Home » » म पनि अब पत्रकार बन्छु !

म पनि अब पत्रकार बन्छु !

Written By खांट्टी कुरा on Saturday, September 28, 2013 | September 28, 2013

१७ हज्जार भन्दा पनि बढीको ज्यान बक्सिस दिएर ल्याइएको लोकतान्त्रिक, धर्म निरपेक्ष नयां गनतन्त्रे नेपाला अहिले यतिखेर दुइ थान पेशाले ख्याती कमाको छ ! एक नम्बरा नेतागिरी अनि दुइ नम्बरा पत्रकारि ! नेतागिरी अर्नलाइ लगानी चाहिन्न ! नेतागीरी अर्नलाइ बिधानी चाहिन्न मात्र अलिकति दिमाखा बुद्धि र कला हुनु पर्दछ ! सानोतिनो लफडामा दर्जन चोटि झ्यालखाना पर्या हो भने उत्तम किनभने नेतागिरीको लागि त्यो नै सबै भन्दा ठुलो डिग्री हो ! तस्करी, चोरि, अपहरण गरेको हो भने अति उत्तम र मुन्छी मारेर ठुला अदालतले हत्याराको सटिफिकेट दिंदा पुलिसले समाउन आंट गर्दैन भने त झन त्यो जस्तो ठुलो अरु के हुन्छ र ! त्यो त झन राच्च्नितीमा पी.एच.डी अर्या भन्दानी ठुलो सटिफिकेट भनेर नेतागीरिको जानिफकारहरु बताउच्चन !
तर,
म चैँ माथिको कुनै पनि दफा योग्य नभा भेर राच्च्निती भन्दा १ तह मुनिको पत्रकार बनुकी भनेर गम खादैछु ! फेरी आचकल पत्रकारिता अर्न पुनी सजिलो छ क्यार ! पहिले पो पत्रकार भनेको त स्वतन्त्र पेशा भन्थे तर छिमेकी भैया असिम निगाह बक्स भेर छयालीस साला बहुदल आयेसी त कौरेसको पत्रकार, कम्निस्टको पत्रकार भनेर भाग लाग्यो ! अझ छिमेकी भैया डबल खुस भेर राजा फालेर गणतन्त्र देसीता मेरी बास्सै पत्रकार पनि गमला रोप्या मनिप्लान्ट जस्तो सप्रेर आए !
पत्रकार कोहि अखबारा लेख्ने, कोहि रेडिया फुक्ने, कोहो टीबीयाँ देखिने अझ कौरेसी सुको मन्त्री डाउटर महतले उनका पालाको बजेट भासना नेट र इन्टरनेट सप्पैलाइ के भन्द्याथे सुरुभो डिजिटल पत्रिका जुग ! कति सजिलो त्यो नाथे डिजिटल पत्रिका भन्ने जिनिस ! अर्का सामाग्री सुटुक्क सक्कल बमोजिम नक्कल अरेर ल्यायो अनि १ पटक मौसा पिटिक्क पार्दे पुग्ने !
हो म नी अब करेन्टोटा चल्ने बिधुतिय पत्रकार बन्ने सुर कस्दैछु ! ‘हाम्रो पत्रिका त बिना बिज्ञापनको निस्पक्ष हो ! कोहि कसै प्रति रिस राग छैन, जे देख्यो त्यहि छाप्छ्म ! जनतालाई सहि सुचना दिने काम अर्चम’ आदि आदि भनेर सुरुसुरा ठोक्द्यो ! सजिलो छ नि चलाउनालाइ सुरुसुरुमा ठुल ठुला नाम चलेका पत्रिकाँ काम अरेका तर बेरोजगार भएर बसेका केहि पत्रकाररु संग दोस्ती अर्यो ! तिनका सामाग्री ड्यामकि ड्याम छाप्यो ! स्म्याकको नसा जस्तैरी कत्तिको चढ्यो भनेर आंकलन अर्ननि सजिलो ! अनलैना को कतिले पाउ कस्ट अर्यो भनेर फ्याट फ्याट देखाई दिहाल्छ के को ट्यास ट्यास ! जब पत्रिका सोर बर्षे तरुनी जस्तैरी लाली चढ्दै जान्छ बैस चढ्दै जान्छ अनि लोहा गरम है, हथौडा मार्नेकी देरी है भन्ने भैया स्टाइला पढ्ने पाठके लाइ ‘पत्रिका कसरि चलाउने ? के अर्दा राउरो हुन्च्च सल्ला र सुजाब पामन’ हजुर भनेर नौनी भाखा यसो सोधखोज अर्या जस्तो गर्यो ! गोडा दुइ चार दिन पछी श्रीगणेशाय नम: लेख्ने ठाउँमा ‘यो ठाउँ बिज्ञापनको लागी खालि छ’ भनेर औरेजीयाँ ट्याक्क पार्देसी आइ.एन.जी.ओ र एन.जी.ओ याँ युरो, पौण्ड, डल्लर, वान, रेम्बिकी, र आइसी को असिना बर्स्या जस्तरी बिज्ञापन नाथे असिना सरि !
अनलाइने पत्रकार बन्नलाइ लगानी चैँ अलि महँगो छ ! १ थान ल्यापटप भन्ने माउ जिनिस, अनि त्यसलाइ खाजा खुराकी इन्टरनेट भन्ने जिनिस, गोजा दरो छ भने केमेरा नभए सामसुंगे मुबैलले नि काम चल्छ ! कुनै एउटा नचल्ने पत्रिका संग दोस्ती ! त्यति गरेसी पत्रकारे हल्दारी बिल्ला भिर्न पाइने ! बिदेस्साट फर्क्याभे द्रब्यको के दुख भो र हैन भने घर पछाडीको तिउन खाने करेसाबारी सके बन्दकी नसके बेचेर भएनी एउटा गतिलो पल्सर भन्ने भटभटे ! यत्ति हो चाहिने जिनिस !
नेपाल बन्द आयो भने जनताको आँखाट नयन बर्षा हुन्छ तर त्यो दिन चैँ पत्रकारको बडा दसैँरे ! ठुलठुला बन्द, हर्ताल, चक्काजाम, यस्तोमा कसले छुने ! पत्रकार भनेसी नेता, बेपारी, तस्करी देखि पुलिस समेत थर्रर हुने भेकोले यो जस्तो नाम, दामको अरु कुनै पेशा हुनै सक्दैन त्यसैले म जस्तो अल्छिको भकारीले आजैटा पत्रकार हुने सुर गरे ! मै जस्तो अल्छिको भकारी तपाइँहरु पनि हो भने मै जस्तैरी अन लाइने पत्रकार बन्नेकी ?
Share this article :

1 comment:

  1. हा हा हा हा सेतोपाटी लाई घोच्नु भो छ सर ले। अझ निकट भविस्यमै शुल्क पनि लिने रे पाठक बाट। हुन्छ जनक सर हजुर बने मनि बन्छु है त सर संगै मिलाउनु होला।

    ReplyDelete

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger