मेरो अत्यन्त
मिल्ने साथी काले आज दुर्वासा ऋसीले झैँ
क्रोधले हान्नियर मैतिर आको देख्दा म झसंग
भएर मनमनै सोचे आज पक्कै जोइपोइको बिचमा 'माक्क दे मुक्क दे’ भएछ क्यार ! अनि डराई डराई
सोधे के भयो यार तलाई आज ? बडो दुर्वासा ऋषि मुनि झैँ देखिएको छस त ! साथीले रातो रातो आँखा पारेर आँखा तरेर मलाइ हेर्दै भन्यो देखिनस मुला देशको हालत ! याहाँ आफ्नु महंगीले ढाड खुस्क्यो भन्दै वर्तमान खिलाराजको सरकारलाइ ठसठस कन्दै २० टन बोकेर नागढुंगाको उकालो लागेको टाटाको थोत्रो
ट्रकले फालेको धुँवा जस्तै धित मर्ने गरी गाली छोड्यो गाँठे ! अनि मैले भने त्यस्तरी नरिसान के गर्ने त यार हामि नेपालीको भाग्य नै यस्तो ! के के नै हुन्छ भनेर
नेतालाई बुइ चढायौ ! पंचायत फाल्यौ अझ त्यतिलेनी नपुगेर नेताहरुको लहलहैमा लागेर त्यस्तो राम्रो
२०४७ साले संबिधान लाइ लातले हान्यौ ! यी अहिले 'अगी रांड जानिन,पछी रांड मानिन,
बाघ लाग्यो घिच्च्याउन, रांड लाग्यो चिच्च्याउन भनेको झैँ भाछ ! अस्तिन देखिनस
हाम्रा जनताको छोरा भनाउदो प्रधान मन्त्रीको ताल !
मिडियाले ५० वटा गाडीको जन्ती लिएर महोत्तरी जिल्लाको फुलकाहाकट्टी मनहरबास्थित
मुसहर बस्तीमा जानु भयो ! "प्रधान मन्त्रीले कोदोको रोटि संग माछाको तिहुन संगै घोंगी पनी खानु भो" भनेर
अन लाइन पत्रिकाले बढाई चढाई छापेको ! तर त्यो अनलाइन
पत्रिकाले छापेको तस्बिरमा केराको पातमा सेतो चामलको भात, तिहुन आदि इत्यादि परिकार अनि साइडमा
मिनरल वाटर देखिदा देखिदै पनि कोदोको रोटि खायो भनेर कसरि छाप्न सकेको हँ ? अनी फेरी बि.बि.सी.नेपाली सेवाको सम्बाददाताले फुक्यो '५० वटा गाडीको जन्तीलाई भोज खुवाउन त्यो मुसहर
दाज्युले दस
हजार ऋण काढेको रैछ ! धन्य हो नेपालीको भाग्य ! के गर्छस त बाबै नेपालमा सुख पाउना लाइ कि प्रचण्ड बाबुराम नारान्काजी जस्ता
गब्बरे नेता बन्नु पर्यो कि
मदेस्बादी दलका गच्छेदार, महतो, ठाकुर, त्रिपाठी,गुप्ता,यादब जस्ता भिलेन नेताहरु हुनु पर्यो ! कि
पन्चायता पनि फिट, प्रजातन्त्रमा पनि फिट अनि अहिले आएर खाँट्टी
गणतन्त्रबादी बन्ने सुर्य बहादुर थापा,
लोकेन्द्र बहादुर
चन्द, जन्मिदै
जर्नेल भाका नाति जर्नेल पशुपति सम्सेर राणा, पण्डित बाजे प्रकास
चन्द्र लोहनी ! नभए कि कांग्रेसका रुन्चे सुसिल दादा,
सिटौला, देउवा, पौडेल कि ढुलमुले एमालेका खनाल, नेपाल, वली सोली बन्नु
पर्यो ! नभए मुखले मात्रै रास्ट्रीयताको
दुहाइ दिने मादलेबा बिजुक्छे, मुखले ठिक्क पार्न जान्ने
चित्रे
बा हुनु पर्यो ! कि चरी, घईटे, सैटे जस्ता डन, दादा,गुण्डाको नाइके बन्नु पर्यो ! तर नेता बन्न पनि सक्दिन अनि गुण्डा बन पनि सक्दिन जस्तो लाग्छ र नेपालमा बाच्न सकिन्न भन्छस भने सयकडा ५ मा क्याट
क्याट चाहिएको ऋण लिने अनि
लाग्नेनि खाडीमा बेल्चा हान्न ! छोरी चेली छन भने पठाउनेनी इजरायल, लेबनान तिर आची सोर्नलाइ ! फेरी मुला बिदेस क्या बिदेस जाने भने पछी त बुझिस बाबु जसले पनी ऋण पत्याई
हाल्छ क्या र ! कस्तो लाग्यो त तलाई मेरो आइडिया ? मेरो कुरा सुनेर साथी काले ट्वाल्ल पर्यो ! एक सब्द चुँक्क पनि बोलेन हुन्छ/हुन्न केहि पनि भनेन र लुसुक्क बाटो लाग्यो गाँठे ! तर म चैँ जिल्ल परेर त्यहि टोलाई बसे हौ ! अनि मनमनै गमे संसारमा नेपालीहरु लाइ गोर्खे बीर भनेर
चिन्थे ! तर अब गाइ जस्तै जति दुहे पनि बिरोध नगर्ने सोझो प्राणी अनि गधा जस्तै
जोतिन मात्र जान्ने र जोतिदा जोतिदै पनि अनाहकमा हलीको कुटाइ खाने गोरु भनेर
चिन्लानकि जस्तो पो लाग्न थाल्यो गाँठे !
Home »
च्वास्सचुस्स
» के रातोदिन स्वास्नीको कचकच सुनी बस्छ्स ?
के रातोदिन स्वास्नीको कचकच सुनी बस्छ्स ?
Written By खांट्टी कुरा on Friday, August 02, 2013 | August 02, 2013
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment