Wednesday, September 11, 2013

न्याय सबैलाई बराबरी हुनै पर्दछ !


(बरिस्ठ अधिवक्ता श्री सम्भु थापा )
अस्ति भाद्र २३ गते राजस्व अनुसन्धान विभागले देसको चर्चित वकिल शम्भु थापाको ‘ल फर्म लिगल एड्भाइजर्स फोरम मा कर छलीको आसंकामा छापामारी गर्यो ! कर छलीको आसंकामा अन्य व्यापारिक प्रतिस्ठानमा छापामारी हुँदा कारबाहीको एउटा हिस्सा हो भनेर जनताले उति चासो दिदैनथे ! तर कानुन ब्यबसायी अधिबक्ता शम्भु थापाको ‘ल फर्म लिगल एड्भाइजर्स फोरम मा छापा मार्दा यतिखेर देसमा १० रेक्टर स्केलको भूकम्प नै गयो !
राजस्व अनुसन्धान विभागले राजनितिक प्रतिशोध साँध्न छापा मारेको जिकिर गर्दै शम्भु  थापाले आइतबारनै सर्बोच्च अदालतमा रिट
दायर गरे । सर्वोच्चले पनि थापाको रिटलाई आइतबारै पूरक पेसीमा हेरेको थियो । न्यायाधीश प्रकाश वस्तीको इजलासले थापामाथि राजस्वले गरेको छापासम्बन्धी सम्पूर्ण कारबाही रोक्न र बरामद गरि लागिएको सम्पूर्ण सर सामान फिर्ता गर्नु भनि अन्तरिम आदेश समेत जारी गरि दियो  
अब प्रश्न उठ्छ अख्तियार तथा राजस्वले कानून ब्यबसायी, प्रतिष्ठित व्यक्ति तथा उच्च व्यक्ति माथि कर छलीमा कारबाही गर्न पाउने कि नपाउने ? यदि शम्भु थापाले कर छली गरेको थिएन वा राज्य लाइ करनै बुझाएको थियो भने सरकारी कारबाहीलाइ किन चुनौती दिईयो ? नियम कानून सबैलाई बराबरी लाग्ने हो वा नियम ऐन तथा कानून भनेको गरिब  सर्बसाधारण नेपाली जनतालाई मात्र लाग्ने हो ?
यदि साँच्चिक्कै वकिल शम्भु थापा माथी रिसइबी साँध्न, प्रतिसोध लिन वा मनोवल गिराउन यस्तो कदम अलोकप्रिय काम गरिएको हो भने को कसको इसारामा यो काम कार्य गरियो ? यसको छानबिन चैँ कसले गर्ने ? हैन बिस्वस्त सूत्रको आधारमा नै वकिल शम्भु थापाले कर छलेको हो भन्ने सबुद प्रमाण छ राजस्व विभागले हात कमाउनुको कुनै जरुरि पनि छैन र वकिल शम्भु थापा दोषी छन भने निज माथि पनि अन्य कसुरदार सरह दण्ड, जरिवाना वा नियमानुसार तोकिएको कारबाही हुनै पर्दछ ! 
janakdangol@gmail.com २०७० भाद्र २६ गते बिहिबार !




थापाले दायरले गरेको रिटमाथि सुनुवाइ भने अर्को दिनलाई सरेको छ । उनको रिटमाथि भदौ ३० गते सुनुवाइ हुनेछ । थापाको रिटमाथि न्यायाधीश गिरिशचन्द्र लाल र ज्ञानेन्द्रबहादुर कार्कीको इजलासमा पेसी परे पनि ‘हेर्न नमिलेको’ भन्दै सुनुवाइ सरेको हो ।  
राजस्व अनुसन्धान विभागले कर छलीको आशंकामा भदौ २१ गते दिउँसो थापाको पुतलीसडकस्थित लिगल एड्भाइजर्स फोरममा छापा मारेको थियो । राजस्व अनुसन्धानका उपसचिव खिम कुवँरको नेतृत्वमा आएको १५ जनाको टोलीले थापाको फर्मबाट दुइटा भ्याटबिल, एउटा ल्यापटप र सिपियु लगेको थियो । विभागले उनलाई भदौ २५ गते आफ्नो कार्यालयमा उपस्थित हुनसमेत पत्र काटेको थियो । तर, उनी विभागमा जानु परेन। अदालतले थापाका सामान फिर्ता गर्न राजस्व अनुसन्धान विभागलाई आदेश दिनुका साथै प्रधानमन्त्री, मन्त्रिपरिषद् कार्यालय र अन्य विपक्षीलाई थापाको फर्ममा छापा मार्नुको कारण बुझाउन आइतबार भनेको थियो । 
राजस्व अनुसन्धान विभागले राजनितिक प्रतिशोध साँध्न छापा मारेको जिकिर हित थापाले आइतबार रिट दायर गरका थिए । सर्वोच्चले थापाको रिटलाई आइतबारै पूरक पेसीमा हेरेको थियो । न्यायाधीश प्रकाश वस्तीको इजलासले थापामाथि राजस्वले गरेको छापासम्बन्धी सम्पूर्ण कारबाही रोक्न अन्तरिम आदेश जारी गरेको थियो । 
- See more at: http://setopati.com/raajneeti/3800/#sthash.OSx8AVXN.dpuf

No comments: