(तस्बिर: इ-कान्तिपुर बाट साभार) |
जन्मेर होस सम्हाले देखि क्रान्तिको कुरा गर्ने तथाअरुलाई पनि आफु जस्तै क्रान्तिकारी भाको हेर्न र देख्न चाहने पात्रको नाम हो मोहन गोपाल बैद्य अर्थात ‘किरण’ ! देश लाइ आमुल परिवर्तन गर्नु पर्छ भन्दै सोझा सिधा नेपाली युवा युवतीलाई जोस्याउदै क्रान्तिमा होम्न लगाए तर निजले आज सम्म बन्दुक बोकेको कोहि कसैले देखेका छैनन ! क्रान्ति र राजनीति मानौ उहाको लागि खेति हो ! हज्जारौ हजार नेपाली लाइ मृत्युको मुखमा धकेलेर अनि राज्यको खर्बौको सम्पति स्वाहा बनाउनुको साथै हज्जारौ हज्जार लाइ सुकुम्बासी बनाए पश्चात शान्ति सम्झौता भन्दै बिदेसी भूमिमा १२ बुदे सम्झौता गर्ने पनि बैद्यहरुनै हुन !
पार्टीको नेतृत्व सम्हाल्न नसकेर हो वा के को कमीले हो आफैले राजनीति दीक्षा दिएको शिष्य संग मनमुटाव भै केहि समर्थक लिएर छुट्टै समानान्तर पार्टी गठन गरेर उक्त पार्टीको प्रमुख हुनेको नाम हो मोहन गोपाल बैद्य अर्थात ‘किरण’ ! जब छुट्टिनु थियो र अर्कै पार्टी गठन गर्नु थियो भने नेपालमा किन जनयुद्धको बिउ रोप्नुभो यो अब जनताको प्रश्न मोहन गोपाल बैद्य अर्थात ‘किरण’ ज्यु लाइ ! छुट्टै पार्टी गठन गर्नुको औचित्य र त्यसको चित्तबुझ्दो कारण अहिले सम्म उहाले जनतालाई दिन सक्नु भएको छैन ! पार्टी खोल्न पाइन्छ संघ संगठन बनाउन पाइन्छ किन भने नेपालको केहि नागरिकको लागि त्यो कमाइ खाने भाडो हो ! पार्टी खोले पछी निर्वाचन आयोगमा दर्ता गर्नु पर्छ कि पर्दैन ? दर्ता नभएको पार्टीलाई के कसरि आधिकारिक मान्ने ? निर्वाचन आयोगमा आधिकारिकरुपमा दल वा पार्टी दर्ता भएर आधिकारिक पत्र लिए पछी मात्र त्यस्तालाइ दल वा पार्टी भन्न मिल्छ तर दुइ चार हजारको जमाते खडा गरेर देशमा अराजक मच्चाउनेलाई के को आधारमा पार्टी भन्ने ? यदि पार्टी हैन भने त्यो अराजक जमातले गरेको बन्द लाइ आधिकारिक भन्न मिल्छ ? हरेक कुरामा बखेडा झिकेर यो मान्दैनौ, उ मान्दैनौ भनेर घुर्की देखाउने, लाउने अनि क्रान्ति भन्दा अरु सब्दनै मुखमा नआउने ! यदि जनताको सच्चा हितैषी हो र जनताको सुख दुखमा साथ दिने हो भने पहिला आधिकारिक रुपमा पार्टीको सरकारी मान्यता लिनुहोस ! नेपाली जनताले तपाइहरुले राज्यमा मच्चाएको हत्या, हिँसा, आतंक, अत्याचार, लुटपाट सबै देखि भोगी सकेका छन ! तपाहरुकै कृपाले आज बिदेसमा रोजगार गर्न जानेको संख्या ३५ लाख नाघी सकेको छ ! अझ कति दुख दिनु हुन्छ यो बन्द हड्ताल गरेर ? जनताको दुख र दर्द सम्झिनु हुन्छ भने अब देखि बन्द र हड्ताल गर्ने काम रोक्नुहोस ! नेपाली जनताले अब बन्द र हड्ताल थेग्न सक्दैन !
© जनक मान डंगोल,www.janakdangol@gmail.com 2013/9/13
0 Comments:
Post a Comment