Home » » निरोहरु बासुरी बजाएर बस्दैछन !

निरोहरु बासुरी बजाएर बस्दैछन !

Written By खांट्टी कुरा on Thursday, June 06, 2013 | June 06, 2013


गर्मीको मौसममा मानबिय गल्तीले आगलानी हुनु र त्यो आगलागी बाट लाखौ करोडौ धनमाल नस्ट हुनु नेपाल मात्र नभएर बिस्वमा हुदै र देखिदै आएको घटना हो ! कुनै कुनै आगलागीले त पुरै गाउँ बस्ति नै सखाप पारि दिन्छ भने आगोले बन जंगल झाडी बुट्यान केहि पनि भन्दैन ! अगाडी जे भेट्छ सबै नस्ट परि दिन्छ ! खरानी नबनाए सम्म अग्नि देवता शान्त हुन्नन !
‘खुकुरीको चोट अचानो लाइ मात्र थाहा हुन्छरे’ ! जो जसले आगलागीमा परेर आफ्नो धनमाल,सम्पति र कसै कसैले आफन्त समेत गुमाएका हुन्छन तिनलाई मात्र थाहा हुन्छ आगलागीको पिडा ! यस्तै पिडा अस्ति ‘पिलग्रिम्स’ को साहुले भोगेका थिए भने आज ‘सांग्रिला’ को साहुले भोग्दैछन !
आगलागी कुनै दैबिय बिपत्ति हैन ! यो त प्राबिधिक वा मानबिय कारणले हुने हो ! हाम्रो देस नेपाल यस्तो देश हो जाहा आज पनि श्री ३ महाराज जुद्धले स्थापना गरि दिएको भवनमा रहेको बारुण यन्त्रले आगलागीमा परेको भवन वा स्थानको आगलागी लाइ नियन्त्रण गर्ने गर्दछ ! धन्न केहि औधोगिक तथा प्रहरीले खरिद गरेका दमकलले धेर थोर भए पनि अग्नि नियन्त्रणमा सहयोग पुर्याउने गरेका छन ! हाम्रो देशमा अग्निसमनका कर्मचारीलाइ आउने अत्याधुनिक तालिमको कोटामा मन्त्रालयका हाकिमहरु कुद्ने गर्छन ! पुर्व राजनेता तथा बिसिस्ट अधिकारीको सेवा र सुबिधाको लागि नयाँ नयाँ उपायहरु रचेर सेवा र सुबिधा बढाइन्छ तर अग्नि नियन्त्रण को लागी नया नयाँ अत्याधुनिक उपकरण हरु खरिद गरिदैन ! गगनचुम्बी भवन बनाउने होडबाजी चलेको छ तर त्याहा के कस्तो अग्निसमनको उपकरण जडान गरिएको छ त्यो हेरिदैन !
भोलि ७ तलाको भवनको सबै भन्दा माथिल्लो तलामा आगलागी भो भने  पशुपतिनाथको सरण पर्ने भन्दा अरु कुनै उपाय छैन नेपालमा ! यी यावत सबै कुराहरु  थाहा हुँदाहुँदै पनि हाम्रा शासक हरु ‘पुरै रोम धपधपी जलिरहदा पनि एकसुरमा बासुरी बजाएर बस्ने रोमका सम्राट निरो’ जस्तै भै सकेका छन !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger