(पुर्ब प्र.म.सुर्य बहादुर थापा) |
'दलाल लाइ मात्र दलालको कुरा थाहा हुन्छ ! हामीलाई थाहा हुँदैन' ! पटक पटक
देशको सत्ताको बागडोर सम्हाल्ने पुर्ब महापन्च तथा हाल खांटी गणतन्त्रबादी नेता बनेका सुर्य
बहादुर थापाले बिराटनगर बिमानस्थलमा अस्ति पत्रकारले सोधेको प्रश्नको उत्तरमा दिएको जवाफ हो यो !
किन दिए त सुर्य बहादुर थापाले यस्तो जवाफ ?
देसमा निर्वाचन हुने नहुने अहिले सम्म अन्योलता कायमै छ ! बिगत केहि दिन
पहिला एनेकपा माओबादीको अध्यक्ष क.पुष्पकमल दाहाल ’प्रचण्ड’ लाइ पत्रकारले
निर्वाचनको बिषयलाई लिएर प्रश्न सोध्दा ‘दलालहरुले देसमा चुनाव हुन नदिने षडयन्त्र
गर्न लागेका छन’ भनेर जवाफ दिएका थिए ! जुन दिन बाट नेपालमा प्रजातन्त्र आयो अर्थात २०४६ साल बाट नेपालको सबै
ताला चाबी दिल्लीको हातमा छ ! बिना दिल्लीको इसारामा नेपालमा केहि हुनेवाला छैन !
(पुर्ब प्र.म.पुष्प कमल दाहाल'प्रचण्ड') |
दलाल, साम्राज्यबादी, बिस्तारबादी, शोसक, सामन्ती आदि यो सब्दहरु
कम्युनिस्टको पेवामा परेको सब्द हो ! जुन सब्द्लाई उनीहरुले कुनै पनि समयमा बिना
संकोच प्रयोग गरि दिन्छन ! तर बेला न कुबेला सब्द्को प्रयोग गर्दा त्यसले कस्तो
हानि निम्त्याउछ त्यो पटक पटक ’प्रचण्ड’ ले भोगी सकेका छन ! तर पनि उनि न आफुलाई सच्याउछन
र न बोल्न नै छाड्छन !
साम, दाम, दण्ड र भेद यी चार नीतिमा जबसम्म पारङ्गत हुन सकिदैन तब सम्म
त्यो व्यक्ति पूर्ण नेता हुन सक्दैन ! नेता हुनलाइ उक्त चार गुणको अत्यन्त जरुरि
पर्दछ ! २००७ साल पछिको नेपालको राजनीतिमा स्व.श्री ५ महेन्द्र पछी सुर्य बहादुर थापा
त्यस्ता व्यक्ति हुन जुन राजनीतिको चारै कला साम, दाम, दण्ड र भेदमा माहिर छन !
मुखा जे आयो त्यहि बोल्दैनन र बोल्दा प्रत्येक सब्द्लाई तौलेर र बिचार गरेर मात्र
बोल्छन ! हालको गतिबिधिलाइ हेर्दा सुर्य बहादुर थापा न ठुला पार्टीका नेता हुन न
उनि सित अरु पार्टीका जस्ता कार्यकर्ता नै छ तर बिगत केहि महिना अगाडी तिनै सुर्य
बहादुर थापा भारतको भ्रमणमा जाँदा भारतीय राज नेताहरुले रातो कार्पेट ओछ्याएर भब्य
स्वागतको साथ भेटघाट गरे ! भेटघाट गर्नेमा सत्ता पक्ष, विपक्ष सबै पार्टीका
राजनेताहरु थिए !
फौजमा सुरुमा भर्ति हुने जवानलाई ‘रिकुट’ भनिन्छ ! जसको अर्थ नयाँ तालिमे
सिपाही भनेर बुझ्नु पर्दछ ! हज्जारौ हज्जार नेपाली जनताको छोरा छोरीलाई तथा कथीत जन युद्धमा सामेल गराएर
आफैले आफै लाइ फौजको सेनापति घोषणा गर्दैमा त्यो व्यक्ति सेनापति कसरि हुन सक्छ ! फौज
हाक्ने सेनापतिमा पनि साम, दाम, दण्ड र भेदको चारै नीति हुनु पर्दछ ! जब यी चारै
नीतिमा असफल छ भने त्यो व्यक्ति न ‘सेनापति’ हुन सक्छ न ‘नेता’ नै ! त्यसैले उसको
हैसियत भनेको ‘रिकुट’ जस्तै हो ! जुन दिन साम, दाम, दण्ड र भेद यी चारै नीतिमा पारङ्गत
हुन्छन तब मात्र त्यो व्यक्तिलाई दर्जा माफिकको पद बाट सम्मान गर्न ठिक हुन्छ !
..
तस्बिर : फेसबुक बाट साभार !
© जनक मान डंगोल,www.janakdangol@gmail.com 2013/9/13
0 Comments:
Post a Comment