपाइँ हरु ६०१ जनाले संबिधानलाइ चिप्ल्याउनु भयो आज पनि त्यस्तै गरि खेलाडीको हातबाट भकुण्डो चिप्लियो ! जसरि तपाइहरुले संबिधानलाइ खेंलाचि गर्नु भयो त्यस्तै गरि आज खेलाडी ले २/२ पेनाल्टी लाइ खेलांचि गरे ! तपाईहरुले जसरि गम्भीर भएर तोकिएको समयमा संबिधान बनाउनु भाको भे आज खेलाडीहरुलाई पनि त्यत्तिनै गम्भीर भएर सोच्न कर लाग्थ्यो कि लाग्थेन ? भने दोषी को ! 
© जनक मान डंगोल,www.janakdangol@gmail.com
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger