Tuesday, September 10, 2013

हार्दिक श्रदान्जली !

(स्व.फत्तेमान राजभण्डारी)
सानान्नीको गालैमा कालो कोठी रैछ      

रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो',
मर्न बरु गाह्रो हुन्न', 
'यस्तो पनि हुँदो रहेछ', 
'बनै खायो डडेलोले मनै खायो'.
यस्ता यस्ता सदाबहार कालजयी गीत श्रोता, दर्शक माझ पस्किनु हुने व्यक्ति अब यस धर्तीमा हुनुहुन्न ! देसले फेरी आज एउटा तारा गुमाएको छ ! करोडौ नेपालीको ढुकढुकीमा गीत, संगीतको माध्यम बाट एकछत्र राज गर्न सफल भएका पुराना कर्णप्रिय गायक स्व.श्री फत्तेमान राज भण्डारीले आज यो धर्ती छोड्नु भयो मानीस जन्मे पछी मर्नु पर्छ ! यो सांसारिक रित हो !
हार्दिक श्रदान्जली कर्णप्रिय गायक स्व.श्री फत्तेमान राज भण्डारी ज्यु मा तथा सोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ! 

मर्न बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न, 
तिम्रो माया मार्नै सकिन, तिम्रो माया मार्नै सकिन
मर्न बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिन, तिम्रो माया मार्नै सकिन

..
बसंतको हरियाली फूलसंगै ओइली जान्छ
बसंतको हरियाली फूलसंगै ओइली जान्छ
निलो भुइँको सेतो बादल हावासंगै उडी जान्छ
तर तिम्रो न्यानो माया, तर तिम्रो न्यानो माया
अझै पनि न्यानो नै छ.....
तिम्रो माया मार्नै सकिन, तिम्रो माया मार्नै सकिन
मर्न बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिन, तिम्रो माया मार्नै सकिन
..
धेरै लामो बाटो हामी,संगै संगै हिडिँसक्यौ

धेरै लामो बाटो हामी,संगै संगै हिडिँसक्यौ
टाढा टाढा कता कता हामी दुबै पुगिसक्यौँ
तर अंत्य यसको यहिँ भन्न अझै मनै भयेन
तिम्रो माया मार्नै सकिनँ, तिम्रो माया मार्नै सकिनँ
मर्न बरु गाह्रो हुन्न, मर्न बरु गाह्रो हुन्न,
तिम्रो माया मार्नै सकिन, तिम्रो माया मार्नै सकिन
....
स्वर: फत्तेमान राजभण्डारी
संगीत: नातिकाजी
शब्द: तिर्थ राज तुलाधर

-जनक मान डंगोल 
हेटौडा-८, हाल मलेसिया !