Sunday, June 09, 2013

नेपालको राजनीतिक पार्टीका खेतालाहरुको नाटक !



भीमकाय हिम पहाड संग पौठेजोरी खेल्न अभ्यस्त भै सकेका हिउँ चितुवाको लुगाको फेर समाउदै विश्वको सर्बोच्च सिखरमा पाइला टेके भनेर घिरौला जत्रो नाक पार्दै सगरमाथाकै जत्रो छात्ती पारेर तिनै सगरमाथाको टाउकोमा टेक्दै बीरताको गाथा हाते फुन बाट लोक लाइ सुनाउछ आजकलका मुन्छिहरुले ! हो यस्तै पारा छ हाम्रो देशको नेताहरुको पनि ! जसरि आरोहीले बीर शेर्पाको दौराको फेद समातेर शिखर चढ्दछ त्यस्तै गरि नेपालको अहिलेको ९०% भन्दा माथिका पार्टीका नेताहरु बिदेसिको बुइ चढेर राजनीति गर्दैछन ! तिनका लागी राजनीति ब्यापार हो ! ब्यापार गर्न पुजी चाहिन्छ ! ब्यापार गरे पछी कि नाफा हुन्छ कि घाटा हुन्छ ! तर नेपालको राजनीतिक पार्टी चैँ जहिले पानी घाटामा गएको हुन्छ भने ति राजनीतक पार्टीका संचालकहरु चाहो नाफामै बसेका हुन्छन ! दुखले पुजी हालेर ब्यापार गरेको भएपो घाटाको अर्थ र औचित्य थाहा हुन्छ ! बिदेसिले हाली दिएको पुजी न पर्यो !

आजभोली देसका सबै जसो पार्टी तथा तिनका नेताहरु ‘कि चपरी मुनिको बास कि अलकापुरीको राज’ भन्ने सिद्धान्त लिएर बढेको छन ! ‘ताक परे तिवारी नत्र गोतामे’ चरित्र बोकेका इनिहरुले आज २४ बर्ष भै सक्यो देशलाई भड्खालोमा हालेको ! भए भरको सबै सरकारी स्वामित्वका उधोगधन्दा कलकारखाना लाइ तहस नहस पारे ! खुल्ला अर्थ नीति भन्दै सबै बिदेसी लाइ बुझाए ! अब बुझाउनु बाकि नेपालीहरुको सग्लो ज्यान भन्दा अरु केहि बाकि छैन ! जो भ्रस्ट भनेर डुंगडुंगति गन्हाको छ त्यस्तालाई कारबाहीको सट्टा पुरस्कृत गरिन्छ ! स्वदेसी त गरे गरे अब बिदेसीलाइ धरी पुरस्कृत गर्न बाकि राखेनन ! अब नया नाटक माथिल्लो त्रिसुलीको ठेक्का प्रकरण सुरु भाको छ ! हिजो २०५२ सालमा पनि ‘टनकपुर’ नाटक देखाको थिए ! रिस जति भएभरका सडकको रेलिंगमा पोखे ! आज पनि त्यहि नाटक दोहार्यौउदै छन ! २/४ दिन पछी तै चुप मै चुप हुन्छन किनभने अहिले माथिल्लो त्रिसुलिको घोटालामा जति पनि आन्दोलन चर्का छन ति पनि तिनै राजनैतिक पार्टीका खेतालाहरु त हुन नि ! किनभने नेपालको जनताहरुले यी खेतालाहरुको नाटक २०३६ साल देखि हेर्दै आइ रहेका छन !