सधै सुट पाइन्टमा सजिने बामपन्थी विचारधारा बोकेका
आफुलाई मानव अधिकारकर्मी
हुँ भनेर परिचय दिन रुचाउने व्यक्तिको नाम हो पदम रत्न तुलाधर ! पंचायती काल देखिनै
यहि परिचय बोकेर काठमान्डौका जनतामा छाएका यी ब्यक्तिको आज कुनै परिचय छैन !
सुबिधासम्पन्न राजधानीमा बसेर नेवारको हक
हित र नेवारिको जनताको भलाइको लागी भन्दै इनले ‘नेवा भाषा मंक खल’ पनि खोलेका थिए
!
(पदम रत्न तुलाधर) |
लोकप्रिय जननेता मदन भण्डारीको सवारी दुर्घटना हुँदा ‘यो दुर्घटना हैन हत्या
हो’ भन्दै हत्यारा पत्ता लगाउन आयोगको बाढी उर्लेको थियो ! इनले पनि ‘तुलाधर आयोग’
गठन गरेका थिए तर त्यो आयोगले के
पत्ता लगायो आज सम्म न इनले जनतालाई भने न त सरकार
लाइनै प्रतिबेदन बुझाए !
आफ्नै पार्टीको बहुमतको सरकार हुँदाहुँदै पनि हठी तथा दम्भी प्रधान मन्त्रि स्व.गिरिजा
प्रसाद कोइरालाले संसद बिघटन गराएर नयाँ जनमतमा जानुको लागि स्व.राजा बिरेन्द्र लाई
आग्रह गरे ! राजाले पनि प्रधानमन्त्रीको आग्रह लाइ स्वीकार गर्दै नया मध्यावधि
निर्वाचनको घोषणा गरि दिए ! पदम रत्न तुलाधर बामपन्थी नेता तर सधै आफुलाई
स्वतन्त्र भन्न रुचाउने इनले एमालेको चुनाव चिन्ह ‘सुर्य’ लिएर चुनाव लडे ! चुनाव
जिते र एमालेको ९ महिने अल्पमतको सरकारमा यिनी स्वास्थ्य मन्त्रि बन्ने मौका पनि
पाए ! जुन व्यक्तिको पार्टी प्रति कुनै आस्था छैन, भरोसा छैन त्यस्ता व्यक्तिलाई
एमालेले कसरि टिकट दियो ? चुनाव जिते भन्दैमा मन्त्रि किन बनाइयो ? इनै तुलाधर हुन
स्वास्थ्य मन्त्रिको हैसियतमा बारा जिल्लाको भ्रमणमा जाँदा "नेपालमा गाइ काटेर खान
पाउनु पर्छ" भनेर भाषण दिंदा ज्यान जोगाएर भाग्नु परेको थियो ! कुरोको चुरो
बिस्तारै खुल्ल्छ भनेझै त्यो बेला तिनले ‘गाइ काटेर खान पाउनु पर्छ’ भन्नुको अर्थ
तिनी पनि पश्चिमाको डलरमा बिकी सकेको रैछ भनेर बुझ्ने कि नबुझ्ने ? तर त्यतिखेरका
एमालेको नेताहरुले यो कुरा बुझेर पनि बुझ पचाई दिए !
२०५६ पछी किन एमालेको लोकप्रियता दिनानुदिन खस्कदैछ भन्ने तर्फ एमालेको शिर्ष
नेताहरुले कहिले पनि मुल्यांकन गरेनन ! जसरि आज एमाओबादीका नेताहरु सम्पति जोड्ने
दौडमा लागेका छन ठ्याक्कै त्यस्तै गरि एमालेका नेताहरु पनि लागेका थिए ! नेपालमा
निजि तहमा गैर सरकारी संस्था भित्र्याउनेमा अग्र पंक्तिमा कांग्रेस एमालेका
नेताहरुनै बढी देखिए ! अर्काको ‘निमक’ खाए पछी ‘निमक’ को सोझो त गर्ने पर्छ र त्यहि
कडीमा परिक्षणको रुपमा पश्चिमाहरुले तुलाधरलाइ अगाडी सारिदिए !
आज कांग्रेस तथा एमालेका सबै शिर्ष तहका नेताहरु सम्पतिको नसाको आहालमा चुर्लुम्म
डुबेका छन ! तिनका मगजले सम्पति र येसो आराम भन्दा अरु केहि सोच्दैनन ! भाषण
दिन्छन, सहमतिको पत्रमा सहि ठोक्छन तर भाषणमा के बोल्यौ र सहमतिमा के लेखेको थियो
त्यो तर्फ कुनै बिचार गर्दैनन ! जब असलियत जनताले थाहा पाउछन र उग्र बिरोध हुन
थाल्छ लाजै नमानिकन भन्छन ‘हामीले नचाहँदा नचाहँदै पनि गल्ति गर्न पुग्यौ’ !
हो यस्ता यस्ता कारणहरु ले गर्दा आज देशका ठुला पार्टी कांग्रेस तथा एमाले
दिनानुदिन पतनको बाटोमा जादैछ र अबको केहि बर्षमा अरु ठुला पार्टीहौ भन्नेहरु पनि जान्छन ! मानब
अधिकारकर्मी बाट राजनीतिज्ञ बनेका तुलाधरहरु जसरि आज छायामा परे भोलि यस्तै गरि
अरु पनि पर्छन ! जस्लाई जनता र् आफनै पार्टीका कार्यकर्ताको कुनै मतलब छैन
त्यस्ता पार्टी र ति पार्टीका नेताहरु संग अब किन र के को आस गर्ने ?
(फाइल फोटो विकिपिडियाबाट)
(फाइल फोटो विकिपिडियाबाट)